Skip to content

editor

हाम्रो देशमा

हिर्काए, चुटे, पडकाए गोली हाम्रो देशमा
बौलाही खेले रगतको होली हाम्रो देशमा

सफाया भए नमान्ने जति मान्नेको उही गति
डरले करले बोक्नै पर्छ झोली हाम्रो देशमा

20140403_RamKrishnaPoudelAnayas_01

मनमायाका सपना

उज्यालोको पर्खाईमा
अँध्यारोलाई चिर्दै
बसेकी छन् मनमाया

थुप्रै सपनाहरू आँखामा बोकेर
शहर पसेकी मनमाया
रहर कै आँधीले अलपत्र बनाएको

बृहत नेपाली साहित्य सम्मेलन २०१४ तैयारी समिति गठन

एएनए नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको तत्वाबधानमा जुलाई ४- ६ तारिखमा हुने ३२ औ ए एन ए सम्मेलनमा “बृहत नेपाली साहित्य सम्मेलन-२०१४” मूल तैयारी समिति गोबिन्द सिंह रावत (विद्या वारिधि)को संयोजकत्वमा गठन गरिएको छ ।

नगरौँ लोभ जिन्दगी हाम्रो मर्नेछ

नगरौँ लोभ जिन्दगी हाम्रो, मर्नेछ कुनै दिन
रहन्न सधैँ प्रकृति फूल, झर्नेछ कुनै दिन

झुटको खेती टिक्दैन धेरै, लैजान्छ पैह्रोले
उर्लेर बाढी पापको कमाइ, हर्नेछ कुनै दिन

मेरो पर्वतको यात्राको संक्षिप्त एक स्मरण

फागुनको महिना लाग्दा पनि, तराईको ठाउँ, हुस्सुले ढपक्कै ढाकेको थियो । टिनको छानोबाट तप तप शीतका थोपा खसेका थिए । एका विहानै उठेर, भैसीलाई पराल दिने कानम गरें र आगो फुकेर पानी तताउने काम गरें । मेरी श्रीमती पनि उठिन् र खाना बनाउन थालिन् । खाना खाइयो । बाह्र बज्यो तर घाम लागेनन् । करिब एक बजेतिर सूर्य भगवानले आफ्नो अनुहार, हुस्सुलाई चिरेर, देखाउनु भयो । गुन्द्रीमा बसेर घामको न्यानोलाई ग्रहण गरिरहेको बेलामा मोवायलले सङ्गित भर्यो । मोवाइल उठाएँ र कुरा गर्न थालें । फोन पर्वतको ज्ञादी कटुवा चौतारीबाट आएको रहेछ । काम स्वस्थानीको साङ्गे र व्रतवन्धको निम्तो रहेछ । यता गाउँमा पनि स्वस्थानीको साङ्गेको निम्त्यो थियो । म ग्यादी जाने या नजाने दोधारे मन थियो ।

चक्कर

छेउलागि हिँड्दा पनि गाडीले ठक्कर दिन्छ
चुपलागि बस्दा पनि बोल्नेले टक्कर दिन्छ
हुँदाहुँदा औषधी भनी पिएको बोतलले पनि
सस्तो ठर्राले झैँ भननन चक्कर दिन्छ

अपराध मनमा भरेर

अपराध मनमा भरेर गा’थ्यो मन्दिरमा खुट्टा टेकेन उसले
आस्थाको आगो रापिलो हुन्छ आरतीमा हात सेकेन उसले

सुनिश्चित गर्छौं मानव अधिकार समानता खातिर भन्दैथ्यो भर्खर
दलानमा पाइला टेक्नलाई बन्चित छोरीको आँशु देखेन उसले

ताल हराएको बाजा

वर्षौदेखि जिन्दगीका धुनहरू जन्माइरहेको छ
पारि डाँडामा लुक्न दौडेको
घाम हेरेर उ,
आज पनि सपनाको सुन्दर कल्पना
गर्न पक्कै छाडेको छैन
सास रहुन्जेल आफ्नो रगत सुकाएर
अरुको अनुहारमा खुशी भर्न चाहन्छ

सिरानी थियो साथी मेरो

सिरानी थियो साथी मेरो, गली गयो रुँदा रुदै
तस्वीर पनि मेटिएछ, यी हातले छुँदा छुदै

निष्ठुरी भन सही दिन्छु, सहनु नै पर्छ मैले
छैन माया भन्नै पर्यो, चोखो माया हुँदा हुदै

स्वास्नी पोइल गई

माघे झरीपश्चात् कलिला घामरश्मिहरू पृथ्वीमा आउन तँछाडमछाड गरी बाटो खोजिरहेका थिए। हो, तिनै घामरश्मिहरूलाई पछ्याउँदै म पनि खाना खाइवरी घरदेखि पारपिट्टिको चौतारोमा पुगेर यसो बसेको मात्र के थिएँ, माथिबाट एक जना मानिस पागलसरि कराउँदै तल झर्‍यो।

कविता शृंखला (दुख : ०८)

मेरो पसिनाको झर्नामा नुहाएर
तिमी सद्यस्नात हुन्छौ।
तृप्त ताजगी प्राप्त गर्छौ ।
मेरो खुनको प्याला पिएकर
तिमी मद्होश मधुशालामा
मस्ती मोजमा झुम्छौ
पुलक प्रफुल्लित बन्छौ

म माया गर्छु भनी रित्याएर

म माया गर्छु भनी रित्याएर गयो कोही
सम्झी राख्ने कहानी रचाएर गयो कोही

अनगिन्ती चाहना उनलाई पाउने मेरो धोको
हिजो खुसी भा’को मन जलाएर गयो कोही
म माया गर्छु भनी रित्याएर गयो कोही

राष्ट्रगान र राजनीति

महान् जनआन्दोलनको बलमा प्राप्त लोकतन्त्र र तत्पश्चात गठित लोकतान्त्रिक सरकारले राष्ट्रका विभिन्न आयाममा आमूल परिवर्तनको आवश्यकता महसुस गर्‍यो ।

कवि र ‘स्पेस’

कविता लेख्न कविलाई स्पेस चाहिन्छ । उहिल्यैका कविहरूका स्पेस जंगल, गुफा र आलिसान दरबारहरू हुन्थे । त्यसपछि फूल, हिमाल र समुद्रका किनारहरू स्पेस भए ।

पृथ्वीनारायण शाह र वैकल्पिक चेतना

प्रसिद्ध वैज्ञानिक एवं दार्शनिक स्टिफन हकिङले कतै भनेका छन्- ‘ईश्वर छन् वा छैनन् भन्ने विषयमा विवाद नगरौं । बरु ईश्वर कति ज्ञानी वा विवेकसम्पन्न छन् ? बुझ्ने कोसिस गरौं ।’

कतै मिलिहालेछ भने

एउटा बोझिलो
दिन पहाड जस्तै ठडिएर
चुनौती दिदैछ
जिन्दगीलाई उठाउन
म नाथे
लथालिंग टेबुलमा छरिएका
पुस्तक भएर
अर्थ खोज्दैछु आफ्नै
खुशीको परिभाषा अक्षरहरूमा