editor
मेरो पर्वतको यात्राको संक्षिप्त एक स्मरण
फागुनको महिना लाग्दा पनि, तराईको ठाउँ, हुस्सुले ढपक्कै ढाकेको थियो । टिनको छानोबाट तप तप शीतका थोपा खसेका थिए । एका विहानै उठेर, भैसीलाई पराल दिने कानम गरें र आगो फुकेर पानी तताउने काम गरें । मेरी श्रीमती पनि उठिन् र खाना बनाउन थालिन् । खाना खाइयो । बाह्र बज्यो तर घाम लागेनन् । करिब एक बजेतिर सूर्य भगवानले आफ्नो अनुहार, हुस्सुलाई चिरेर, देखाउनु भयो । गुन्द्रीमा बसेर घामको न्यानोलाई ग्रहण गरिरहेको बेलामा मोवायलले सङ्गित भर्यो । मोवाइल उठाएँ र कुरा गर्न थालें । फोन पर्वतको ज्ञादी कटुवा चौतारीबाट आएको रहेछ । काम स्वस्थानीको साङ्गे र व्रतवन्धको निम्तो रहेछ । यता गाउँमा पनि स्वस्थानीको साङ्गेको निम्त्यो थियो । म ग्यादी जाने या नजाने दोधारे मन थियो ।

हिर्काए, चुटे, पडकाए गोली हाम्रो देशमा
आमा
नगरौँ लोभ जिन्दगी हाम्रो, मर्नेछ कुनै दिन
अपराध मनमा भरेर गा’थ्यो मन्दिरमा खुट्टा टेकेन उसले
वर्षौदेखि जिन्दगीका धुनहरू जन्माइरहेको छ
सिरानी थियो साथी मेरो, गली गयो रुँदा रुदै
मेरो पसिनाको झर्नामा नुहाएर
एउटा बोझिलो