‘हैन हौ, हामीलाई हेल्थडेष्क राखेर बिदेशबाट आउँने मानिसहरूमा इबोला भए नभएको जाँच्नु र २१ दिनसम्म निगरानीमा त राख्नु भन्यो सरकारले तर हामीले हेल्थडेष्क राखेका यतिका दिनसम्म डाक्टर पठाउँनु त परै जाओस एउटा गतिलो कम्पाउण्डरसम्म पनि पठाएको छैन, के गर्ने होला हँ हामीले ?’–भारततर्फबाट बिदेशी तथा स्वदेशी समेत प्रवेश गर्ने नेपालको नाकामा खटिएको कर्मचारीले चिन्ता व्यक्त गर्दै भन्यो ।
‘खै ! के गर्ने, के गर्ने ?’–अर्काले अनभिज्ञता जनायो ।
‘के को के गर्ने, के गर्ने नि ? काठमाण्डौबाट ब्रेथलाइजर झिकाउँने र हाऽऽ गर्न लाउँने जिरो प्वाण्ट टु प्रतिशत अल्कोहल देखिए शिबिरमा पठाउँने न देखिए घर पठाउँने ?’–अर्काले समस्याको समाधान निकाल्यो ।
जीवन दाहाल
जुरोपानी-४,झापा
हाल: काठमाडौँ |
