editor
‘एजुकेसन कि स्कूलिङ’ बहसमा सहभागी मत – मिश्रित प्रणालीको पक्षमा
(क) आरम्भ
मानवको अन्तर्हृदयमा ज्ञान छोपिएर रहेको हुन्छ । त्यसलाई बाहिरी दुनियाँको सूचनाले मात्र उघार्न सकिन्न । विनाचिन्तन(मनन शैक्षिक जगत्मा परिवर्तन सम्भव छैन । अँध्यारो ठाउँबाट उज्यालो ठाउँमा एक्कासी पुग्दा आँखा तिरमिराउँछन् । असमञ्जस्यताको अवस्था सिर्जना हुन्छ । एउटा कडा द्वन्द्वको अवस्था सिर्जना हुन्छ । त्यस उज्यालोलाई आफूभित्रको उज्यालोले हराउन सकियो भने मात्र आँखा खोल्न सकिन्छ । नत्र बन्दको बन्दै राख्नुको विकल्प हुन्न । सिकाइको संसार पनि त्यस्तै हुन्छ । अरूको उज्यालोले आफूभित्रको उज्यालोलाई पराजय गरिउन्जेल सिकाइ ठप्प हुन्छ । आफूभित्र ज्ञानको दीप बाल्न सकियो भने मात्र सिकाइ गन्तव्य उन्मुख हुन्छ । हालसम्म प्रचलित शैक्षिक मूल्य र मान्यता, नीति र नियम अनि शैक्षणिक परिपाटीले सिकारूभित्रको उज्यालोलाई चिनेको छैन, जानेको छैन ।
हाय मेरी दिदी (लघुकथा)
आज ऊ जेलमा बसेर छट्पट्टिरहेको छ । उसले सम्झियो ।
सबैजना मिलेर गाउँघरमा भाइटीकाको रमाइलो गरिरहेका थिए । पीङमा पनि उत्तिकै रमाइलो देखिन्थ्यो । उसको घरमा एक्ली दिदी एक्लो भाइलाई टीका लगाउन आएकी थिइन् । दिदीको गलामा ठूलो हार सहितको सेटका अन्य गहनाहरूले गर्दा मुहार धपक्कै बलेको देखेको थियो । मलाई समस्या छ पैसाको तर दिदी भने छपक्कै गहनाले पुरिएर माईत आएकी छ । भिनाजुले कहाँबाट ल्याउँछन् होला यत्तिका सम्पति कारको सवारमा आउनेजाने र महंगा कपडाले सजिएकी दिदीको साजसज्जाबाट नै ऊ भिनाजुको आयश्रोतको अन्दाज लगाउन खोज्दथ्यो ।
मनेको मन
‘कुकुरी काँ……
कुकुरी काँ…..’
पखेटा फट्कार्दै खोरको भालेले उज्यालोको सन्देश सुनायो ।
मस्तसँग निदाइरहेकी व्यूझिइन । आँखा मिच्दै उठेर हेर्दा मने अँझै निदाइरहेको थियो ।
‘भाइ उठ उज्यालो भइसक्यो, पढनुपर्छ’ उनले घचघचाउदै भनिन ।
दुवै जना उठेर बाहिर निस्किए । विहानीको घाम ताप्दै रुखमा चराहरू चिरविर गदै नाचिरहेका थिए ।
नाटकमा गणतान्त्रिक नेपालका समय स्वरहरू
२०६३–२०६६ मा सिर्जित र २०६४–२०६७ मा शब्दाङ्कुर, दायित्व, मधुपर्क, गरिमा, मिर्मिरे र कलममा प्रकाशित ९ ओटा र अप्रकाशित ६ ओटागरी कूल १५ ओटा नाटक/एकाङ्की सङ्गृहीत सद्य प्रकाशित ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ आचार्यको प्रथम पुस्तकाकार कृति हो र नेपाली साहित्यको नाटक विधामा उनको सार्थक र सशक्त उपस्थिति पनि हो । प्रथम पाइला नै ऊध्र्वगामी भएकाले नाटक विधामा यिनलाई उदीयमान प्रतिभा नभनी सुखै छैन । पहिलो ‘वादविवाद’ एकाङ्कीमा भौतिकवादी पति र अध्यात्मवादी पत्नीबीचको तर्क–वितर्क, दोस्रो ‘करार–विवाह’ मा पाँचवर्षे म्यादको अस्थायी विवाह, तेस्रो ‘दर्द’ मा उपेक्षित र परित्यागित महिलाको मार्मिक पीडा, चौथो ‘आधा मेरो आधा तिम्रो’ मा सन्तानले आमा र बाबु दुवैबाट संयुक्त थर लिने समानताको वकालत छ भने पाँचौँ ‘जस्तो मति उस्तै गति’ मा पति र पत्नीबीचको धन र आर्जनको अहम् छ । पुस्तककै नाम बोकेको उल्लेख्य र प्रतिनिधि छैटौँ नाटक हो– ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ ।

जीवनको उत्तरार्धमा छोड्ने पाजीहरूसँग
मिठो एउटा सपनी पो देखुँ देखुँ लाग्यो
देश हाम्रो लुटेर नै ध्वस्त पारे पिशाचले
तिमीले सोच्यौ होला, मेरो घर छैन,
ऊ नपढिएको पुस्तकको अक्षर हो
तन्त्र फेरियो
आँखा, आँखा भित्रका नानी उही
बलेको दियो सरी यो जीवन थाहा छैन कति बेला निभ्छ