Skip to content

editor

जीवनको उत्तरार्धमा छोड्ने

जीवनको उत्तरार्धमा छोड्ने पाजीहरूसँग
किन जोड्नु नाता हिजोका राजीहरूसँग

म त सम्हालिन्छु, मदिराको नसासँगै
छोड्यौ मलाई नाच तिनै दाजीहरूसँग

मिठो एउटा सपनी

मिठो एउटा सपनी पो देखुँ देखुँ लाग्यो
तिम्रै यादमा एउटा गीत लेखुँ लेखुँ लाग्यो

तिमी घाम म जून हाम्रो मिलन हुदैं हुन्न
थाहा छ घामलाई जूनले कहिल्यै छुदैं छुन्न
र पनि यो मुटु तिम्रो रापमा सेकुँ सेकुँ लाग्यो
तिम्रै यादमा एउटा गीत लेखुँ लेखुँ लाग्यो

एघार मुक्तक (झटपट गरी विवाह)

१) झटपट गरी विवाह

भन्छन्, झटपट गरी विवाह ग्र्दा पछि पर्छ पछुताउनु
भन्छन् सबै, दीगो बिचार गरेर नै माया प्रीति छ लाउनु
भन्छन् प्रेम गर्दा चाहिन्छ नै समभाव समकर्म आदि सम
तत्त्ववोध गरीहीन प्रेमगर्दा जोकोहीले धोका नै हो पाउनु

‘एजुकेसन कि स्कूलिङ’ बहसमा सहभागी मत – मिश्रित प्रणालीको पक्षमा

(क) आरम्भ

मानवको अन्तर्हृदयमा ज्ञान छोपिएर रहेको हुन्छ । त्यसलाई बाहिरी दुनियाँको सूचनाले मात्र उघार्न सकिन्न । विनाचिन्तन(मनन शैक्षिक जगत्मा परिवर्तन सम्भव छैन । अँध्यारो ठाउँबाट उज्यालो ठाउँमा एक्कासी पुग्दा आँखा तिरमिराउँछन् । असमञ्जस्यताको अवस्था सिर्जना हुन्छ । एउटा कडा द्वन्द्वको अवस्था सिर्जना हुन्छ । त्यस उज्यालोलाई आफूभित्रको उज्यालोले हराउन सकियो भने मात्र आँखा खोल्न सकिन्छ । नत्र बन्दको बन्दै राख्नुको विकल्प हुन्न । सिकाइको संसार पनि त्यस्तै हुन्छ । अरूको उज्यालोले आफूभित्रको उज्यालोलाई पराजय गरिउन्जेल सिकाइ ठप्प हुन्छ । आफूभित्र ज्ञानको दीप बाल्न सकियो भने मात्र सिकाइ गन्तव्य उन्मुख हुन्छ । हालसम्म प्रचलित शैक्षिक मूल्य र मान्यता, नीति र नियम अनि शैक्षणिक परिपाटीले सिकारूभित्रको उज्यालोलाई चिनेको छैन, जानेको छैन ।

देश हाम्रो लुटेर नै ध्वस्त पारे

देश हाम्रो लुटेर नै ध्वस्त पारे पिशाचले
तुच्छ बन्दै बिकेर नै ध्वस्त पारे पिशाचले

वीर पुर्खा खटे सधैँ रक्त झण्डा रँगाउन
कीर्ति उन्को भुलेर नै ध्वस्त पारे पिशाचले

हाय मेरी दिदी (लघुकथा)

आज ऊ जेलमा बसेर छट्पट्टिरहेको छ । उसले सम्झियो ।

सबैजना मिलेर गाउँघरमा भाइटीकाको रमाइलो गरिरहेका थिए । पीङमा पनि उत्तिकै रमाइलो देखिन्थ्यो । उसको घरमा एक्ली दिदी एक्लो भाइलाई टीका लगाउन आएकी थिइन् । दिदीको गलामा ठूलो हार सहितको सेटका अन्य गहनाहरूले गर्दा मुहार धपक्कै बलेको देखेको थियो । मलाई समस्या छ पैसाको तर दिदी भने छपक्कै गहनाले पुरिएर माईत आएकी छ । भिनाजुले कहाँबाट ल्याउँछन् होला यत्तिका सम्पति कारको सवारमा आउनेजाने र महंगा कपडाले सजिएकी दिदीको साजसज्जाबाट नै ऊ भिनाजुको आयश्रोतको अन्दाज लगाउन खोज्दथ्यो ।

रिसाउदा नि फकाएर

रिसाउदा नि फकाएर हसाएँ जिन्दगी
कहिले बाङ्गो कैले सिधा नचाएँ जिन्दगी

भित्रि पीडा न त देख्यो न त सक्यो झिक्न नै,
बाहिरि रुप शृंगारले सजाएँ जिन्दगी

PremNepali

मनेको मन

‘कुकुरी काँ……
कुकुरी काँ…..’

पखेटा फट्कार्दै खोरको भालेले उज्यालोको सन्देश सुनायो ।

मस्तसँग निदाइरहेकी व्यूझिइन । आँखा मिच्दै उठेर हेर्दा मने अँझै निदाइरहेको थियो ।

‘भाइ उठ उज्यालो भइसक्यो, पढनुपर्छ’ उनले घचघचाउदै भनिन ।

दुवै जना उठेर बाहिर निस्किए । विहानीको घाम ताप्दै रुखमा चराहरू चिरविर गदै नाचिरहेका थिए ।

ऊ नपढ़िएको पुस्तकको अक्षर हो

ऊ नपढिएको पुस्तकको अक्षर हो
जुन अक्षरको न कुनै अर्थ छ
न कुनै बजार ।

अक्षरहरूको बर्ग हुदैन
र पनि पुस्तकको घना जंगलमा
उसको आधारशिला
बर्गीय जरूर हुन्छ

बुख्याँचा देश

तन्त्र फेरियो
श्रीपेच फालियो
ढाका टोपी ढल्काउने थुप्रै राजा जन्मिए
सुनौलो बिहानीको आगमन भएन
कन्दरा र पखेरीहरूमा

ओलाङ्चुङ गोलाको लुङ्गालाई
आफू नेपाली भएको प्रमाणित गर्न आउन
हप्ता दिन लाग्छ
रोल्पाका मगर दाइ अँझै ढाकरे नै छन्

‘इच्छुक–बकपत्र’लाई नियाल्दा

नन्दलाल आचार्य (२०३०) मोफसलमा साधनारत युवा साहित्यिक प्रतिभा हुन् । उनको जन्म उदयपुरमा भए पनि उनले राजविराजलाई कर्म थलो बनाएका छन् ।

“युग उचाल्ने अक्षरकर्मीको अवसान” समसामयिक मुद्दाहरूको गहिरो उठान

उदयपुर जन्मथलो भएका नन्दलाल आचार्य सप्तरीलाई कर्मथलो बनाएर बर्षौंदेखि एकातिर शिक्षण पेसा र विद्यालय व्यवस्थान र अर्कातिर साहित्यिक यात्रालाई निरन्तरता दिइराखेका छन् ।

युग उचाल्ने अक्षरकर्मीको अवसान

नन्दलाल आचार्य समाजवादी–यथार्थवादी साहित्यिक धारामा कलम चलाउने सशक्त प्रतिभा हुन् ।

नाटकमा गणतान्त्रिक नेपालका समय स्वरहरू

२०६३–२०६६ मा सिर्जित र २०६४–२०६७ मा शब्दाङ्कुर, दायित्व, मधुपर्क, गरिमा, मिर्मिरे र कलममा प्रकाशित ९ ओटा र अप्रकाशित ६ ओटागरी कूल १५ ओटा नाटक/एकाङ्की सङ्गृहीत सद्य प्रकाशित ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ आचार्यको प्रथम पुस्तकाकार कृति हो र नेपाली साहित्यको नाटक विधामा उनको सार्थक र सशक्त उपस्थिति पनि हो । प्रथम पाइला नै ऊध्र्वगामी भएकाले नाटक विधामा यिनलाई उदीयमान प्रतिभा नभनी सुखै छैन । पहिलो ‘वादविवाद’ एकाङ्कीमा भौतिकवादी पति र अध्यात्मवादी पत्नीबीचको तर्क–वितर्क, दोस्रो ‘करार–विवाह’ मा पाँचवर्षे म्यादको अस्थायी विवाह, तेस्रो ‘दर्द’ मा उपेक्षित र परित्यागित महिलाको मार्मिक पीडा, चौथो ‘आधा मेरो आधा तिम्रो’ मा सन्तानले आमा र बाबु दुवैबाट संयुक्त थर लिने समानताको वकालत छ भने पाँचौँ ‘जस्तो मति उस्तै गति’ मा पति र पत्नीबीचको धन र आर्जनको अहम् छ । पुस्तककै नाम बोकेको उल्लेख्य र प्रतिनिधि छैटौँ नाटक हो– ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ ।

फरक

आँखा, आँखा भित्रका नानी उही
छाती, छाती भित्रको मुटु उही
टेक्ने धर्ती, ओढ्ने आकाश उही,
रविले परेली खोल्दा प्रभात उही
जूनले चाँदनी छर्दा रात उही
दिन, हप्ता, महिना, बर्ष, दशकौं बितिरहेछ,
अनावारत यसरी नै,
यसरी नै ।

जीवन

बलेको दियो सरी यो जीवन थाहा छैन कति बेला निभ्छ
फुलेको फूल सरी यो जीवन थाहा छैन कति बेला ओइलाउछ
तोतेबोली बाल्दै लर्बराउदै हिड्दाहिड्दै कहाँ पुगे थाहा छैन
सयौं घुम्ती घुम्दा के के गुमाए थाहा छैन

दश मुक्तक (सृष्टिकर्म)

पिरतीको पथ
प्यास मेट्नुमात्र हैन पिरतीको पथ
नरनारी सहयात्री बोकेका छन् रथ
संसारमा सौहाद्र्रता सृष्टिकर्म थाम्न
सबै मिल्नुपर्छ भन्छु भित्रैबाट म त