editor
नयाँ व्यवसाय
पच्चीस वर्ष प्राथमिक दरबन्दीमा शिक्षण गरी हाल निवृत्त भएको छु । पेन्सनले घर खर्च पुग्दैन । अन्य आयस्ताको बाटो छैन । बुढेसकालमा के व्यवसाय गरौँ भनेर केही महिना घोत्लिंदा घोत्लिदै बित्यो ।
एक दिन भुल्याएस सम्झें, अब एउटा फ्ल्याट भाडामा लिने र तास खेलाउने दाउ पर्दा कहिले काँहि जुवा पनि खेलाउने । तर मन मानेन । एउटा पबित्र पेशा गरेको गुरु । कसरी त्यो व्यावसाय अपनाउने ? फेरि अर्को मनले भन्यो – मेरो पेशा मात्र त पबित्र थियो ।
भगवान बुद्ध र आजको दुखद स्थिति
जीवन एक तत्व हो। तत्व तत्वबिच द्धान्द्ध भइरहन्छ। प्राण तत्व, प्रकाश तत्व, वायु तत्व, जल तत्व, थल तत्व, ध्वनि तत्व, आकास तत्व नै प्रमुख हुन। यी तत्व-तत्वबिच पनि आपसी मेल र बिमल हुन्छ। धर्ममा तत्वको ठुलो हिसाव रहेको छ। कोही प्राण तत्वको ज्ञाता छन तर कोही आत्मातत्व। आजसम्म कुनै भगवानहरू इस्वर भेटाउन सकेका छैनन। तत्व नै इस्वर बनेको छ सृष्ट्रिमा। यही तत्व नै परमशक्तिशाली छ। रहस्यमय छ। अकल्पीय र ब्यापक छ। मान्छेको दिमागले यी सबै तत्वको अन्बेषण गर्न सक्द्रैन। जस्ले सही उपचार गर्छ उही राम्रो डाक्टर बन्छ। त्यस्तै जस्ले सही ज्ञान दिन्छ उही सच्चा धार्मिक हुन्छ।
एकांकी ०८ – एकता
(रङ्गमञ्चको पर्दा बिस्तारै खुल्दै जान्छ । मञ्चमा उदास लाग्दा हिमाल, पहाड र तराई/मधेसका तस्बिरहरू देखिन्छन् । हिरण्य, पर्वत र तमोर आआफ्नै धुनमा क्रमश: हिमाल, पहाड र तराई/मधेसका तस्बिरहरू एकटकले ओल्टाइपल्टाई हेर्दछन् । उनीहरू कहिले घोरिन्छन्, कहिले रिसले बटारिन्छन् । आमा एउटा कुनामा झोक्रिरहेकी छिन् ।
रङ्गमञ्चको छानोमा बत्ती बल्नासाथ नेपाली राष्ट्रिय गानको धुन बज्न थाल्छ । आमा केही चनाखो हुन्छिन् । उनको मुहारमा खुसी नाचिरहेको आभास हुन्छ । अरू तीनजना जर्याकजुरुक उठ्छन् र सतर्क हुन्छन् । राष्ट्रिय गान समाप्त नहुँदै उनीहरू बस्न हतारिन्छन् तर अरूलाई सतर्क मुद्रामै रहेको देखेर सचेत हुन्छन् । राष्ट्रिय गानको समाप्तिसँगै तीनैजना आआफ्ना ठाउँमा बस्छन् । तमोर जुरुक्क उठेर केही कदम अघि बढ्छ ।)

म नेपाली हुँ मेरो गौरव अनि शान लेख्नुछ
म विश्वास गर्दै गए, तिमी शंका गर्दै गयौ
पृथ्वी मैमाथि
मान्छेले यहाँ गलत बनाउन खोज्दैछ
“माफ गर्नुहोला सर, स्कुलमा तपाईको गतिबिधिका कारण तपाईलाई स्कुलबाट निकाल्न हामी बाध्य भयौं,” अफिस पस्नै लाग्ने बेला स्कुलका प्रधानाध्यापकले उसलाई ढोका मै रोकी बिदाइ पत्र पो थमाई दियो ।
वसन्तको जस्तो बहार छाओस यही छ मेरो कामना
पुराना सपनाहरू
वर्षौपछि फर्कदैछु उही गाउँ
हिमाल देखि चारकोसे झाडीसम्म