म तिम्रो सोकेशकी परी होइन

‘हिजोआज मेरो जीवन यही रक्सीको नशा झैँ लाग्न थालेको छ’ ऊ मदहोसमै बोली ।
थाहा छैन अब कतिञ्जेल बाँच्छु ? बाचुञ्जेल वाइन र ह्विस्कीको नशा अब सायदै मेरो जीवनबाट छुट्छ । उसको मायावी संसारबाट पार पाउने यो नै सजिलो उपाय हुन सक्छ । उसले ह्विस्किको अर्को चुस्की लिई । यो पटक त्यो ह्विस्कीको पुरै चुस्की झनै नशाको गहिराइसम्म पुग्यो र उसको शरीरको तापमानमा पुरापुर अन्तर ल्याइदियो । मथिङ्गलमा झन् ठूलो झन्कार पैदा गरिदियो ।

बिहे गरेर अर्काको घरमा पठाएको छोरी कृष्णाले बाबुको मुख हेर्ने कुसे औंसीको दिनमा मीठा मीठा परिकारहरू बोकेर आफ्नो बाबुको मुख हेर्न पुगिन् ! माइत पुगेपछि उनले आफ्नो बाबुको मुखमा लगेर मिठाई खुवाइन् !
मनमा अब हाँसो खुसी भर्न पाइन्न कि
“ओम भुर्भुर्वस्व,तत्स वितुर्वरण्य म, भर्गो देवस्थ धिमही, धियो योन प्रचोदयात” मेरो मोबाइलको घण्टी बज्यो ।
बुद्ध एउटा गाउँमा वास बस्न आइरहेका थिए । उक्त गाउँमा एउटा गरीव शुध्रले बुद्ध आएका थाहा पाएर विहान झिसमिसेमै बुद्धलाई खोज्न आए र बुद्धलाई देख्ने वित्तिक्कै आफ्नो छाप्रोमा खाना खान बोलाए । शुध्रले बुद्धलाई उक्त गाउँमा आएका देख्ने वित्तिक्कै निमन्त्रणा गरेका थिए ता कि अरु सम्पन्नहरूले बोलाउँदा अलि ढिलो भएपछि पनि बुद्ध उतै जालान् भनेर बुद्धलाई पछ्याइरहे । बुद्धले उक्त गरिब शुध्रलाई “तपाईंकहाँ जसरी पनि भोलि आउँछु” भनेर वचन दिए । बुद्धलाई त्यहाँका वासिन्दाहरूले देख्ने वित्तिक्कै धेरैले भोलिको खानाका लागि निमन्त्रणा दिए । बुद्धले त्यो दिन उपवास छ भनेर सबैलाई बताइदिए ।
जुत्ताको तलुवा आधा फुस्किएर दायाँ खुट्टाको चाल बिग्रिएको थियो । पदयात्राको तेश्रो दिनमै यो हालत अँझै झेल्नु सात दिन कसरी हो भन्ने उत्सुकताले म भरिएको थिएँ त्यसैसँग मेरो चाहना पोखिन्छ कि भन्ने समेत मलाई डर थियो । हामी त बेशी मै थियौँ तैपनि तलुवा फुस्किसकेको थियो । ताल तालका साथीहरू देश बिदेशका साथीहरू भेट भएका थियौँ । जेरियासँगको पहिलो भेट पनि अचम्मको थियो ।
‘हमरा पशुपतिके दर्शन नै करेबै ? (मलाई पशुपतिको दर्शन गराउनुहुन्न ?)’ उनी अर्थात् जुगला मामाको मप्रति सधैँ गुनासो हुन्थ्यो ।
उनको र मेरो परिचय छ । उनी कथाकार र प्राध्यापक पनि हुन् । निकै ओटा पुस्तक प्रकाशित गराएका छन् । उनी साहित्यमा विेशेष रुचि भएका मान्छे हुन् । हाम्रो प्रायः भलाकुसारीका रुपमा गफगाफ भइरहन्छ । म उनका साथ एक भेटघाटको सिलसिलामा थिएँ । “हैन ‘अपहत्ते’ कथाको अन्तमा सफल अवतरणको उपाय खोजिएको थियो नि मित्र । कुन रुपमा भयो त अवतरण ?” मैले कथाकारसँग सोधें ।
‘आमा, अब हामीहरूले पनि हिन्दी सिक्नु पर्ने भयो नि तपाईले थाहा पाउँनु भो ?’–भरखरै खेल्न गएर फर्किएकी छोरीले आमालाई प्रश्न राखि सप्तरीको सखडा मन्दिरमा माग्न बसेकी आमालाई ।