Skip to content

आज म हराएँ आफ्नै देशमा


मेरो बिदेशी मित्र ! के त्याँ पनि बाँच्न यत्तिनै गार्हो छ र ?
के त्याँ पनि जिउनलाई हावा अनि पिउनलाई पानी छ र ?

मलाई आज यहाँ आमाले डि.भि. भर्न पैशा दिँदै भनिन्
जानु त्यहाँ जहाँ रगत होईन पानी छर्छ खेतमा ।

अनि जानु त्यहाँ जहाँ किड्नी बेच्नु पर्दैन भोको पेटको जोशमा
मेरो बिदेशी मित्र ! अनि आज म हराएँ आफ्नै देशमा ।

अनि म हराएँ आज आफ्नै देशमा
सायद चक्काजाम र आन्दोलनको द्वेषमा
सायद बोली र गोलीको क्लेशमा
अनि म हराएँ आज आफ्नै देशमा ॥

मेरो बिदेशी मित्र! के साच्चैं जिन्दगी त्याँ’ महँगो छ र ?
के साच्चैं त्याँ बाँच्नलाई सपना र जिउनलाई रोजगार छ र ?
शुभकामना तिमीलाई मेरो बिदेशी मित्र
मेरो कल्पनाको स्वर्ग तिम्रै देश पो रैछ ॥

यहाँ स्वर्ग जान धर्म गर्नु पर्छ
अनि धर्म गर्न बलि दिनु पर्छ
मेरो बिदेशी मित्र ! के साच्चैं त्याँ धर्म छ र ?
अनि त्याँ’ आफ्नो खुशिलाई अरु मर्नै पर्छ ?

अनि म हराएँ आज आफ्नै सोचमा
सायद होश र बेहोशीको बिचमा
या सायद हात र खुट्टाको भरमा
अनि म हराएँ आज आफ्नै देशमा

7 thoughts on “आज म हराएँ आफ्नै देशमा”

  1. बेजोड छ प्रस्तूति, सुन्दर छ भावना!
    सधैं झैं कलात्मक प्रस्तुति छ । शब्द चयन र भावनाको समिश्रण सुन्दर छ । केही वर्णविन्यास त्रुटीहरू थिए, सँच्याइएको छ । लेख्दै जानुहोला ।

  2. ठिस बुढा

    kbs सर धन्यवाद!
    kbs सर धन्यवाद!
    मिठो हौसला लेखि दिनु भो।

    सिक्दै छु, सिकाउनु होला।

    धन्यवाद।

    बाई

  3. आज म हराएँ आफ्नै देशमा
    कविताले उठाएका विषयवस्तु र प्रस्तुति राम्रो लाग्यो । शैली पक्ष अलि अझै परिष्कृत गर्नु जरुरी छ जो निरन्तर लेखनले आफैँ गर्दै जान्छ ।

  4. कबिता मार्मिक र निकै गहिरो
    कबिता मार्मिक र निकै गहिरो सोचको लाग्यो बधाई बुढा सर लाई
    धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *