१)
म्यान्मा बस्नेलाई के थाहा कर्दको यथार्थता
खुकुरीहरूलाई के थाहा दर्दको यथार्थता
“तोया” सानो छदा भन्ने गरेको हाउगुजी मुर्कट्टा झै
बुर्का भित्र हिंड्नेलाई के थाहा मर्दको यथार्थता
२)
भागवान नै जाली छन रगत मग्छन निर्धासँग
पिडा छोडेर खुशी फगत मग्छन निर्धासँग
खुशीको संसार सुहाउदैन रे गरीब दुखीलाई
दुख छोडेर हर्षको जगत मग्छ्न निर्धासँग
लोग्नेमान्छेको देशबाट
तोयानाथ पौडेल
मरुभूमिको छातीबाट
