Skip to content

editor

दुई सय ७५ वर्षअघिको ताम्रपत्र

गोरखा जिल्लाको मान्बु गाउँमा घलेको बाक्लै बस्ती छ। यहाँका घलेमध्ये एउटा खलक छ, जसलाई १७ भाइ खलक भनेर चिनिन्छ।

नेपाली भाषामा अराजकता

विश्वका विकसित र समृद्ध भाषाका आआफ्नै व्याकरण हुन्छन्। व्याकरण भनेको भाषाका लागि संहिता वा अनुशासन हो।

विप्लव ढकालको “च्याउको जंगल” (कविता सङ्ग्रह) सार्वजनिक

कवि विप्लव ढकालका प्रतिनीधि कविताहरूको सङ्ग्रह “च्याउको जंगल” कविता कृति २०७१ वैशाख १ गते सोमबार शिल्पी थिएटर, बत्तीसपुतलीमा सार्वजनिक गरियो ।

थिएटरमा कलाकारहरूले च्याउको जंगल माथि अभिनय गरेर देखाएका थिए ।

म नेपाली हुँ मेरो गौरव

म नेपाली हुँ मेरो गौरव अनि शान लेख्नुछ
झुक्दिन म बैरी सामू यही अडान लेख्नुछ

बुद्ध, सीता, सगरमाथा, सारा संसारले चिन्दछ
यिनकै कारण हाम्ले पाको सम्मान लेख्नुछ

नयाँ व्यवसाय

पच्चीस वर्ष प्राथमिक दरबन्दीमा शिक्षण गरी हाल निवृत्त भएको छु । पेन्सनले घर खर्च पुग्दैन । अन्य आयस्ताको बाटो छैन । बुढेसकालमा के व्यवसाय गरौँ भनेर केही महिना घोत्लिंदा घोत्लिदै बित्यो ।

एक दिन भुल्याएस सम्झें, अब एउटा फ्ल्याट भाडामा लिने र तास खेलाउने दाउ पर्दा कहिले काँहि जुवा पनि खेलाउने । तर मन मानेन । एउटा पबित्र पेशा गरेको गुरु । कसरी त्यो व्यावसाय अपनाउने ? फेरि अर्को मनले भन्यो – मेरो पेशा मात्र त पबित्र थियो ।

म विश्वास गर्दै गए

म विश्वास गर्दै गए, तिमी शंका गर्दै गयौ
म मलिन भई चुप लागे, तिमी आँखा तर्दै गयौ

नजिकबाट नियाली हेरे, कल्पनामा तिम्रो साथ
सास–रगत ठाने तिमीलाई, तिमी अर्कैको भर पर्दै गयौ

पृथ्वी मैमाथि सपना देखिरहेको होस्

पृथ्वी मैमाथि
हिडिरहेको होस्
मै माथि सपनाहरू देखिरहेको होस् ।

म चुपचाप
पृथ्वीको शान्त मुद्रामा
फैलन सकौं
र मेरो फैलावटमा इर्ष्या, घृणा, अहं म सबै हटेर
पृथ्वीको लागि उन्मुक्ति मात्र होस् ।

यौन मनोविज्ञानको कथा : यायावर

मूल्यः रु.२९५ राजनीतिज्ञ नीलाम्बर आचार्यले एउटा उपन्यासका बारेमा छोटो टिप्पणी गरे, “ब्रजेशको यायावर पढें।

भगवान बुद्ध र आजको दुखद स्थिति

जीवन एक तत्व हो। तत्व तत्वबिच द्धान्द्ध भइरहन्छ। प्राण तत्व, प्रकाश तत्व, वायु तत्व, जल तत्व, थल तत्व, ध्वनि तत्व, आकास तत्व नै प्रमुख हुन। यी तत्व-तत्वबिच पनि आपसी मेल र बिमल हुन्छ। धर्ममा तत्वको ठुलो हिसाव रहेको छ। कोही प्राण तत्वको ज्ञाता छन तर कोही आत्मातत्व। आजसम्म कुनै भगवानहरू इस्वर भेटाउन सकेका छैनन। तत्व नै इस्वर बनेको छ सृष्ट्रिमा। यही तत्व नै परमशक्तिशाली छ। रहस्यमय छ। अकल्पीय र ब्यापक छ। मान्छेको दिमागले यी सबै तत्वको अन्बेषण गर्न सक्द्रैन। जस्ले सही उपचार गर्छ उही राम्रो डाक्टर बन्छ। त्यस्तै जस्ले सही ज्ञान दिन्छ उही सच्चा धार्मिक हुन्छ।

बौलाहा मास्टर

“माफ गर्नुहोला सर, स्कुलमा तपाईको गतिबिधिका कारण तपाईलाई स्कुलबाट निकाल्न हामी बाध्य भयौं,” अफिस पस्नै लाग्ने बेला स्कुलका प्रधानाध्यापकले उसलाई ढोका मै रोकी बिदाइ पत्र पो थमाई दियो ।

उ केही नबोली फनक्क फर्केर स्कुलको प्राङगनबाटलुरुलुरु बाहिरिदै थियो ।

नयाँ वर्ष २०७१ सालको शुभकामना

वसन्तको जस्तो बहार छाओस यही छ मेरो कामना
आयो फेरि नयाँ वर्ष २०७१ सालको शुभकामना

३६५ दिनको खाली पान्ना भर्नु तिमीले चाहना
फलोस फुलोस तिम्रो जीवन यही छ मेरो कामना

नयाँ वर्षले तिमीमा खुशीयाली आइदिओस
सोच जति सबै कुरा विना बाधा मिली दिओस

त्यो वर्ष

पुराना सपनाहरू
स्थगित गरेर सबै
ढल्नुछ यो अन्तिम रात !
क्यालेण्डरले बसाई सार्ने वेला ।

सधै नयाँ भै वगिरहने
हिमाली खोलाको पानीमा
विसर्जित चैत्र मसान्त
चुँडिएका फूलका थुँगासँगै
बगेका हुन वासी सपनाहरू
नफर्कने खोलाहरूझैं ।

द्वन्द्वको आख्यानीकरण

हेटौंडाका पत्रकार रामकुमार एलनको स्याउली सिम्फोनी मध्यम कलेवरमा सिर्जित औपन्यासिक प्राप्ति हो।

छापामार

वर्षौपछि फर्कदैछु उही गाउँ
जुन गाउँमा मेरा सपना हराएका थिए
अनि भाँचिएका थिए मेरा कलमका निमहरू
बिचरा ! हर्के र मनमायाको अँझै
अत्तो पत्तो छैन अरे
मैले जुन दिन गाउँ छाडेको थिए
त्यही दिन उनीहरूको सम्बन्ध
गाउँलेको नजरमा दोसि ठहरिएको थियो ।

बदलिन्छौँ हामी नेपाली

हिमाल देखि चारकोसे झाडीसम्म
अब फेरि डाँफे र मयूर नाच्छ
अढाई करोड नेपालीको
हरेक ढुकढुकीमा नेपाल बाँच्छ

अब समय बदलिसकेको छ
आशाहरूले जन्म लिइसकेको छ
मातृप्रेम प्रीतको झंकार
नेपाली हृदयमा छाइसकेको छ

एकांकी ०८ – एकता

(रङ्गमञ्चको पर्दा बिस्तारै खुल्दै जान्छ । मञ्चमा उदास लाग्दा हिमाल, पहाड र तराई/मधेसका तस्बिरहरू देखिन्छन् । हिरण्य, पर्वत र तमोर आआफ्नै धुनमा क्रमश: हिमाल, पहाड र तराई/मधेसका तस्बिरहरू एकटकले ओल्टाइपल्टाई हेर्दछन् । उनीहरू कहिले घोरिन्छन्, कहिले रिसले बटारिन्छन् । आमा एउटा कुनामा झोक्रिरहेकी छिन् ।

रङ्गमञ्चको छानोमा बत्ती बल्नासाथ नेपाली राष्ट्रिय गानको धुन बज्न थाल्छ । आमा केही चनाखो हुन्छिन् । उनको मुहारमा खुसी नाचिरहेको आभास हुन्छ । अरू तीनजना जर्याकजुरुक उठ्छन् र सतर्क हुन्छन् । राष्ट्रिय गान समाप्त नहुँदै उनीहरू बस्न हतारिन्छन् तर अरूलाई सतर्क मुद्रामै रहेको देखेर सचेत हुन्छन् । राष्ट्रिय गानको समाप्तिसँगै तीनैजना आआफ्ना ठाउँमा बस्छन् । तमोर जुरुक्क उठेर केही कदम अघि बढ्छ ।)