(१)
हात देखाई, हस्त रेखा अनुसार भन्दिन ।
दैवले नै लुटी लग्यो, मेरो संसार भन्दिन ।
छुट्नु थियौं छुट्यौ तिमी, माया लुटेपछि
मैले लाएको चोखो प्रीतको, के सार भन्दिन ।
(२)
सधैं आउने जाने त्यो रातको कुरा नगर ।
तिम्ले लाउने त्यो झुटो बातको कुरा नगर ।
तनको धनी मनको धनी धनको गरिब छु
स्वाभीमान नै गिराउने राहतको कुरा नगर ।
(३)
मन्द मुस्कान छरी शिर झुकाएर आऊ ।
छच्लकिदो जवानी तिम्रो लुकाएर आऊ ।
तड्पिएर कति बाँच्छौ पीडाको जिन्दगी
बाध्यताका बन्धन सारा फुकाएर आऊ । ……दर्पण
