साँचो माया साँचो प्रेमि

९ वर्षको लामो अन्तराल पछि आज फेरि मैले
समीरलाई देखे । आहा कति उज्यालो आनुहार
उसको, पहिले त उनैनै हो के त ? भन्ने
संका पनि लाग्यो, मैले चिनेको समीर त
न्यास्रो, सधै चिन्ता फिक्रीमा कालो अनुहार
लिएर बस्ने समीर, तर जब म उसको नजिक गए
त्यहि समीर नै हो भन्ने थाहा पाए । एकक्षण म
छ्क्क परेर उसलाई हेरिरहे । `माइला दाजु, ओ
माइला दजु` को अवाजले म झसकिए, समीर भाइ
मलाई झक-झकाउदै हुनुहुन्थ्यो ।
अरु कुरा केही नभनी, सम्बोधन सम्म पनि नगरी मैले
उसलाई सोधीहाले – `भाइ तिमी कसरी ,,,, ?`
समीर भाइ ले मेरो प्रश्न बुजिहाले, अनि मन्द
मुस्कान को साथमा मेरो दाहिने काँधमा हाथ
राखी उसले यसो भन्न थाल्यो `दाजु म
फेरि जन्मिएको छु, त्यसैले । हो भाइ एउटा भर्खर
भर्खर जन्मिएको शिशु को आनुहारमा भएको तेज
म तिम्रो आनुहारमा देख्दैछु, तर भाइ मैले तिमिले
भनेको केही बुज्न सकिन ।तिमी २७ वर्शे जवान
कसरी फेरि नयाँ गरि जन्मन सक्छौ ? दाजु म २७
वर्शे समीर मात्र होइन तपाईं ४० वर्शे
माइला अनि ९० वर्शे तपाइको हजुर
बा पनि फेरि नयाँ गरि जन्मन सक्छन भन्दै उसले
मलाइ छेउको चौथरामा बसायो ।
मलाइ उसको खुसी अनि नयाँ आशाको रहस्य
बुझ्न थियो त्यसैले चैतको तालु पोल्ने घाम
मा पनि म उसको कुरा सुन्न त्यहा बसे ।
उसले भन्दै गयो आफ्नो कथा ——
म त्यती खेर १७ वर्षको कलिलो केटो थिए,
नयाँ जोशले भरिएको, जीवनमा केही गर्न चहाने
केटो । दर्जीलिङ सर्कारी महाविद्यालय
मा रसायन बिज्ञान सम्मान मा पहिलो वर्ष
को छात्र, यहि कलेजमा मैले कामनालाई
पहिलो पल्ट देखेको हु।अनि पहिलो नजर मै
इनि सित मेरो एक तर्फे प्रेम बसेको हो, टाइम
पास प्रेम। किनकी मेरो पहिले नै एउटि केटी सित
मङ्नी हुने तय भइ सकेको थियो। मैले कामना लाई
मेरो प्रेम को प्रस्ताव रखे, एक दिन पछि उनले
मेरो प्रस्ताव लाई स्विकारिन पनि, म
खुसी थिए, रम्दै थिए। तर बिस्तारी यो टाइम
पास माया , उ बिना बच्नै न सक्ने
मायामा परिनत भयो। कामनाको पनि बोय
फ्रेन्ड थियो भन्ने मलाइ थाहा थियो तर अब उ
पनि आफ्नो अतीत लाई भुलेर म संगै खुसी थि, संगै
जिउने मर्ने कसम समेत हामिले खाइ
सकेका थियौ। तर एक दिन कमना ले
मेरो मङ्नी भएको हो भन्ने थाहा पाइन।
बिचरी धेरै रोइन त्यस दिन,उ म बिना बाच्न
नसक्ने भएकि थिइन, त्यसैले अब मैले
मेरो मङ्नी तोडनु पर्छ भनिन। म त्यो पहिले
को केटीलाई माया गर्दिन थे,म फसेको मात्र
थिए। अनि एक दिन मैले त्यो मेरो मङेतर अरु कसै
केटा संग बिहे नगरी संगै बस्दरहेछ भन्ने थाहा पाए,
र मैले मेरो मङ्नी तोडि दिए। कामना धेरै
खुसी थिइन त्यस दिन। यसरि समय बित्दै गयो,
समय को साथ हाम्रो माया पनि बडदै गयो।
हामी दुई रकभिल धाम को छेउको घरमा संगै बस्न
थाल्यौ, पेइङ गेष्ट तर बेग्ला बेग्लै रूम।तर दुवै
को कलेज भने पूरा हुन सकेन। उ त्यती खेर हिन्दु नै
थि, तर बिश्वास येशु लाई गर्थी, हरेक बिहान
अनि रात्री बेला शिरमा सेतो लुगा रखेर
प्राथना गर्ने गर्थी उ। म पनि उसलाई भेट्न
अघि देखि नै येशु लाई बिश्वास गर्थे तर येशु
को हुन के हुन थाहा थिएन । उसै बाट येशु लाई
अलि नजिक बाट चिन्न सके मैले।
त्यस पछि म गान्तोक शहरमा एफ एम मा काम
गर्न गए, उ पनि केहिले काहीँ मलाइ भेट्न आउने
गर्थी। गान्तोक गएर मैले धेरै चुरोट पिउन
थाले,मदिरा समेत पनि केही चोटि लिए मैले। म
अर्कै दिशा तर्फ अग्रसर हुदैथिए, एक दिन
पुश्पा भन्ने एक जना कलर ले मेरो कार्यक्रम
मा फोन गरिन,मेरो हेल्लो को जवाफ उनले जय
मशिह भाइ भन्दै दिइन। यसरि दिन दिनै फोन गर्दै
जादा एक दिन म उनको चर्च गए, मेट्रो तादोङ
स्थित बेरेक्का चर्च, यहि मैले येशु लाई
आफ्नो मुक्ती दाता
भनी ग्रहण गरे। दिन बित्त्दै गयो मैले येशु
को बारेमा अझ ज्ञान पाउदै गए, हरेक
राती कामना र मेरो फोन मार्फत बात हुने
गर्थ्यो, अनि जब जब उसले चर्च मा वा सङती तिर
पवित्र बाइबल को वचन सुने गर्थी त्यसै राती उ
मलाइ त्यहि वचन सुनाउने गर्थी, यसरि दुवै को घर
परिवार ले यो सम्बन्धको बारेमा थाहा पाए,
अनि दुवै परिवार खुसी पनि थिए। म गङ्तोक
मा छदा धेरै बिरामी परे अनि काम छोडेर घर
फर्की आए।मेरो भुडी को अपरेशन
भयो,मेरि कामना ले मेरो श्यार शुशार गरि,
उसको आमा बाबा ले पनि मलाइ
माया नगरेको होइन। म उनी हरु को आदर गर्छु,
काकी,बहिनी,घर माथी को आन्टि सबै ले मलाइ
माया गर्नु हुन्थ्यो। कामना लाई
पनि मेरो आमा बाबा ले त्यती कै माया गर्नु
हुन्थ्यो। तर बिच मा खै के भयो मेरो जीवन
मा भुइचालो आयो, सबै भताभुङ र लथालिङ्ग
भयो। म बा आमा संग लुकि लुकि चर्च जने गर्थे,
पर्मेश्वरको जिउदो वचन सुन्दा मन आनन्दमय
हुन्थ्यो, म संग केही नभए
नि भित्री शान्ती पाउथे। एक बा आमा ले सबै
थाहा पाउनु भयो। र मेरो बाइबल जलाइ दिन्छु,
इत्यादि भन्न थाले, म निरास भए।
त्यस पछि त झन कामना अनि मेरो सम्बन्ध ले अर्कै
मोड लिन थाल्यो,
सा साना कुरा मा झगडा,अनि धर्मलाई लिएर
बहस। म बिचमा थिए,
यता जन्मको नाता उता पिरतिको,
अनि मेरो येशु, म दिन रात प्रार्थना गर्थे,प्रभु
तपाइको इच्छा पूरा होस्।
बिचमा मा हामी बिचको सम्बन्ध झन्दै
सकियो, उसले त सम्बन्ध को अन्त
यहि हो भनी तर म मनिन, म रोए माफी मागे
अनि फेरि बिस्तारै बिस्तारै
उसको माया फेरि जिते मैले। त्यसै सालको मार्च
३१ मेरो जन्दिन अनि उसलाई देखेको अन्तिम
दिन,,,,। त्यस पछि म काम गर्न नेपाल पसे । त्यस
पछि हाम्रो सम्बन्ध को साचै अन्त भयो। म रोए,
धेरै रोए। येशु अनि धर्म लाई दोश्याउन थाले।
हामी जाउ बरु सबै छोडेर अन्तै संगै
बसौ भन्दा पनि उ मनिन, म कदर गर्छु उसको येशु
प्रेम को, र सम्मान गर्छु उसको आमा बाबाले
दिएको संस्कार को।
त्यस पछि म पगल भए, एक्लै एकान्त रुचाउने भए, मृत्यु
प्यारो लाग्न थालेको थियो।
अनि त्यस पछि बबिता जसले मलाइ असाद्धै
माया गर्छिन उनी सित मेरो बिहे भयो।
तर म येशु अनि धर्म समाज लाई दोश दिन्थे। म
खुसी थिइन। एक दिन मैले आफ्नो जीवन समाप्त
गर्ने निर्णय लिए, धेरै पानी झरी थियो त्यस
दिन, म लुथ्रुक्कै भिज्दै बतासे खोला तर्फ
लागे,खोला पट्टि फर्किएर म ४
चोटि कामना कामना कामना कामना भन्दै
ठुलो स्वर्ले चिचए, कामना सित बिताएको पल
हरु को स्मरण गर्दै म उफ्रन के लागेथे, पर मैले
सुश्मा बहिनी लाई देखे, उनी म कहाँ आउनु भो र
मलाइ दादा तपाईं किन यस्तो हुनुभएको भन्दै
समाउनु भो,मेरो हृदय भित्र समुन्द्र को छाल जस्तै
यता उता भइ रहेका सबै कुरा मैले बहिनी लाई
सुनाए। मन अलि भए नि शान्त भयो, उनले
दादा जाउ म संग चर्च भनी र म त्यस दिन पूरा ६
महिना वाद चर्च गए। म भवनमा एक्लै
प्रार्थना गर्न बसे र प्रभु संग उत्तर माग्न थाले, म
रोए धेरै रोए, मेरो प्रभु को काख मा लडेर रोए।
तर उनी बाट उत्तर भने पाइन।
म येशुको लागि जिउछु अब उनको सेवा गर्छु
भन्दा बाबाले यदि तैले येशु लाई चुनिस भने म
आत्महत्या गर्छु भन्ने कुरा गर्नु भो,
मेरो टुक्रिसकेको हृदय
को फेरि टुक्राटुक्रा भयो,,, म
फेरि निराशामा दुबे, तपाईंले यती खेर नै मलाइ
देख्नु भा हो दाजु,म जिउदो लास थिए त्यतीखेर।
म संग मेरि जीवन साथी थिइन,जो मलाइ
माया गर्थिन,अनि जो येशु लाई पनि मलाइ
भन्दा बडि माया गर्थिन र गर्छिन। तर पनि म
किन खुसी छुइन थाहा थिएन, उत्तर अझै
नि पाएको थिइन मैले। फेरि एक दिन मैले
थाहा पाए कामना को बिवाहा को कुरो चल्दै
रहेछ, मन चस्स घोच्यो तर एक मनले सोचे
उसको पनि त जिन्दगी छ, प्रभु संग सधै
प्रार्थना गर्ने गर्थे कि उसको जीवन
राम्रो होस्, संसार को सबै खुसी उसले पाओस्,
उसले सधै चाहेको जस्तै एउटा इसाइ
परिवारमा उसको बिहे होस्, उसले रोजेको जस्तै
सेतो लामो गाउन लाउन पाओस् ।
तर जसलाई माया गरे उसलाई पराइ
को घरमा सोच्दा पनि मुटु काप्दो रहेछ। फेरि म
संग हुदा जसलाई उसले भाइ हो भन्थी उसै संग बिहे
हुने सुन्दा धोका पाएको जस्तो महसुस भयो। जे
होस् उसको जीवनमा असफलता र दुख भन्ने शब्दले
डाडा काटेको होस्, यहि छ कामना इश्वर
प्रती। तर मेरो उत्तर भने अहिले सम्म
पाएको थिइन मैले, किन म संग यस्तो भयो???
किन ??
यो कथा सुनाउदै गर्दा समीर भाइको ओठ
काँपि रहेका थिए, कसैलाइ कसैले
यस्तो माया गरेको मैले देखेको थिइन न त
सुनेको नै थिए। आफ्नो ब्याग बाट
एउटा कालो खोल भएको पुस्तक खोलेर भाइ ले
फेरि उनको कुरा राख्न थाल्नु भयो।
माइला दाइ मैले मेरो प्रश्न को उत्तर खोज्दै थिए
धेरै समय देखि, तपाईं लाई थाहा छ मेरो हरेक प्रश्न
को उत्तर त यस पवित्र बाइबल
मा लेखिएको रहेछ। एक दिन बाइबल खोल्ने
बित्तिकै मेरो आखा १ युहना २:१९
मा पर्यो जहाँ लेखिएको छ — ‘तिनीहरु
हामीबाट निस्केर गए,
किनकि तिनीहरु हाम्रा थिएनन् |
यदि ती हाम्रा हुँदा हुन् त हामीसँगै
रहिरहनेथिए, तर तिनीहरु सबै हाम्रा होइन
रहेछन् भन्ने कुरा प्रकट गराउनलाई नै तिनीहरु
निस्केर गएका हुन् |’
दाजु हाम्रो सम्बन्ध को महल भत्कियो,
किनकि ऊ मेरो थिएन | यदि ऊ
मेरो हुँदो हो त मसँगै रहिरहने थियो तर
ऊ मेरो होइन भन्ने कुरा प्रकट गराउनलाई नै
उसले मलाई छाडेको हो |’ हरेक
कुरामा प्रभुको इच्छा रहन्छ,उहाँको इच्छाबिना
यस संसारका मानिसका सबै चाहनापूरा हुंदैनन् |
जुन कुरा प्रभुले
हाम्रा लागि दिनुभएन,त्यसको लागि हामी
रोएर-कराएर बिलौना गरेर हुन्छ ? बरु जे
हुन्छ,उहाँकै इच्छानुसार हाम्रै
भलाईको निम्ति हुन्छ भन्ने
कुरामा पक्का विश्वस्त भए म।
अनि फेरि नयाँ गरि जिउने र प्रभुको काम
मा लागि पर्ने प्रण लिएर यसरि यी बाइबल
बाडदै, प्रभु को गीत प्रभु को सु सन्देश बाडदै
हिंडछु अचेल। मेरो मन खुसी छ अब, मलाइ हरेक
परिस्थिती मा साथ दिने जीवन साथी प्रभु ले
मलाइ बर्दान स्वरूप दिनुभएको छ। प्रभु भने
पछि मरि मेट्ने जीवन साथी।अब बस प्रतीक्षा छ
त मेरो परिवार को।
कामना लाई जुन प्रेम मैले गर्थे त्यो सदैव
उसैको लागि छ, सम्बन्ध को अन्त हुन्छ तर प्रेम
को हुन्न, मलाइ थाहा छ उसले
पनि मेरो लागि प्रार्थना गर्दै होलि।
१ कोरिन्थी को ४ देखि ८
पदमा यस्तो लेखिएको छ — ‘प्रेम सहनशील हुन्छ
र दयालु हुन्छ | प्रेमले डाह
गर्दैन, न शेखी गर्छ | प्रेम हठी हुँदैन, न ढीट हुन्छ |
प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन,
खराबीको हिसाब राख्दैन | प्रेम
खराबीमा प्रसन्न हुँदैन तर ठीक कुरामा रमाउँछ |
प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ,
सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर
रहन्छ | प्रेमको कहिल्यै अन्त हुँदैन…|’
भाइ को यी कुरा सुनेर म त्यहा घोप्टो परेर रोए,
अनि मैले उनलाई भने – भाइ म तिमिलाइ
शन्ती दिने येशु लाई चिन्न चहान्छु, मलाइ चिनाइ
देउ।
भाइ ले मलाइ अंगालो हल्नु भो र भन्नू भो दाजु
प्रभु येशु ले तपाईं लाई प्रेम गर्नुहुन्छ।
त्यस दिन देखि म भाइ संगै येशु को गीत गाउछु,
उनैको कथा सुनाउदै हिंडछु।।
साचो माया साचो साथी साचो प्रेमी येशु नै
हुन् ।।।।
(सत्य घटनाका काल्पनिक पात्रहरु)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *