नेपाली दाजुभाइ हामीले आज विकास गर्नु छ
यहीँ नै जन्मी यहीँ बढी यहीँ नै मर्नु छ
देशको लागि केही काम गरी मर्नु छ हामीले
पसिना चुहाई मेहनत गर्नु पर्छ है हामीले
नेपाली…………………………..
यहीँ नै…………………………….
पसिना चुहाइ देशको भारा हामीले चुकाऊँ
मेहेनत बाहिर निकाली अब अल्छीपन लुकाऊँ
हामीले मात्र गरेर हुन्न सबलाई सिकाऊँ
सिकाइ सबलाई काममा अब राम्ररी लगाऊँ
नेपाली………………………………
यहीँ नै…………………………….
बिदेशीहरू यो देशबाट निकाला गराऊँ
निकाला मात्र गराइ हुन्न थुनामा पराऊँ
यो देशको ऐश्वर्य चैँ पुर्याउँछन् बिदेश्
यिनीहरू यो देशको के राख्थे र बिवेक्
नेपाली……………………………
यहीँ नै………………………………
यसम अब हामीले धेरै बिचार गर्नु छ
पछिमा परे बिग्रन्छोँ हामी बिचार गर्नु छ
हामीले आज विकास गरी देशलाई उठाऊँ
सुतेका ती सब् नेपालीलाई जरुक्क उठाऊँ
नेपाली……………………………………..
यहीँ नै…………………………………..
