Skip to content

दुई मुक्तक (हेर्दा हेर्दै फेरि तिहार)


१)
हेर्दा हेर्दै फेरि तिहार पनि आयो,
मनमा खुशी अनि हर्ष छायो
हितैषी साथीहरूसँगको भेटले,
सुख दुख बाँड्ने समय ल्यायो

२)
हजारौँको भीडमा मान्छे चिन्न सकिन्न यहाँ,
बिछोडको यो पीडा सधैं भुल्न सकिन्न यहाँ
भेटेपछि छुट्टिनै पर्ने कस्तो अचम्म यो,
धन अगाडि आएपछि मिल्न सकिन्न यहाँ

चन्द्रप्रसाद भट्ट
कोटेली ३ कोटेली डडेल्धुरा
हाल कार्यरत – रेडियो सुदूर आवाज ९५ मेघाहर्ज डडेल्धुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *