एउटा फोटोकपी पसलमा नागरिकता लिएर ग्राहक आउनु भयो ।
ग्राहकः नचिनीने कालो बनाएर फोटोकपी गरिदिनुस, NTC को सिमकार्ड झिक्नुछ, नागरिकता अर्कैको छ फाराम भर्दा टाँसिने फोटो अर्कैको छ त्यसैले ।
(पसल्नी दिदीले ग्राहकको अनुरोध अनुसार फोटोकपी निकाली दिइन)
ग्राहकः कति पैसा हो ?
पसल्नीः बत्ती छैन इन्भरटरबाट हो १० रुपैया दिनुस न ।
ग्राहकः (आश्र्चय हुदै) एउटा फोटोकपीको १०,१० रुपैयाँ लिने तपाई फटाई हुनु हुदो रहेछ ।
पसल्नीः महंगी छ भाडामा हो ।
ग्राहकः जति महंगी भए पनि ३ रुपैयाँमा म गरिदिन्छु मेरो पनि फोटोकपी पसल छ ।
(चित्त बुझेन पसल्नीलाई उदाहरण दिदै)
पसल्नीः होला, यहाँ यो लाइनमा भाउ यती नै छ भाउ बिगार्न मिलेन, यहाँ र काठमाण्डौको सब्जीको भाउ एकै छ र ?
ग्राहकः (तात्तिदै ठुलो स्वरमा) किन नहुनु यहाँभन्दा सस्तो छ, म कहाँ आउनु १० रुपैयाँमा कति गरी दिन्छु दिन्छु, फटाइ (भन्दै १० रुपैया दिएर हिड्छ) ।
पसल्नीः (चुप बस्दिनन्) हैन तपाई एउटाको फोटो अर्कोको नागरिकता लिएर सिम कार्ड निकाल्न आउने आफै भन्नुस तपाई फटाहा कि म फटाइ ?
२०७०।११।२०
