Skip to content


लोग्नेले गाडीबाट हजार रुपैयाँ पर्ने पाल निकालेको देखेर सभासदकी स्वास्नीले सोधी–‘लौ यो एउटामात्र पाल बोकेर किन आउँनु भएको ? त्यतिका मानिस घरबार बिहीन भएर बसेका ठाउँमा कति जनालाई बाँड्नु एउटा जाबो पाल ?’

‘बाँड्न ल्याएको हो त ?’–लोग्ने झर्कियो ।

‘बाँड्न ल्याएको होइन !’–स्वास्नीले आश्चर्य मान्दै लोग्नेको भनाई दोहार्याई र फेरि सोधी–‘उसो भए खान पाउँनु त कता–हो कता, असिना पानी परेका बेला ओतसम्म नपाएका पीडितहरूलाई दिन छोडेर हामी घर हुनेलाई किन चाहियो पाल र ल्याउँनु भएको त ?’

‘धान सुकाउँन’–लोग्नेको उत्तर थियो ।

जीवन दाहाल
जुरोपानी-४, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *