Skip to content

कथा

मोबायलको सन्देशबाट उब्जेको रडाको

केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो ।

अलबिदा

मचानमा सुकाएका बदाम केश्राहरू खानलाई काँचै पनि झुरुम झुरुम त थिए नै । घरमा बुढी हजुरआमा हुनुहुन्थ्यो, आफ्नै आँखा अगाडि एक पसार निकालेर रुमालको फुर्कोमा सबैले देख्ने गरी लुकाउनु भयो यसमा पनि म मख्ख नै थिएँ रमाइलो महशूस भयो । साँच्चै मागेको भए पनि हुन्थ्यो हामी दिई हाल्थ्यौँ नि भन्ने पनि भयो अलि बढी नै दिन्थ्यौँ होला । फेरि उस्की बहिनी आई उस्ले पनि भिना लौ है घरमा चोर पसे भन्दै एक माना जति गोजीमा भित्र्याई हाली म त्यो देखेर पनि बेखुशी भइन, जो सुकै पनि मेरो घरमा आऊन खाऊन बसुन रमाइलो गरुन भन्ने ठान्दथेँ म ।

जीवनमृत्यु चोकको पसल

रातको एक बज्न आँटेको हुनुपर्छ । घडी छैन कोठामा, त्यसैले समयको अनुमान मात्र लगाइरहेछन मान्छेहरू । हार्ने इतिहास बोक्नेहरूका लागि एकचोटीको विजय पनि सयौं पटकको जीतभन्दा ठूलो हुन्छ शायद, त्यसैले नजिकैको बरण्डामा एक हुल मान्छेहरू ताली पिटिरहेका छन्, उनीहरूको देशले आज चौकामाथि चौका बर्साइरहेको छ । तथाकथित राष्ट्रियता झल्किंदैछ उनीहरूको अनुहारमा ।

KalpanaPoudelJigyashu-02

चेलीको पीडा

दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् । मिना कान्छो भाइ गर्भमा हुँदा लाहुर गएका बाउ अँझै फर्केका थिएनन् । तीन जना बहिनी मुनि जन्मिएको भाइ पनि अहिले पाटि बोकेर स्कुल जान सक्ने भएको थियो । दिनभरि साहुको मेलामा मुजुरा गरेर बेलुका घर फर्किदा चोयाको डोको कम्मरमा बार हाते पटुका, खद्दडको सारी, उनीको पछ्यौरा, नाम्लो लगाएर बोकेकी तामाको गाग्री, उकाली ओरालीमा छचल्कीँदै पोखीने त्यो पानी, डोकाका प्वाल जस्तै भएको ती ढाकाका चोलीका पाटाहरू अनि भिजेका ती कपडा, सुईँया सुस्केरा हाल्दै पिँढिमा पानीको गाग्री बिसाँउदा मिनाकी आमालाई रातको १० बज्ने गर्थ्यो ।

साईको म र समय

सँगै कलेज पढेको साथीसँग आज लामो च्याट भयो कुरै कुरामा उस्ले “ओए तैले थाहा पाइस ‘साईको’ले त पोहोर साखा अधिकृतमा नाम निकालेकी थिई अहिले त सहायक CDO भई नि” भन्यो म सरासरी ‘फ्लयास ब्याक’मा गएँ !

फिका पर्पल कुर्था सलवार र उस्तै कलरको नजानिदो लिपिस्टिक लगाएकी उनी आज सामान्यभन्दा राम्री देखिएकी थिइन ! मेकअपमा उती वास्ता नगर्ने उनी आज थोरै नोस्टाल्जिक देखिन्थिन ! हामी शहिद दिबस को अवसरमा धनकुटाको छिन्ताङमा रहेको सहिद पार्कमा आयोजित बिशेस कार्यक्रम को लागि हिडेका थियौ !
आपसमा चुट्किला सुनाएर सँगिनीहरू घरी घरी हाँसोका फोहरा फ्याक्थे तर उनको हाँसोमा कतै अट्टाहास हुदैनथ्यो ! फिस्स रहस्यात्मक हाँसो हास्नु उनको विशेषता थियो ! मानिस यति भावुक भएको पटक्क नसुहाउने रहेछ ! अँझ विशेष केटीहरू !!

एकै ड्याङका मुला

एकैघरका तीन दाजुभाइ मध्ये, कुनै वेला जवानीको मादले लठ्ठिएको जोधाहा ‘क’ पुरानो मक्किइसकेको थोत्रो घर ढाल्नु पर्छ । समाजमा परिवर्तन ल्याई अधिकारको लागि लडनु पर्छ भन्ने अभियानमा लागेको थियो । कतिले उसको विश्वास गरी बाटो पहिल्याएथे, भने कति उसको उग्र रुप देखेर डराउथे । गाँउघरमा उसको मनपरि चल्थ्यो । उसको विरुद्धमा कोही चुक्क पनि गर्न सक्दैनथे । कसैलाई सराप्नु पर्यो भने “तेरो घरमा ‘क’ पसिहालोस” भन्थे रे ।

घर बनाउने साइत

“भोलि मेरो गृहप्रवेशको घरपैँचो कार्यक्रम छ । सपरिवार पाल्नुहोला है, उपसचिवज्यू !”

“घर बनाउन कति खर्च लाग्दो रहेछ खर्दारसाव् ?”

“मेरो तीनतले घर बनाउन बीस लाख लाग्यो । एकतले घर बनाउन उपसचिवज्यूलाई त्यही दशलाख जति मात्र लाग्छ ।”

नेतापत्नी

  • by

एक नेताकी अलि खरो, अन्याय सहन नसक्ने कडा स्वभावकी पत्नी थिइन्। उनलाई नेताहरूले बेमतलबको फाल्तु कुरामा बहस गरी धन र समय खेर फालेको पटक्कै मन परेको थिएन । पुर्खाले कति दुःखकष्ट सही रोपिदिएका बिरुवालाई सबै मिली मलजल हाली हराभरा बनाउनुको साटो जरै उखेल्ने कुरामा सहमति जनाउँदै निमिट्यान्न पार्न खोज्दै छन् भन्ने उनलाई लाग्छ। नयाँ नयाँ विकासबारे अझ जनतालाई शान्ति सुरक्षा र राहत दिनेबारे जोरदार बहस र छलफल भयो भन्ने उनले कहिल्यै कहीँ सुन्न पाइनन्। खालि उही पुराना संरचना भत्काउने र जनतामा त्रास फैलाउँदै, आपसमा मनोमालिन्य र विद्रोहका कुरा मात्र गर्दै हिँडेको देख्छिन्।

आधुनिकता

“साला क्या छे भने। उम्म्म ! मैले त्यस्को पनि घमण्ड चुर पारिदिएँ।” चुरोटको खिल्ली ओठको देब्रे कुनोले च्याप्दै लाइटर सल्काउँछ आधुनिक।

“धेर गफ नदे त ओइ। घाँस हाल्दिन त्यसले तँलाई,” नबिन चिच्याउँछ।

“हैन भन्न सकिन्न है सोमहरू। यसले धेरैलाई आफ्नो जालमा फाँसिसक्यो। त्यो मुलाङ सभ्यता के हो र। फेरि यसको थोवडा हेर न यति इनोसेन्ट देखिन्छ कि केटीहरू हुरुक्कै हुन्छन। साला अनुहार चै देकै हो के गडले। ए साउनी खै ल्याउ त ४ वटा टुबोर्ग।” तरफदारीमा बोल्छ जोसेफ।

ससुराली

खोला तरेर थोरै उकालो हिंडेपछि खोक्सुङले चौतारीमा झोला बिसायो र पारि आफ्नै गाउँलाई हेर्‍यो। उसले टारी खेतमाथिको आफ्नो घर ठम्यायो। चुन र टीनले टल्केको तीनधुरे घर।

कर

‘मेरा घरजग्गाको कर निर्धारण गरिदिनुस् र करफुकुवापत्र पनि बनाइदिनुस् न बहिनी मलाई साह्रै हतार भो, साढे तीन बजेपछि मालपोतमा भएको बैंकको काउण्टर बन्द गरिदिन्छन् अनि हजार पाँचसय नदिए भौचर नै बुझिदिदैनन्’–घरजग्गाको कर निर्धारण गर्न पुगेकी सेवाग्राही महिलाले कर्मचारी महिलालाई अनुरोध गरिन् काठमाण्डौ महानगरपालिकाको ३१ वडा कार्यालयमा ।

दशैंको कोसेली……

“यो दशैमा तिमी माइतीघर जाँदिनौ? अघिल्ला वर्षहरूमा २/४ दिन अघि नै तयार हुन्थ्यौ ।”

निन्याउरो मुख लगाएर एकोरिरहेकी सबु श्रीमानको प्रश्नले झस्किइन् ।

“जान्न यसपला घरमै मनाउला,” मन नलागी-नलागी ओकलिन् ।

दशैँ

“लघुकथा / दशैं”

जीवन ‘पीडित’ दहाल

म दौरा, सुरुवाल, कोट र लिम्बुनी ढाका टोपी लगाएर तयार भएकोमात्र के थिएँ बाहिर निस्कनलाई त्यसैबेला गेरी झुल्कियो गुडमर्निङ म्या…न भन्दै । उ बस्नासाथै मैले उसलाई भनें–‘मिष्टर सेफर्ड आज तिमीलाई अरु समय दिन सक्तिन है, किन कि आज म अति ब्यस्त छु ।’

‘किन र ! म्यान ?’–उसले कारण जान्न चाहे झै ग¥यो र फेरी आफैले उपाय पनि सुझायो–‘तिम्रो जता–जता काम छ त्यतै–त्यतै मलाई पनि लगे भै हाल्यो नि, कामै बिताएर मलाई घुमाउँन लैजाउ त म पनि कहाँ भनौंला र !’

गेडी (लघु कथा)

म सानो छँदा मेरो हजूर आमाले कुराकानीको सिलसिलामा दुई चारओटा उखान टुक्काहरू सुनाउनु हुन्थ्यो । एउटा उखान त ‘छन् गेडी, सबै मेरी, छैनन् गेडी सबै टेढी’ थियो । अर्को पनि उखान यहाँ सम्झन मन लाग्यो । त्यो उखान हो ‘कोही न कोही पाखुरो पोइ’ । उहाँले यी शब्द बोल्दा थोरै बलको प्रयोग गर्नु हुन्थ्यो अनि कोही चुप लागेर सुन्थे भने कोही जोडले हाँस्थे, म भने ट्वाल्ल परेर हेरिरहन्थे ।

यसै सन्दर्भमा एक दिन म घरको पटाहामा बसेको थिएँ । एक जना अपरिचित करिब २५/२६ वर्षकी सुन्दर कली मेरो अघिल्तिर आएर ‘मामा नमस्कार’ भनिन् । म अलमल्ल परे, को भान्जी, को भान्जी, मैले चिनेकै छैन, तापनि बस्नको लागि अनुरोध गरें उनी बसिन् । यतिवेला सम्ममा मेरी श्रीमती पनि आइपुगिन् । ती सुन्दरीले माइज्यू भनेर बोलाइन् र नमस्कार पनि गरिन् । मेरो श्रीमतीले पनि चिनिनन् । धेरै घोरिएर उनले अन्दाज लगाइन् र सोधनी गरिन् ।

पाण्डवकाे प्रातः भ्रमण

“माओवादी समस्या धार्मिक आधारबाट सम्झाउनु पर्छ” युधिष्ठिरले बहस सुरु गरे । आजको प्रातः भ्रमणको विषय थियो– देशको समसामयिक समस्या ।

श्वेतभैरवी

  • by

धेरै दिन पहिलेको कुरा हो, प्राय: पैंतीस वर्ष अगाडिको । दश एघार वर्षको हुँदो हुँ । वर्षा ऋतु सिद्धिएर शरद्को प्रथम चरण पृथ्वीमा परेको थियो ।

Read More »श्वेतभैरवी

दोषी चश्मा

केशवराजको चस्मा दोषी थियो । अलिक टाढाको मानिस तिनी चिन्न सक्तैनथे । किताब पढ्दा तिनको आँखालाई निकै बल पर्थ्यो । चस्माको पावर तिनका आँखाका लागि कम भएछ । धेरै दिनदेखि अर्को चस्मा लिनें विचारमा थिए, तर अँझै अनुकूल परेको थिएन ।

देशको सेवक (अनूदित लघुकथा)

देशको सेवकले भन्यो – देशको मुक्तिको एक मात्र उपाय छ अनि त्यो हो तल्लो जातका मानिसहरूसँग पनि भाइचाराको सम्बन्ध, दलीतहरूसँग पनि बराबरीको ब्यवहार। संसारमा सबै दाजु-भाइ हुन, कोही तल्लो र माथिल्लो जात हुँदैन।

जनताले जय-जयकार गरे – कति विशाल दृष्टि, कति भावुक हृदय!

उसकी सुन्दर छोरी इन्दिराले यो कुरा सुनी अनि चिन्ताको सागरमा डुब्न थाली।

आशा

अचम्म भो !

पढ्ने बेलामा कमर्स पढ्ने र समय जति कथा लेखेर बिताउँने अनि स्वास्नी छोराछोरीका स–साना इच्छा र आवश्यकताहरू पनि पुरा गर्न नसक्ने, जो कसैको साहित्य मार्फत बिरोध गर्न र उछितोमात्र काढ्ने म झुत्रे लेखक खै कसका आँखा लागेर हो कुन्नि सर्बोच्च अदालतको न्यायधिस हुन पुगें । त्यो पनि प्रधान न्यायधिस हुने तेश्रो बरियताको ।

अचम्म लाग्दो कुरा नै हो नि, हैन त ?

जाडोभित्रको न्यानो

आथ्थु ! थु !! थु !!!

बिना सित्ति घर छोडेर हिडिएछ होऊ डल्ली, जाडोले मार्ने भयो । यो पटक त जाडो पनि कति सारो बढ्या हो भन्या हेर त ! भन्दै मुखबाट धुवाँ फुक्दै बात मार्दै थिएँ बुढिसँग । सिस्नेरी भञ्ज्याङ्गको उकालोमा हामीहरू हिँड्दै थियौँ दुई जना सभ्यता र म दोपहरमा, त्यही भएर भएका मलिना घाम पनि उसै अस्ताउँदै थिए, माघे सक्रान्तिमा सिस्नेरी भञ्याङ्गमा मेला हेर्न हिँडेका ।