अत्याचारको सिमाना, बढेर चड्कन हानेँ ।
मूल्य भाउले भर्याङ्ग, चढेर चड्कन हानेँ ।
मैं खाऊँ मैँलाऊँ भनेर, बनायौ देश ध्वस्त
काला कतुर्त जति छन्, पढेर चड्कन हानेँ ।
रङ्गशाला भो हैन ?, यो धर्ती तिमीलाई
मनोमानी बेहिसाब, गढेर चड्कन हानेँ ।
नाच्यौ बन्दै बुख्याचा, यो देश लिलाम गरी
तब तिम्रा बिचार, सढेर चड्कन हानेँ ।
आफै बढ्न अगाडि, चलायौ रणनीति
अन्यायसँग निसङ्कोच, लढेर चड्कन हानेँ ।
चड्कन !
राम्रो छ!
एउटा कुरो – चड्कन आसिरवाद भो रे नि’!
सटिक
माथि भनिए झैं आशीर्वाद भो! अब जनतासँग झापड माग्ने नेताहरूको होडबाजी चल्नेभो क्यारे!