editor
जूनकिरीको तुजुक
“अक्षर ब्रह्माण्ड एक हौँ, धन्यवाद ।”
जूनले कविता वाचन गरिरहँदा स्तब्ध रहेको दर्शक श्रोता दिर्घा एकाएक ब्यूँझियो र तालीको गदगडाहटले गुन्जायमान भयो । मंचाभिमुख दर्शक श्रोताहरूमा बादल, हिमाल, पहाड, बोट वृक्ष, र पशुपन्छीहरूले मन फुकाएर ताली पिटेका थिए ।
केही बेरको गदगडाहट पछि दर्शकदीर्घा शान्त भएको अवशर छोपी जूनकिरी उठ्यो ।
मूक माया
उनको हिंडाई को लचकत्ता, आँखामा लगाएको कालो चस्मामा घरी घरी पुर्याएका ती हातका चलायमान औंला, नङ्गमा लगाएको नङ्पालिसको शोभाले कता कता मेरो मनलाई आकर्षण गर्यो । म उनको रूपमा साह्रै मोहित भएँ । नहुँ पनि किन, मानव मन नै हो । तनमा एक थोपा रगत छन्देर ऊ चलबलाउन छाड्दैन । उनी बसमा चढिन् । म पनि कुनै उद्देश्यविना नै त्यही बसमा चढें । बस नारयणघाटबाट पूर्व हानियो । उनी कहाँ जानिहुन् र म कहाँ गइरहेको छु मलाई नै थाहा थिएन ।
टोरोन्टामा तेस्रो नेपाली टोपी ईभेन्ट सम्पन्न
टोरोन्टो नेपाली साहित्य समाजको आयोजनामा तेस्रो नेपाली टोपी ईभेन्ट गत शनिबार ५ अप्रेलका दिन ब्राहम्टनको नेपालीद्वारा संचालित दालचिनी रेष्टुरेन्टमा सम्पन्न भयो । नेपालीपनको आभास दिन सगरमाथाको प्रतिक नेपाली टोपी अनिवार्य पहिरिएर उपस्थिति जनाउनु पर्ने नेपाली टोपी ईभेन्टमा महिलाहरू साडी पहिरिएर उपस्थित हुँदै आएका छन् ।
एकांकी ०७ – पीडा एक : भाका अनेक
(सुनसान सडक क्षणभरमै मान्छे नै मान्छेले भरिन्छ । कतै सडक रक्ताम्य छ, कतै सडक कालाम्मे छ । कतै सडक सुक्खा छ, कतै पानीले हिलाम्मे छ । एक्कासि सूत्रधारको प्रवेश हुन्छ । ऊ बोल्दै जान्छ । दर्शक बढ्दै जान्छन् । एकप्रकारले सडक जाम हुन्छ ।)
सूत्रधार : आदरणीय दर्शकवृन्द, सडकमा नै आज सबथोक हेरौँ । सडकमा नै सबथोक चिनौँ । सडकमा नै सबथोक देखाऔँ । सडकको व्यथा सडकमा नै बुझौँ । सडकको गीत सडकमा नै गाऔँ र मनमा सुन्दर आकाङ्क्षा भित्र्याऔँ । कर्ममा पारदर्शिता देखाऔँ । भोलिका पुस्ताका निम्ति यही सडकमा हिँड्ने पूर्वाधार आजै बनाऔँ ।

नंगा फकिर सधैँ सुखी
मेरो सोधाई तिमीलाई समिपमा आयौ किन?
पाउनु र गुमाउनुको मज्जा बेग्लै रैछ
छायो वसन्त ऋतु लौ जगतै रमायो
रापिलो घाममा नि चिसो हिउदैछु म
दिन दिनै प्रगतिको लहर त्यहाँ फस्टा छ रे
खार्सी निजि मि ङाला मिक्लि ताइमा ताइमा ।
यो वृक्षमा यौवनहरू फुलिरहेछन्;
केही महिना भयो वाकवाक लागेको