धर्तीको धुलो म जूनको बयान के गरौं
मोतीको अघि त्यो सुनको बयान के गरौं ?
हराइसकें ती खैंचडी, मादल, बिनायो
पुराना सबै नै धुनको बयान के गरौं ?
खोजेको जस्तै भो नशालु मायालु मुहार
नसकी अब लौ! उनको बयान के गरौं ?
आफन्त सधैं नै बन्दछ आत्मीय जीवनमा
मर्ममा डुब्ने म खुनको बयान के गरौं ?
बिवश भएको पलमा एकान्त आफ्नो थ्यो
दिएको साथ त्यो गुनको बयान के गरौं ?(गुण)
( रचना -२/ ३/ २०११ )
