Skip to content
JeewanPiditDahal


कुनै कामको मेसो नमिलेकाले यसै कम्प्युटर खोलेर फेसबुकाँ रल्लिइ रेहेको थिएँ । मेरो अमेरिकन साथी गेरी अर्थात गेरी सेफर्डले फेसबुकमै जिस्क्यायो–‘हेलो म्यान, के छ खवर ? अब त तिम्रो कलम पनि बन्द हुने भएछ नि हैन ?’

‘किन र ?’–मैले बुझ पचाउँदै सोधें ।

‘किन नि अब ? फैसला र न्यायमा फट्याई गर्ने न्यायधिसका बिरुद्धमा लेख्ने लेखक तथा पत्रकारहरूलाई ठेगान लगाउँने कानून त तयार भै नै सक्यो, अब भ्रष्टचार गर्ने मन्त्री, भ्रष्टचारी र आचरणहिन मान्छेलाई न्यायधिस नियुक्त गर्ने संसद, संसदबाट भ्रष्टचार पास गर्न माग गर्ने सभासद/राजनीति कर्मी र भ्रष्ट तथा कामचोर कर्मचारीहरूको पनि संरक्षण गर्ने अर्को कानून आउँने सम्भावना भएकाले नि’–उसले कारण खोल्यो ।

‘ए ! यो त मालिक नबोलुन्जेलको हलिगोठालाको चुरिफुरीमात्र हो मित्र पीर गर्नै पर्दैन’–मैले आश्वस्त पार्न खोजें ।

‘हुन त हो, तैपनि कानून तयार हुनै आँटिसक्यो नि त’–उसको संङ्का निवारण अँझै भएन ।

‘आचरण नभएका आठदश हलिगोठालाले बनाएको नियम कानूनले मालिकलाई केही लछारपाटो लगाउँदैन, हामी मालिक हौं’–मैले जस्तालाई तस्तै उत्तर दिएँ ।

‘के गर्छौ र ? लक्षण त राम्रो देखिदैन’–उसले चित्त बुझाएन ।

‘काल आएपछि कमिलाको पनि प्वाँख पलाउँछ भन्छन्, त्यसैले यो राष्ट्रलाई आमूल परिवर्तनको आवश्यकता परेका बेला देखिने लक्षण हुनुपर्छ’ –मैले कुरा तुर्याएँ ।

जीवन ‘पीडित’ दाहाल
जुरोपानी-४, झापा
हाल: काठमाडौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *