म भाका सुसेली यतै छर्न पाऊँ
यहीं फुल्न पाऊँ यहीँ झर्न पाऊँ ।।
यहाँ जिन्दगानी बडो धारमा छ
म आराधना ईशको गर्न पाऊँ ।।
यहाँबाट फुत्केर जानै छ गारो
ठुलो सिन्धु पौडेर नै तर्न पाऊँ ।।
कदाचित् भएछन् भने विघ्न वाधा
उताबाट चाँडै यतै सर्न पाऊँ ।।
पराया बनी देश बिर्सन्न कैल्यै
म मेरो यसै देशमा मर्न पाऊँ ।।
