Skip to content

editor

कविता शृंखला (दुख : १०)

नंगा फकिर सधैँ सुखी
मणि मुकुटधारी दुःखी
रंकरज्जब सबै सुखी
स्वर्ण हवेली सधैँ दुखी

महागरीव कविर सुखी
महाधनी कुवेर दुःखी
तन्नम नेपाल छ सुखी
अलकापुरी अम्रिका दुःखी

मेरो सोधाई तिमीलाई

मेरो सोधाई तिमीलाई समिपमा आयौ किन?
तिरस्कार नै गर्नुथ्यो त झुटो माया लायौ किन?

वर्षौंदेखिको सम्बन्ध यो भत्काएर जानुथ्यो त
आँखाभरिका सपनाहरू आफैसँग लानुथ्यो त
आजीवन तिम्रै हुन्छु भन्दै कसम खायौ किन?
मेरो सोधाई तिमीलाई समिपमा आयौ किन?

पाउनु र गुमाउनुको मज्जा बेग्लै रैछ

पाउनु र गुमाउनुको मज्जा बेग्लै रैछ
आँखा बन्द गरी हेर्नुको मज्जा बेग्लै रैछ

आँसु बन्यो शब्द, अनि शब्द बन्यो गज़ल
गजलमै तिमी हुनुको मज्जा बेग्लै रैछ

नव वर्ष आयो

छायो वसन्त ऋतु लौ जगतै रमायो
उत्साहले विगतको पिर नै भुलायो
नौलो खुसी र सपना अव सल्वलायो
बिर्सौं कुभाव सवले नव वर्ष आयो ।।१।।

कर्तव्य के छ जनको यति बुझ्नु होला
ऐले सुकर्म नगरे पछि चित्त रोला
सद्बुद्धि लिन्छ जसले उसले सपार्यो
त्यागौँ मुटाव सवले नव वर्ष आयो ।।२।।

रापिलो घाममा नि चिसो हिउदैछु

रापिलो घाममा नि चिसो हिउदैछु म
पीर व्यथा बिथोल्न रक्सी पिउदैछु म

मर्यो भन्छन् रोज मलाई देख्नेहरू
समय गिज्याएर अँझै जिउदै छु म

थपियो साहित्यिक पत्रिका

निबन्धकार एवं नियात्राकार युवराज नयाघरेको ह्वाइट हाउसको घामपानी नामक नियात्रा सङ्ग्रह एघारौ कृतिको वरिष्ठ साहित्यकार अभि सुवेदीले २०७० चैत २५ गते रामनवमीको दिनमा राजधानीमा विमोचन गर्नुभयो ।

नयाघरेले आफ्नो नियात्रामा स्थानलाईभन्दा पात्र र प्रवृत्तिको संवेदनशीलतालाई ध्यान दिएको दावी गरे ।

फस्टा छ रे लहर

दिन दिनै प्रगतिको लहर त्यहाँ फस्टा छ रे
सुन्छु मलाई छाडी खुसीको सोफामा नाच्याछौ रे

जे सोच्नु थियो तिमीले सायद सही सोच्यौ होला
सोच्नु तिम्रो बाध्य थियो भूल मेरै भयो होला

शब्द खेलाई खेलाई तिमीले झूठो प्रहार गर्यो किन ?
बाध्यता नै थियो भने कुरा लुकाई लुक्यौ किन ?

जूनकिरीको तुजुक

“अक्षर ब्रह्माण्ड एक हौँ, धन्यवाद ।”

जूनले कविता वाचन गरिरहँदा स्तब्ध रहेको दर्शक श्रोता दिर्घा एकाएक ब्यूँझियो र तालीको गदगडाहटले गुन्जायमान भयो । मंचाभिमुख दर्शक श्रोताहरूमा बादल, हिमाल, पहाड, बोट वृक्ष, र पशुपन्छीहरूले मन फुकाएर ताली पिटेका थिए ।

केही बेरको गदगडाहट पछि दर्शकदीर्घा शान्त भएको अवशर छोपी जूनकिरी उठ्यो ।

मूक माया

उनको हिंडाई को लचकत्ता, आँखामा लगाएको कालो चस्मामा घरी घरी पुर्याएका ती हातका चलायमान औंला, नङ्गमा लगाएको नङ्पालिसको शोभाले कता कता मेरो मनलाई आकर्षण गर्यो । म उनको रूपमा साह्रै मोहित भएँ । नहुँ पनि किन, मानव मन नै हो । तनमा एक थोपा रगत छन्देर ऊ चलबलाउन छाड्दैन । उनी बसमा चढिन् । म पनि कुनै उद्देश्यविना नै त्यही बसमा चढें । बस नारयणघाटबाट पूर्व हानियो । उनी कहाँ जानिहुन् र म कहाँ गइरहेको छु मलाई नै थाहा थिएन ।

20140409_GovindaSinghRawat_01

टोरोन्टामा तेस्रो नेपाली टोपी ईभेन्ट सम्पन्न

टोरोन्टो नेपाली साहित्य समाजको आयोजनामा तेस्रो नेपाली टोपी ईभेन्ट गत शनिबार ५ अप्रेलका दिन ब्राहम्टनको नेपालीद्वारा संचालित दालचिनी रेष्टुरेन्टमा सम्पन्न भयो । नेपालीपनको आभास दिन सगरमाथाको प्रतिक नेपाली टोपी अनिवार्य पहिरिएर उपस्थिति जनाउनु पर्ने नेपाली टोपी ईभेन्टमा महिलाहरू साडी पहिरिएर उपस्थित हुँदै आएका छन् ।

खार्सी निजि मि ङाला

खार्सी निजि मि ङाला मिक्लि ताइमा ताइमा ।
डान्सी हुँमा म्हङरी म्राङजी खाइमा खाइमा ।

तिङरी युङबा थान्सिनाम आई खासो निजी ?
न्होप्के लाबा दिनी ताजि म्हाइमा म्हाइमा ।

अद्भुत प्रवासी वृक्ष

यो वृक्षमा यौवनहरू फुलिरहेछन्;
ए भाइ, यौवनको फल चाहिएको छ ?
आऊ यो वृक्ष हल्लाऊ
यसमा यौवनका कोपिला फुल्दै
फल फल्न प्रतिक्षारत छ ।
यो अद्भुत वृक्षमा यौवनका फलहरू फल्छन्
यो अद्भुत वृक्षमा बाह्रमासे यौवनका फलहरू फलिरहेछन् ।

कविता

केही महिना भयो वाकवाक लागेको
गन्ध पनि कस्तो नमिठो, छि!
गर्भवती महिलाको सुरुवाती दिनहरू जस्तो
मन, मष्तिस्क बोधो भएको छ ।
हात, गोडा र जाँगर सुस्त भएको छ ।
नयाँ सोच
नयाँ बिचार
नयाँ कल्पना
कतै तुवाँलोमा रुमलिएको जस्तो
सुनामीले बगाई लागेको जस्तो

एकांकी ०७ – पीडा एक : भाका अनेक

(सुनसान सडक क्षणभरमै मान्छे नै मान्छेले भरिन्छ । कतै सडक रक्ताम्य छ, कतै सडक कालाम्मे छ । कतै सडक सुक्खा छ, कतै पानीले हिलाम्मे छ । एक्कासि सूत्रधारको प्रवेश हुन्छ । ऊ बोल्दै जान्छ । दर्शक बढ्दै जान्छन् । एकप्रकारले सडक जाम हुन्छ ।)

सूत्रधार : आदरणीय दर्शकवृन्द, सडकमा नै आज सबथोक हेरौँ । सडकमा नै सबथोक चिनौँ । सडकमा नै सबथोक देखाऔँ । सडकको व्यथा सडकमा नै बुझौँ । सडकको गीत सडकमा नै गाऔँ र मनमा सुन्दर आकाङ्क्षा भित्र्याऔँ । कर्ममा पारदर्शिता देखाऔँ । भोलिका पुस्ताका निम्ति यही सडकमा हिँड्ने पूर्वाधार आजै बनाऔँ ।

निभ्यो एउटा फिलिंगो

‘कहाँ सात महिनामै तुहियो भनेर फालिन खोजेको मानिस सत्तरी काटेर पचहत्तर वर्षको इन्द्रेणी छुन आइपुगेको छु।

क्रिकेट, कविता र क्रान्ति

बंगलादेशको राजधानी ढाका कविता र संगीतको सहर हो, यहीँ कुनै समय नजरुल इस्लामका कविता गुञ्जिन्थे। कुनै समय यहाँ चलचित्रकर्मी ऋत्विक घटकका कविताजस्ता सिनेमा बन्थे।

कविता शृंखला (दुख : ०९)

दुःख दुख्छ
दुःखले दुखाउँछ
दुःख दुखजिलोसित टर्छ ।
सुख के हुन्छ ?

सुखले के गराउँछ ?
सुख कसरी टर्छ ?
यी अनुत्तरित प्रश्नहरू
यसका सार्थक उत्तरहरू छैनन्