१)
पानी के गर्दो हो बरै कुलो हराएको बेला
भोक अल्मलियो मेरो चुलो हराएको बेला
अरु सहजै सम्हालिन्थे तर कठै पीरको कुरो
बेहुली के गर्छिन् होला बेहुलो हराएको बेला ?
२)
म आँखा बेचिदिन्छु कसम सपना बेचिदिन्छु
कसैको खुसीको लागि सबै वेदना बेचिदिन्छु
आमाका सबै शर्त पूरा नगरिएमा ए भौमान ?
तिम्रो नाममा जपिएका सबै प्रार्थना बेचिदिन्छु।
विवेक शर्मा गजलमन
मुसकिोट नगरपालिका गुल्मी,
हाल नारायणगढ चितवन
