Skip to content

कथा

चन्द्रे

सधै जसो टिल्ल परिरहने चन्द्रे गाउँ डुलेर घर आइपुग्यो । लरखरिदै आएर पिढीमा बस्यो र एकलै फतफत गर्न थाल्यो । त्यही वेला उसको श्रीमती र किशोर छोरा दिनभर खेतमा काम गरेर थाकेका घर आइपुगे ।

कुटो कोदालो थन्काएर हात खुट्टा धोएर छोरा पनि पिढीको छेउमा आई बस्यो । श्रीमती भोकाएका वस्तुलाई घास हाल्न गोठतिर लागी ।

माया

टिरिङ sss टिरिङ ssss गर्दै बजेको मोवाइलको अलार्मले मेरो निद्रा खलबलायो । हेरेँ, विहानको ५ बजिसकेछ, माघको महिना न हो अति जाडो थियो । आज त त्यहीमाथि वायोलोजीको प्राक्टिकल क्लास पनि लिनुपर्ने थियो । ती सब कुरा बिर्सदै मोवाइल खोलेर ड्राफ्ट मेसेज फोल्डर खोलेँ र हेर्न थालेँ उही मेसेज करिव दुई महिना अगाडि लेखेर पनि सेन्ड गर्न नसकेको । उनको फोन नम्वर पनि कम दुःख गरेर मागेको थिइन । जानी-जानी एक दिन कलेज नगई उनको साथी प्रिन्सालाई नोट माग्ने बहानामा मागेको थिएँ । त्यस रात लेखेको मेसेज आजको दिनसम्म पनि उनको मोवाइलमा स्थान जमाउन सकेन । ।

सुँगुर

“जब्बरे भोलि तँ स्कुल नजा, सुँगुर समात्नु छ ।”

उसको बाबुको यो बोली उसको टाउकोमा ठुलो बज्रपात झै भयो । एक त उसले भोलि शीलालाई दिनभर हेरी बस्न नपाउने भो । त्यसमाथि सुँगुर भनेपछि शीला तीन हात पर तर्कन्छे, उसको जातले सुँगुर छुन दिँदैन । यस्तोमा जब्बरे र उसका परिवारले दिनभरि लखेटी लखेटी सुँगुर समातेको देखी भने ?

“म सक्दिन सुँगुर समात्न । मेरो पढाई बिग्रन्छ ।”

कवि (लघुकथा)

यहाँ एक जना मानिस आएको थियो। कवि हुँ भन्थ्यो। पोहोर सालको कुरो। मैले सोधेको थिएँ – घर कहाँ हो ? घर छैन भन्यो उसले। पत्याएँ। ऊ कविको औकात भएको मानिस हुनसक्थ्यो।

देवी (अनूदित लघुकथा)

रात शीतले भिजीसकेको थियो। म बार्दलीमा उभीइरहेको थिएँ। मेरो सामुन्ने अमीनुद्दौला पार्क निद्रामा मस्त थियो। मात्र एक महिला अडेस लगाउन मिल्ने बेञ्चमा बसीरहेकी थिई। पार्कको बाहिर सडकको छेऊमा एक अन्धो पथिकहरूलाई आशिष दिँदै थियो – अल्लाह तथा रसूलको नाममा … राम अनि भगवानको नाममा – यो अन्धोमाथि उपकार गर्नुहोला।

तयारी

‘हैन हौ, हामीलाई हेल्थडेष्क राखेर बिदेशबाट आउँने मानिसहरूमा इबोला भए नभएको जाँच्नु र २१ दिनसम्म निगरानीमा त राख्नु भन्यो सरकारले तर हामीले हेल्थडेष्क राखेका यतिका दिनसम्म डाक्टर पठाउँनु त परै जाओस एउटा गतिलो कम्पाउण्डरसम्म पनि पठाएको छैन, के गर्ने होला हँ हामीले ?’–भारततर्फबाट बिदेशी तथा स्वदेशी समेत प्रवेश गर्ने नेपालको नाकामा खटिएको कर्मचारीले चिन्ता व्यक्त गर्दै भन्यो ।

फटेङ्ग्रो र कमिलो (अनूदित लघुकथा)

एक दिन शिशिरको चिसो याममा एउटा भोको फटेङ्ग्रोले एक कमिलोसँग उसले जम्मा गरेर राखेको खानेकुराको याचना गऱ्यो।

“किन र?” कमिलोले सोध्यो, “पुरै बर्खा भरि गीत गाएर बस्नुको सट्टा अलि-अलि खानेकुराको जोहो गरेको भए हुँदैनथ्यो?”

विश्वास

२०५८ साल तिर को कुरा हो –
श्यामजंग गाउले जीत बहादुर मामा अनि म भएर बिराटनगरको
रानी मा पुलिसमा भर्ती हुन हिडियो ।
बाटो अबरुद्द गरेका थिए माओबादिले । हामी हिड्दै जाने भनेर बाटो लागियो । धनकुटाको धारापानी मा पुग्दा साँझ पर्यो । युद्दकाल भएको ले सहजै बास बस्न कसैले दिएनन् । त्यतिकैमा एक बृद्द कटुवाल बाजे को घरमा पुगियो । बा बाहिरै सिकुवामा पुर्पुरामा हात राखेर काँचो सुर्ति खोस्टामा बेरेर तान्दै थिए। बास को लागि सोधेको बा निरास भएर खुईया गर्दै भने-
” बुढेसकाल मा एउटी छोरी जन्मिएकी थिई त्यै पनि हिजो देखी सिकिस्त बिरामी परेकी छे यो गाउमा धामी पनि छैनन “…. !!

‘ह्वाइट रोज’

(प्रेम, रोमान्स र वियोगको कथा)

‘ओहो ! रेबु तिमी यहाँ ?’

काम विशेषले चक्रपथ पुगेको म एकछिन टोल्हाउन शंखपार्क उद्यान के पस्न लागेको थिएँ, छेऊमै उभिएकी एक अपरीचित लाग्ने युवतीले म तिर गौर गरी । शिर देखि पाउ सम्म नियालीसकेपछि पुरापुर चिनजानको भाषामा आश्चर्य मान्दै प्रश्न हुत्याई ।

‘हो म यहाँ । तर तपाईँलाई चिन्न सकिन नि ?’ अलमलमा पर्दै सोधेँ ।

तृष्णा

जिन्सको पाइन्टमाथि ज्यानमा टाँसिने गरी टफ लगाएकी थिई पूजाले पहिलो पटक गाउँमा छिरेकी तैपनि नर्सको रुपमा । बेन्चमा पडाडिबाट सानो बच्चाले कट्कटिएको मुखमा मुजा पारेर उस्को मुखमा ट्वाल्ल हेरेर बसिरह्यो । बिस्कुट खान्छस? मिठि खान्छस? भनेर सोधी खान्न भनेर टाउको हल्लायो । अनि के खाने त भनेर सोध्दा उस्ले बुबु खान्छु ममी बुबु खान्छुभन्दा पूजा झन वाल्ल परि कन्ये केटी अप्ठेरो मानी एक छिन अनि घरमा जाऊ, ममीसँग बुबु माग अनिदिनुहुन्छभन्दा ममी त फा फुइइइई!! भन्न मात्र जानेको थियो । अनि सही नसक्नु भएर भित्रबाट त्यही घरकी दिदीलाई बोलाई र बुबु भन्छ दिदी मलाई त पानी पानी पार्यो यस्ले ।

परिश्रमको फल (अनूदित कथा)

जब म सानो थिएँ मलाई ला फोण्टेनको एक कथा कण्ठस्थ हुने गरी घोक्न लगाइन्थ्यो र त्यस कथाले दिने उपदेश राम्रोसँग बुझाइन्थ्यो। ती कथाहरूमध्ये एक थियो कमिला र फटेङ्ग्राको कथा जसको उपदेश यो हुन्थ्यो कि यो संसारमा परिश्रम पुरस्कृत हुन्छ र अल्छेपनले सजाय भोग्नुपर्छ। यो प्रशंसनीय कथामा (म माफी चाहन्छु कि म त्यही कुरा दोहोऱ्याउँदै छु जुन सबैले सम्मानपुर्वक, तर गलत तरिकाले बुझ्नुभएको छ) कमिला पुरा ग्रीष्म कठीन परीश्रम गर्दै हिउँदको लागि खानेकुरा जम्मा गर्दै बिताउँछ, जब कि फटेङ्ग्रो घाँसको त्यान्द्रोमा घाम तापेर गीत गाउँदै बिताउँछ। हिउँद आउँछ र कमिला आफूले जम्मा गरेको खानेकुरा खर्चँदै आरामसाथ जीवन यापन गरिरहेको हुन्छ, तर फटेङ्ग्रो भोको पेट लिएर कमिलासँग खानेकुराको याचना गर्छ। अनि त्यति बेला कमिला त्यहि पुरानो जवाफ दिन्छ –

भोग्या

वर्षात शुरु हुनुभन्दा अगावै आएको प्री–मन्सुनबाट पानी परेपछि पलाएका कलिला कलिला घाँस र बोटविरुवाका कलिला मुनाहरूले यथेष्ठरुपमा पेट भरिए पछि एउटी मृगिनी केही क्षण सुस्ताउँन एउटा झ्याम्म परेको रुख मुनी बसी । उसका वथानका अरु सखा–सखी मृग तथा मृगिनीहरू अँझसम्म पनि कलिला र स्वादिला नरम नरम घाँसबाट मुख हटाउँन नसकी चरिरहेका थिए । मृगिनी केहीबेरसम्म डम्म आँखा चिम्लिई र तनक्क खुट्टा तन्काएर पल्टिइरही । बेला बेलामा चलेको मन्द–मन्द गतिको चिसो वायूले उसमा असिम आनन्दको अनुभूति गराइरहेको थियो । भरखरैको एकसे–एक स्वादिला घाँसको भोजन र जंङ्गलको शितल वायू शरिरमा पर्दाका आनन्दमा ऊ त्यसै–त्यसै लठ्ठीइरहेकी थिई ।

JeewanPiditDahal

लक्षण

कुनै कामको मेसो नमिलेकाले यसै कम्प्युटर खोलेर फेसबुकाँ रल्लिइ रेहेको थिएँ । मेरो अमेरिकन साथी गेरी अर्थात गेरी सेफर्डले फेसबुकमै जिस्क्यायो–‘हेलो म्यान, के छ खवर ? अब त तिम्रो कलम पनि बन्द हुने भएछ नि हैन ?’

‘किन र ?’–मैले बुझ पचाउँदै सोधें ।

एक पाउण्ड पाउरोटी (लघुकथा)

झरी असिमित उर्लिएर दर्किरहेको थियो मानौं यो झरीले भेल बनेर केही न केही उटुङ्ग देखाउनेछ । झरी आाउँदा पनि नहुने नआउँदा पनि नहुने । नआउँदा पनि “कत्ति सारो गर्मी छ हगी ?किन यसपाली नआएको” भनेर प्रतिक्षारत बनाउने । आउँदा पनि यसले उटुङ्ग देखाउने । यो झरी तीन दिनदेखि अबिरल दर्किरहेको थियो । विरहमा लागेकाहरु आँसु दर्केको देखिरहन्थे भने खुशीले चुलबुल भएकाहरु त्यसैमा सङ्गीत सिर्जेको देख्थे ।

मन परिवर्तन

एक नेताले दौरा सुरुवाललाई बहिष्कार गर्दा सामन्तवादलाई दमन गरी नामो निसाना मेटेँ भनी मख्ख परे । अनुयायीहरूले पनि उनको कदमको अनुशरण गरे । विजयी अनुभव गरेका सबैको अधरमा मन्द मुस्कान छायो ।

एकपल्ट तिनै नेता भारतको उत्तराखण्डतिर भ्रमणमा निस्किए । त्यहाँ बग्रेल्ती सामान्तीहरू देख्दा उनी छक्क परे । नाम्लो टाउकोमा लगाउँदा लगाउँदा ती सामान्तीहरूको टोपीको घेरो मात्र बाँकी थियो । भारी बोक्दा बोक्दा मैलो दौराको पिठ्युँको भाग च्यातिएर धुजा धुजा भएको र अगाडिको भाग मात्र बाँकिरहेको उनले देखे । साथै खुट्टामा फाटेको कपडाको जुत्ता र हातमा नाम्लो थियो । आय आर्जन गर्ने एक मात्र साधन । त्यस्तो दरिद्र अवस्था थियो ती सामान्तीहरूको ।

चट्याङ्ग

जेठको मध्यरात । बाहिर मेघ गर्जन साथ झ्याम झ्याम पानी परिरहेको छ । बिजुली चम्केको छ । गृष्मको गर्मी भए पनि दर्के पानी परेकोले वातावरण शितलो छ । वातावरण जति नै शितलो भए पनि मन भित्र औडाहा भए पछि कसलाई शितलो हुन्छ र ? कुमुदिनीको मनमा सामाजिक, घरेलु, लाञ्छना र तिरस्कारको औडाहा बलेकोले निदाउन भर मग्दुर प्रयास गर्दा पनिसकेकी छैन । कुमुद भने कोल्टो फर्केर फ्वाँ फ्वाँ यौन सन्तुष्टिको निद्रा सुतिरहेको छ । पाँच वर्ष अघि कुमुदसँग प्रेम विवाह गरेकी कुमुदिनीको अँझै काख रित्तो छ ।

“छोरो भएको बजिया उस्तै, बजियाले कुल र जातकी स्वास्नी त भित्र्याएन रे लौ ठिकै छ, कुजातनी त बाँझी पनि रहिछे । नाति खेलाउने मेरो रहर त्यतिकै तुहिने भो, हे दैव ! ”

रातो मैनबत्ति (अनूदित लघुकथा)

मृत्युशय्यामा पल्टेको उसले उसकी श्रीमतिलाई नजिक बोलायो र भन्योः
“म तिमीलाई सँधैको लागि छोडेर जाँदैछु; त्यसैले तिमी मेरो लागि आफ्नो सतित्व र प्रेमको एक अन्तिम प्रमाण देऊ, किनकि हाम्रो पवित्र धर्म अनुसार एक विवाहित पुरूषको मृतात्मा स्वर्गमा प्रवेश गर्नु अघि यो वाचा गर्नु पर्छ कि उसले आफ्नो जीवन भर कुनै पतीत नारीसँग साँठगाँठ गरेन।

घर्तीको अर्ती (लघुकथा)

हरिलाई घर्तीले सम्झाए “हेर त्यो घुस्यहा नेता हो उसको सँगत नगर्नु । ऊसँग पैसा त धेरै छ तर नैतिकता छैन ।”

केही दिनपछि हरि उही नेताको चम्चा भएर निस्क्यो तर घर्तीसँग उसले भुलेर पनि सँगत गरेन ।

फेरि श्यामलाई घर्तीले सम्झाए “हेर त्यो रेष्टुरेन्टमा लोडसेडिङ्ग भएको बेलामात्रै घ्इँचो लाग्छ । त्यो पनि जोडी–जोडीहरू मात्र त्यो बेला जान्छन् । तिमी त्यस्तोमा नलाग ल ?”

SandeshSubedi

मेरी बहिनी

अस्ति भर्खर मात्र हो जस्तो लाग्छ, सिर्सेनीको भञ्ज्याङ्गमा बहिनीले र मैले स्याँ स्याँ गर्दै दाउरा ओसारेको । हजुरको बिहा भए पछि त पछि लाग्ने भाउजू हुनुहुन्छ, अनि म चेलीलाई बिर्सने त होला नि भनेर प्यारी बहिनीले भनिरहँदा मैले दुई चड्कन लगाएको अहिले पनि आफ्नै गालामा दुखिरहेछ, मनमा पड्किरहेछ त्यति माया गर्ने बहिनीलाई मैले थप्पड हानेँ भनेर र पनि मैले मायाले सहन नसकेर उसलाई थप्पड हानेको थिएँ त्यतिबेला । ज्योति रुनु न हाँस्नु भएर मेरो अगाडि अगाडि हिँडिन र मैले आफूलाई धोइ पखाली गर्न पाइन बहिनीसँग सरी माग्न पनि पाइन । दाजु बहिनी भएकाले हामी मिल्यौँ हाँसो खुशी फेरि छायो र पनि त्यो थप्पडको बारेमा न मैले उक्काउन सकेँ न उनले नै मलाई ठाउँ दिइन, मनमा एउटा खिल पर्यो र त्यहीँ बिलायो झिक्न पाइन त्यही भएर बिझाउदो रहेछ कहिलेकाहीँ ।

बाबा

टिनिनिनि घण्टीको आवाजसँगै चिया खाने समय भएको महशुष भएको छ मलाई । सबै साथीहरूसँगै म पनि बिस्तारै खानेकुरा बाँड्ने ठाउँ तर्फ लागे । सबैलेसँगै खाजा खाने प्रसंग त हो पालै पालो सबैलाई खाजा बाँडे होस्टेलमा । मैले पनि पाए र खाएँ । म यहाँ आएर बसेको पनि धेरै दिन वितिसकेको थियो । त्यो होस्टेल केवल ६ महिनाको लागि सञ्चालित थियो । म जस्तै धेरै बालबालिका त्यहाँ थिए भन्ने मलाई लाग्थ्यो । यस होस्टेलमा पनि धेरै लामो समय देखि म यहाँ बसेको जस्तो लाग्थ्यो तर, त्यत्ती धेरै भएको रहेनछ । आज सबैजना बालबालिकाका आफ्ना अभिभावकहरू आफ्नो बच्चाहरू लिनका लागि आएका थिए । तर मेरो बाबा मलाई लिन आइ पुग्नुभएको थिएन ।