विविध-विधा
साखिली भै रुनु पर्दैन तिमीले
भाग्यलाई दोष देको छु भैगो साथ हुनु पर्दैन तिमीले
फुट्नेको नै दुख्छ मुटु साखिली भै रुनु पर्दैन तिमीले
दु:खाईमा हाँस्न समयले सिका’को छ अचेल मलाई
चहराए नि चहराउन यी घाऊहरू छुनु पर्दैन तिमीले
म हुनु र नहुनुमा के फरक पर्छ र अब तिमीलाई
जति लागे कलंकका ती दागहरू धुनु पर्दैन तिमीले
आँखामा बगिरहेछन थोपा थोपा भै पुराना पलहरू
नयाँ घाम बोकी मेरा आँसु सुकाउनु पर्दैन तिमीले
सुख्खा रोटी खबुस बोकी,
गजल सुख्खा रोटी खबुस बोकी,बिहानै ड्युटी जान्छु आमा, पानी पनि हुन्न पिउन,कोठै बाट लान्छु आमा… Read More »सुख्खा रोटी खबुस बोकी,
गजल
विकसित संसार आहा ! कति राम्रो
बिदेशी सरकार आहा ! कति राम्रो
देशको विकासमा सबैमिली लागिपर्ने
जनताको विचार आहा ! कति राम्रो
हत्याहिंसा हैन विकास र सम्वृद्धिको
विहानी समाचार आहा ! कति राम्रो
जातभात छुवाछुत कसैलाई नगर्ने
समान व्यवहार आहा ! कति राम्रो
सेवा र सुबिधाले सम्पन्न शहरका
ठूलाठूला बजार आहा ! कति राम्रो

मनमा बेजोडले आको’छ तिम्रो सम्झना!
स्वाभिमानी नेपाली झुक्ने होइन है
आमा बाको कान्छा छोरा पुल्पुलिएको छुइन म त
तिम्रै लागि किनेको छु सिन्दुर पोते चुरा सानु
-१-
तिम्रो मेरो सम्बन्धलाई टुटाएर गयौ।
-१-
अत्याचारको सिमाना, बढेर चड्कन हानेँ ।