Skip to content

कथा

म तिम्रो सोकेशकी परी होइन

‘हिजोआज मेरो जीवन यही रक्सीको नशा झैँ लाग्न थालेको छ’ ऊ मदहोसमै बोली ।

थाहा छैन अब कतिञ्जेल बाँच्छु ? बाचुञ्जेल वाइन र ह्विस्कीको नशा अब सायदै मेरो जीवनबाट छुट्छ । उसको मायावी संसारबाट पार पाउने यो नै सजिलो उपाय हुन सक्छ । उसले ह्विस्किको अर्को चुस्की लिई । यो पटक त्यो ह्विस्कीको पुरै चुस्की झनै नशाको गहिराइसम्म पुग्यो र उसको शरीरको तापमानमा पुरापुर अन्तर ल्याइदियो । मथिङ्गलमा झन् ठूलो झन्कार पैदा गरिदियो ।

बिनिर्माण – आधाकथा

जलवायु तथा मौसम विज्ञानको भबिष्यबाणीमा आज पानी को थोपै पर्ने उल्लेख थिएन तर मध्यान्न हुँदा नहुँदै पानी ओईरिन थाल्यो । फतमालाई के थाहा यसरी पानी पर्ला भनेर ।

‘विश्वासै नहुने भयो अब रेडियो नेपालको ।’ फतमा एक्लै बोल्न थाली ।

जुठेल्नोमा हिजो रातिदेखिकै भाँडा छोडेर आएकी थिई ऊ टुँडिखेल । आज टुँडिखेलमा कस्को सवारी छ उसलाई अँझै थाहा छैन । सबैले स्वस्ति गर्न पुग्नै पर्ने उर्दि थियो । छिमेकीले भनेपछि मात्र उसले आजको उर्दि बारे थाहा पाएकी थिई । उसले रेडियो नेपालको त्यस्तो उर्दी सुन्न कसरी छुटाई । ऊ आफै रनभुल्ल छे ।

आमाबाबुको मुख हेर्ने

बिहे गरेर अर्काको घरमा पठाएको छोरी कृष्णाले बाबुको मुख हेर्ने कुसे औंसीको दिनमा मीठा मीठा परिकारहरू बोकेर आफ्नो बाबुको मुख हेर्न पुगिन् ! माइत पुगेपछि उनले आफ्नो बाबुको मुखमा लगेर मिठाई खुवाइन् !

कृष्णाको दाजुको नाबालक छोरा आभुषणले “फुपू दिदी हजुरले आज किन हजुरबाको मुखमा लगेर मिठाइ खुवाइदिनु भएको” भने !

संगतगुनाको फल

बालाजुचोकमा पुगेर एअरपोर्टसम्म जानुपर्ने भएकोले चक्रपथ परिक्रमा लेखेको सार्वजनिक बसमा चढे ! एअरपोर्ट पुग्न लागेपछि “एअरपोर्ट झर्ने कोही हुनुहुन्छ ?” बसको सहचालकले भने ।

“म छु एअरपोर्ट झर्ने” मैले भनेँ ।

“अंकल कहाँदेखि चढ्नुभएको ?” भन्दै सहचालकले सोधे ।

मनमा अब हाँसो खुसी भर्न पाइन्न कि

मनमा अब हाँसो खुसी भर्न पाइन्न कि
मर्नेबेला आफ्नै देशमा मर्न पाइन्न कि !

हराउँदै छ संस्कृति र परम्परा हाम्रो
मरेपछि स्वर्गलोकमा पर्न पाइन्न कि
मर्नेबेला आफ्नै देशमा मर्न पाइन्न कि !

सानो मुसा र ढाडे बिरालो

आँखामा निद्रा थिएन । घरि यता फर्कन्छु घरि उता फर्कन्छु । जिरोवाटको बल्ब बलिरहैको छ । निभाउन जान पनि अल्छी लागिरहेछ। बेड स्वीच नभएकाले कहिलेकाहीँ त्यत्तिकै पनि सुतिदिन्छु बत्ती ननिभाइकनै। सधै झैँ आज पनि टेबुल मुनी खस्र्याक-खस्र्याक गरेको आवाज मेरो कानमा पर्दछ। जिरोवाटको मधुरो प्रकाशमा राम्ररी ठम्याउदैन आँखाले । सुतिसुति टर्चलाईट बाल्छु र हिजोअस्ती जसरी नैँ रमिता हेर्छु म ।

इडा

“ओम भुर्भुर्वस्व,तत्स वितुर्वरण्य म, भर्गो देवस्थ धिमही, धियो योन प्रचोदयात” मेरो मोबाइलको घण्टी बज्यो ।

पूर्व कालमा स्त्री जाति र अछुत जातिले सस्वर उच्चारण गर्नु त परै जावस् सुन्दा पनि अपराध हुने ऋग वेदको यही गायत्री मन्त्र समयको परिवर्तनसँगै अन्ध परम्पराको घाँटी च्वाट्टै छिनालेर श्रुति मधुर स्वरकि धनी अनुराधा पौडवालले गायकी हुनाले यो संगीतको धुन मलाई असाध्य मन पर्छ । यही धुन मेरो मोबाइलको कलिङ्ग टोनमा राखेकी छु । बेलुकीको खानाको लागि तरकारी केलाउँदै थिएँ मेरो मोबाइलको घण्टी बजे पनि हतपत रिसिभ गर्न सकिन र धुन बज्न छोड्यो ।केही बेर पछि त्यही धुन फेरि बज्यो मैले मोबाइल उठाएँ र नम्बर हेरें लोकल थियो तर सेभ नगरिएको हुनाले अल्मलिदै हेल्लो भनें उता इडा रै’छे ।

बुद्धको अन्तिम खाना

बुद्ध एउटा गाउँमा वास बस्न आइरहेका थिए । उक्त गाउँमा एउटा गरीव शुध्रले बुद्ध आएका थाहा पाएर विहान झिसमिसेमै बुद्धलाई खोज्न आए र बुद्धलाई देख्ने वित्तिक्कै आफ्नो छाप्रोमा खाना खान बोलाए । शुध्रले बुद्धलाई उक्त गाउँमा आएका देख्ने वित्तिक्कै निमन्त्रणा गरेका थिए ता कि अरु सम्पन्नहरूले बोलाउँदा अलि ढिलो भएपछि पनि बुद्ध उतै जालान् भनेर बुद्धलाई पछ्याइरहे । बुद्धले उक्त गरिब शुध्रलाई “तपाईंकहाँ जसरी पनि भोलि आउँछु” भनेर वचन दिए । बुद्धलाई त्यहाँका वासिन्दाहरूले देख्ने वित्तिक्कै धेरैले भोलिको खानाका लागि निमन्त्रणा दिए । बुद्धले त्यो दिन उपवास छ भनेर सबैलाई बताइदिए ।

गार्डिएन (फल्यास् फिक्सन)

  • by

आज तिनै सुन्दर र लोभलाग्दा गोडा भएका युवतीलाई देखें । गएको जाडो-याममा उसलाई देखेको थिएँ । ट्रेनको सिटमा घुँडामाथि अर्को खुट्टाको तिघ्रा राखेर ऊ जतन साथ बसेकी थिई । त्यसो गर्दा उसको बु्ट्टे स्कर्ट तिघ्रातिर सरेको थियो । ऊ त्यसलाई तल तान्छे तर त्यसको फेर घुंडाभन्दा मुनि पुग्दैन । यसैले उसका आकर्षक र लोभलाग्द गोडाहरू म नियालिरहन्छु ।

उप्केको तलुवा र चप्केको मन

जुत्ताको तलुवा आधा फुस्किएर दायाँ खुट्टाको चाल बिग्रिएको थियो । पदयात्राको तेश्रो दिनमै यो हालत अँझै झेल्नु सात दिन कसरी हो भन्ने उत्सुकताले म भरिएको थिएँ त्यसैसँग मेरो चाहना पोखिन्छ कि भन्ने समेत मलाई डर थियो । हामी त बेशी मै थियौँ तैपनि तलुवा फुस्किसकेको थियो । ताल तालका साथीहरू देश बिदेशका साथीहरू भेट भएका थियौँ । जेरियासँगको पहिलो भेट पनि अचम्मको थियो ।

तिहार र बलिराजा

सत्य युगको कुरा हो पृथ्वीमा बलि नाम गरेका बढो प्रतापी, दानी राजा थिए । उनको भण्डार द्रब्यले सधै भरिपूर्ण भरिएको हुन्थ्यो । जो केही पनि माग्न गए खाली हात फर्काउदैनथे । उनको कीर्ति चारैतिर फैलिएको थियो । उनको यो प्रतापले स्वर्गको इन्द्र नै डगमगायो ।

नजन्मिनुपर्ने मान्छे

आज ठिक तीस वर्षपछि ऊसँग भेट भयो । तीस वर्षअगाडि उसको आत्मविश्वास र स्वाभिमान जस्तो थियो आज पनि त्यस्तै थियो ।

DhirKumarShrestha-02

जुगला मामाको काठमाडौँ यात्रा

‘हमरा पशुपतिके दर्शन नै करेबै ? (मलाई पशुपतिको दर्शन गराउनुहुन्न ?)’ उनी अर्थात् जुगला मामाको मप्रति सधैँ गुनासो हुन्थ्यो ।

काठमाडौँबाट घर पुगेर भेट हुनुहुँदैनथ्यो, उनको मुखबाट माथिको वाक्य फुस्किहाल्थ्यो । त्यसपछि सानोमा ‘तपाईँलाई यसरी हुर्काएँ, काँधमा बोकेर कहाँकहाँ पुर्याएँ’ भन्न थालिहाल्थे उनी । म जहिले पनि ‘अर्कोपटक घर आउँदा तिमीलाई लान्छु’ भनी आश्वासन दिन्थेँ । मेरो आश्वासनलाई प्रत्येकपटक अस्वीकार गर्थे र भन्थे, ‘जैया अहाँ यही कहिके भुलावैछी (तपाईँ जहिले पनि यसै भनी अलमलाउनुहुन्छ । )’

‘अर्कोपटक त तिमीलाई जसरी भए पनि लान्छु ।’ भनेर थुम्थुम्याउँथेँ ।

लोकतान्त्रिक न्याय

अम्बरबहादुर खड्का पेशाले शिक्षक हुन् तापनि उनले उनेको पुख्र्यौली कृषि व्यवसाय पनि छोडेका छैनन् । ४ जनाको परिवार आफू दई दम्पत्ति २ भाइ १६ र १८ वर्षका छोराहरू छन् । कान्छो छोरा ९मा जेठो १२ कक्षामा अध्ययन गर्दैछन् । श्रीमती सामान्य साक्षर छिन्; प्राथमिक स्तरको शिक्षा पूरा गरेकी छिन् तर कृषि कामको लागि भने बघिनी बराबर छिन् भन्छन् गाउँलेहरू ।

विस्थापित

अवश्य मेरो पनि कतै घर छ … किनभने मलाई कताकता झझल्को लाग्छ, मेरो कतै घर छ र त्यहाँ पुग्न नै म यसरी हतारिएको हुँ … साँच्चै म घर जाने बाटामा हुनु पर्छ, अवश्य मेरो टुंगो हुनु पर्छ … मेरो मस्तिष्कले भन्छ, मेरो मुटुले भन्छ, मेरो ब्रम्हले भन्छ मेरो पनि ठेगान छ । साँच्चै ।

अवतरण

उनको र मेरो परिचय छ । उनी कथाकार र प्राध्यापक पनि हुन् । निकै ओटा पुस्तक प्रकाशित गराएका छन् । उनी साहित्यमा विेशेष रुचि भएका मान्छे हुन् । हाम्रो प्रायः भलाकुसारीका रुपमा गफगाफ भइरहन्छ । म उनका साथ एक भेटघाटको सिलसिलामा थिएँ । “हैन ‘अपहत्ते’ कथाको अन्तमा सफल अवतरणको उपाय खोजिएको थियो नि मित्र । कुन रुपमा भयो त अवतरण ?” मैले कथाकारसँग सोधें ।

उनले फटाफटी भन्न थाले–“हो, ‘अपहत्ते’ कथामा सफल अवतरणको अपेक्षा गरेको थिएँ । त्यसभन्दा अघिकै ‘मोबायलको सन्देशबाट उब्जेको रडाको’ कथा पनि तपाईंले पढेकै हुनुपर्ने हो । त्यसैबाट क्रमिक रुपमा आएको ‘अपहत्ते’ कथामा यो घटनाको वा शृङ्खलाको र यसको सफल वा विफल जे भनौं अवतरणको कुरा उठाइएको हो । वास्तवमा कुनै प्रयत्न नै गर्नु परेन अवतरणका लागि । कुनै घटना वा दुर्घटना पनि भएन अवतरणका लागि । त्यो आफैं भएको छ । छाती निकै हलुको भएको छ । एउटा विपत्ति आफैं टरेर कतै गएको छ । मलाई अहिले निकै सन्चो पनि भएको छ । मनको भार पनि यसै हलुको भएको छ । एउटा अनिष्टको उल्का आफैं पर पर कतै सरेर गएको छ अनि मलाई भने त्यो छ महिने अपहत्ते र एसएमएसको प्रकरण नमिठो सपना जस्तोका रुपमा मात्र रहेको छ ।” म सुनिरहें उनको धारावाहिक कथन, उनको कथन कवितामय थियो ।

सहमति

लामो अनबन पछि बल्ल-बल्ल प्रमुख दलका शीर्ष नेताहरूको कुनै रिसोटमा गोलमेच बैठक बस्यो ।

सबैका अगाडि टेबलमा मिनरल वाटर र ग्लास राखिएको छ । बेला बेला चिया पनि आइरहेछ । खाजा पनि टन्न खाइसके । दिनभर गरमा गरम बहस चलिरह्यो । तर कोही पनि आफ्नो प्रस्ताबभन्दा बाहिर टसमस भएनन् । सहमति, वीसको उन्नीस पनि हुन सकेन । सबै आ–आफ्नो स्वकीय लाभको विषयमा अडिग रहे । “रातभर करायो दक्षिणा हरायो” भने झै भयो ।

मधेसिया

‘आमा, अब हामीहरूले पनि हिन्दी सिक्नु पर्ने भयो नि तपाईले थाहा पाउँनु भो ?’–भरखरै खेल्न गएर फर्किएकी छोरीले आमालाई प्रश्न राखि सप्तरीको सखडा मन्दिरमा माग्न बसेकी आमालाई ।

‘किन र बिटिया ?’–आमाले पनि प्रश्न नै तेस्र्याइ छोरीका सामु ।

खरानी

तिमी बग्यौ कुन सागरमा मिल्न ….. थामेर किन छोड्यौ हातहरू …..

राष्ट्रिय समाचार पछि यो गीत बजिरहेको थियो रेडियो नेपालमा । गर्मी महिनाको आखिर तिर, गर्मी निकै थियो । ‘एक झर पानी परिदए शितल हुने थियो ।’ ऊ यस्तै सोच्दै थियो । पसिनाले जिउ भिजिसक्यो । खाटमा सतरंजा मात्र छ । ओल्टे कोल्टे फर्किदा ढाड बिझाउँछ । हावा चले पनि तातो हावा चल्दै थियो । त्यसले झनै उकुस मुकुस बढाउँथ्यो ।