फेरि आयो रात प्यास लिएर


फेरि आयो रात – प्यास लिएर
फेरि लाग्यो मात – सास पिएर
मोहनी लागे जस्तो
पहिलो प्रेम जस्तो
फेरि आयो रात – प्यास लिएर

मेरो सुन्ने कोही छ कि ?
आफ्नो ठान्ने कोही छ कि ?
मेरो मन बहकिंदा
साथ दिने कोही छ कि ?

पिलाई दिने कोही छ कि ?

उसको ओठ जस्तो
मिठो गीत जस्तो

फेरि आयो रात – प्यास लिएर

भोलि कस्ले देख्या’ छ र ?
मरिलानु के नै छ र ?
बरु मर्छु म पिएर
यहाँ को नै अमर छ र ?

यहाँ को नै खुशी छ र ?

पहिलो चोट जस्तो
गहिरो खोट जस्तो

फेरि आयो रात – प्यास लिएर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

6 thoughts on “फेरि आयो रात प्यास लिएर”

  1. ठिस बुढा

    धन्येबाद
    ठुलो गुण लगाउनुभो सच्याईदिएर ।

    मेरो भाषा कमजोर छ तर केहि लेख्ने चाहना…

    धन्येबाद !
    बाई

    1. धन्यवाद!
      सम्पादकको काम गर्या हुँ !

      तस्बीर राख्न चाहेमा [email protected]मा पठाउनुहोला या यहीं यट्याच गर्नुहोला !

  2. तपाईको अभिब्यक्ति भावनाले

    तपाईको अभिब्यक्ति भावनाले भिजेको छ । म कल्पना गर्छु, यदि अभिब्यक्ति भाषामा नभएको भए कस्तो हुन्थ्यो होला ? भावनाले भाषा नै रङ्‌गीन बने झैं भान पार्दछ । That’s what the power of fiction IS. मानव अभिब्यक्तिको निम्ति कलाजस्तो भरपर्दो र सुन्दर वस्तु अरु कुनै हुनसक्दैन । साहित्य एक कला हो । तपाईको कविता यस कुराको निम्ति एक अनुपम नमुना बन्न सक्छ । good poem !

  3. तपाईको अभिब्यक्ति भावनाले
    तपाईको अभिब्यक्ति भावनाले भिजेको छ । म कल्पना गर्छु, यदि अभिब्यक्ति भाषामा नभएको भए कस्तो हुन्थ्यो होला ? भावनाले भाषा नै रङ्‌गीन बने झैं भान पार्दछ । That’s what the power of fiction IS. मानव अभिब्यक्तिको निम्ति कलाजस्तो भरपर्दो र सुन्दर वस्तु अरु कुनै हुनसक्दैन । साहित्य एक कला हो । तपाईको कविता यस कुराको निम्ति एक अनुपम नमुना बन्न सक्छ । good poem !

  4. ठिस बुढा

    धन्यवाद
    सुशील सुब्बा सर
    धन्यवाद।

    समय निकालेर यहाँ मिठो लेखि दिनु भो।
    अनि म सिक्दै छु…

    धन्यवाद!
    बाई

  5. ठिस बुढा

    कृपया सुझाव दिनु होला!
    यसो गर्दा राम्रो होला?

    फेरि आयो रात – प्यास लिएर
    फेरि लाग्यो मात – सास पिएर
    मोहनी लागे जस्तो, पहिलो प्रेम जस्तो
    फेरि आयो रात – प्यास लिएर

    मेरो सुन्ने कोही छ कि, आफ्नो ठान्ने कोही छ कि ?
    मेरो मन बहकिंदा, साथ दिने कोही छ कि ?
    पिलाई दिने कोही छ कि ?

    उसको ओठ जस्तो, मिठो गीत जस्तो
    फेरि आयो रात – प्यास लिएर

    भोलि कस्ले देख्या’ छ र, मरिलानु के नै छ र ?
    बरु मर्छु म पिएर, यहाँ को नै अमर छ र ?
    यहाँ को नै खुशी छ र ?

    पहिलो चोट जस्तो, गहिरो खोट जस्तो
    फेरि आयो रात – प्यास लिएर

    पढिदिनु भएकोमा धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *