Skip to content

editor

विवशता आफ्नै धरातलसँग

प्रेम नहुनु रैछ, भैगयो। कसको बाउको के लाग्छ र? माया बसित गो। शायद एकोहोरो। एकपक्षीय। हो, प्रेम भयो उसको रेशमी कपालसँग। उसको गाजल नलगाइएको कुइरो देखिने आँखासँग। उसको बेसोमति बोलिसँग। जम्मामा सिङ्गो उसको व्यवहारसँग आकर्षण बढ्यो। प्रेम पलाएकै हो उसको आत्मासँग। शरीरसँग मात्र प्रेम हुन्छ भन्ने कुरामा अविश्वास गर्छु म। शरीरसँग मात्र प्रेम हुदो हो त मान्छे मरेर शरीर नष्ट भइसक्दा प्रेम मर्नुपर्ने। शरीर नासिएपछि पनि स्मरण त रहिरहन्छ। त्यसैले प्रेम आत्मासँग हुन्छ। भन्नुपर्दा शरीर बोकेको आत्मासँग।

लाहुरेफूल

आदिम बस्तीहरूमा
मुखिया र जिम्वालहरूले उर्दी जारी गरेपछि
पहिलो भालेको डाँकोमा
गल्लावालको अघि लागेर
प्रियसीले दिएको रुमानी रुमालले आशु पुछ्दै
माथि डाडाबाट अन्तिम पल्ट सुसेलेर
पल्टन छिरेका
हाम्रा पुर्खाहरू कहिल्यै फिरेनन

DhanLamichhane

कुटिल चालहरू चालिन्छन

कुटिल चालहरू चालिन्छन क्रुद्ध हुन्छु मँ,
पवित्र बिचार दबाइन्छ अबरुद्ध हुन्छु मँ

सम्हालिन्छु, सहन्छु, त्याग नै महानता हो रे
असहज शान्ति भित्र बाध्य बुद्ध हुन्छु मँ

सेवा, धर्म, मानवता, सत्कर्मका कुरा हुन्छन्,
पत्याउछु भावनामा बग्छु, आबद्ध हुन्छु मँ

व्यक्तित्वको पहिचान बुझेर सम्मान कहिले गर्ने

नेपालबाहिरको नेपाली साहित्यलाई सही पहिचान दिने बेला आइसकेको छ । आज बढी साहित्यको सिर्जना नेपालबाहिर अर्थात आप्रवासमा नै हुँने गर्दछभन्दा अतिशयोक्ती नहोला । त्यसैले यसको सही मूल्याङ्कन भएन भने भोलिका दिनमा नेपालबाहिरको नेपाली साहित्यमाथि नै प्रश्न चिन्ह लाग्न सक्छ । हिजोसम्म हामी संख्याका हिसाबले गद्य र पद्य संग्रह प्रकाशित गरेर साहित्यमा आफ्नो सहभागिता रहेको जनाउ गर्दै आएका थियौ भने अबका दिनमा उच्चस्तरीय मूल्याङ्कन समिति बनाएर भाव, वाद, विचार र साहित्यिक मान्यता भएका रचनाहरूको संग्रह प्रकाशित गरेर नेपाली साहित्यको अध्ययन सामग्रीका रुपमा प्रस्तुत गर्न सक्ने संग्रहहरू प्रकाशित गर्ने बेला आइसकेको छ ।

चिरा चिरा पर्या छाती

चिरा चिरा पर्या छाती, चर्की दुख्छ कुनाकानी
बिरहमा लेख्या रैछौ, दैव मेरो जिन्दगानी

एकै पल शान्ति छैन, मन मुटु काम्छ सधैँ
सुनाउ त सुनाउ काँ, पिरै पीरको कहानी

JangYonjanTamang

लाटोकोसेरोहरू

मलाई मन पर्छ
लाटोकोसेरोहरू ।
उही भाकामा
उसैगरी कुर्लिन बिर्सेको छैन ।
जसरी उनीहरूका पुर्खाले कुर्लन्थे
विहानको रातमा
भाका फेरी फेरी ।

एटलान्टामा वसन्त चौधरीको ‘विश्व काव्य यात्रा’ भव्यताको साथ सम्पन्न

गत चैत्र २ गते आइतबार अमेरिकाको एटलान्टा शहरमा न्यागद्वारा आयोजना गरिएको कवि, गीतकार एवम् साहित्यकार वसन्त चौधरीको “विश्व काव्य यात्रा” भव्यतापूर्वक सम्पन्न भएको छ ।

अमेरिकाको भ्रमणमा साहित्य यात्रालाई निरन्तरता दिदै यही शिलशिलामा एटलान्टा आई पुगेका वसन्त चौधरीले “विश्व काव्य यात्रा ”संस्करणमा यस पटकको यात्राको लागि अन्तिम शहर एटलान्टामा अन्तिम प्रस्तुति गर्दै यात्रा पूर्ण बिराम गरेका छन् ।

न अमेरिकन भए न नेपाली भए

कुर्सीको मोह हुनेहरू अध्यक्ष भए
बचेका खुचेका सबै उपाध्यक्ष भए
पैसा पैसा भन्ने कोषाध्यक्ष भए
कुनै न कुनै पदका दक्ष भए
न अमेरिकन भए न नेपाली भए
एउटा न एउटा संस्था खोली भए

दुई मुक्तक (केतकी फूलको पराग जस्तै)

केतकी फूलको पराग जस्तै देखिन्छ्यौ जब तिमी खुशाउँछ्यौ
प्रियाँगुल फूल जस्तै देखिन्छ्यौ जब तिमी शर्माउँछ्यौ
तिम्रो चरित्र बुझ्न दैवले पनि सक्दैन मान्छेको के कुरा
तीखो त्रिशुल जस्तै देखिन्छ्यौ जब तिमी रिसाउँछ्यौ ।

पन्चेको पालामा सर्वे सर्वा हुन्थे अञ्चलाधिशहरू
आज पर्यन्त न्यायका ब्यापारिरहे न्यायाधिशहरू
समबेदना र सहिष्णुताको रगतले होली खेलिरहे
भगवान र धर्मका ठेकेदार मठाधिश र पीठाधीशहरू ।

कविता राष्ट्रको

हाम्रो नेपाल धनी राष्ट्र भएर पनि
केही गर्न सकेन नेताले यो देशमा पनि
जति पायो उती नेता कुर्सी मात्र तान्छन
विकाश गर्न देशमा नेताले कहाँ मान्छन

रूसमा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति गठन

रूसमा बसोवास गरिरहेका साहित्यानुरागी नेपालीहरूले हरेक वर्ष भानुजयन्ती मनाउँदै आएको र हाम्रा आदिकविको द्विशताव्दीय जन्मजयन्तीको उपलक्ष्यमा विश्व नेपाली साहित्य महासंघ, रूस शाखाबाट रूसी भाषामा हाम्रा आदिकवि भानुभक्त आचार्यका केही कविता तथा काव्यांशको अनुवादका साथै मूल नेपालीसहित द्विभाषिक कवितासङ्ग्रह “लोकको गरूँ हित् भनी” शीर्षकमा प्रकाशमा ल्याइएको थियो ।

तीन मुक्तक (जुनी जुनी भेट हुनी)


जुनी जुनी भेट हुनी
भन्ने माया रैछिन् खुनी
आत्मार्पण गर्ने छैन
मुटु भने दिंदै छुनी


सबै भन्छन् स्वर्ग जाने
केही छैन साथ लाने
यहीं छनी स्वर्ग नर्क
धर्म कर्म आफ्नै ठाने

वेसहारा बिधुवालाई नठटाऊ

वेसहारा बिधुवालाई नठटाऊ बोक्सी भन्दै,
बस्न देऊ गाउँबाटै नहटाऊ बोक्सी भन्दै ।

मानवता छ कि छैन अरे मुर्ख मानव हो,
पशु बन्दै दिसा पिसाव नचटाऊ बोक्सी भन्दै ।

सपना

पैसाको नै डसना बनाई,
पैसाको नै सिरक ओढी,
हातमा हत्कडी झैँ सुनको ब्रासलेट,
गलामा फासी झैँ पहेलपुर सिक्री,
रक्सी र मासुका कवाफ खादै,
सुन्दर ताज महलको ख्वाबमा,
एक छिन भए पनि राम्रो होटेलमा,

चुरोट : केही झिलिमिली संस्मरण

एकातिर बैँशदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट, माझमा एक बुट्टा मोटरमार चुरोट- यी तीनै थोक अहिले अगाडि परे भने पहिले म कुनचाहिँ टिपुँला ? निद्राविहीन एक रात बाह्र-एक बजेतिर मेरो दिमागमा एउटा प्रश्न गुजुल्टयो । निकैबेर झ्यालको डँडाल्नीमा ट्वालट्वालती हेरेर तरङ्गिएपछि एक्लै खिसिक्क ओठ फुस्क्यो- कहाँ पालिसदार हीरा, कहाँ झुसिलकीरा ! जाबो दुईपैसे चुरोटको पनि कहीँ बैँसदार ओठ र गैँडामार नोटसँग तुलना हुन सक्छ ?