Skip to content

editor

अभागीका प्रेम विहारको षष्ठामृतको एक्सरो परिक्रमा

पिता कलाधर रिजाल र माता नन्दकली रिजालको जेष्ठ पुत्ररत्नका रूपमा २००३ साल श्रावण १ गते शंकरपोखरी, पर्वतमा जन्मनु भएका सदानन्द जैसी नेपाली साहित्य आकाशका एक नक्षत्रका रूपमा स्थापित छन् । २०२० सालमा ‘आमा’ शीर्षक कविता(आमा) छपाएर औपचारिक साहित्य यात्रा आरम्भ गरेका अभागी वार्तमानिक कालखण्डसम्म नै अनवरत साहित्य आराधनामा क्रियाशील रहेका छन् । वर्तमानसम्ममा उनका विभिन्न विधाका दुई दर्जन जति कृतिहरू प्रकाशित भइसकेका छन् । तीमध्ये उनका ५ गजल सङ्ग्रह रहेका छन् । समभोग समाधि (२०६४), गजल गुटिका (२०६५), बुढौतीका रहरहरू (२०६५), अभागीका गजलहरू (२०६६) र गजल परिकार २०६८) रहेका छन् । अर्को उनको गजलसङ्ग्रह ‘गजल षष्ठामृत’ यसै विशिष्ट सम्पादित ग्रन्थकै षष्ठांशभागका रूपमा रहेको छ ।

मन भित्र सानो बस्ने ठाउँमा

मन भित्र सानो बस्ने ठाउँमा एउटी छिन्
मसँग जीवन काट्ने गाउँमा एउटी छिन्

कत्ति धेरै भाग्यमानी ठान्दछु म आफूलाई
संसारको खुशी दिने बाहुमा एउटी छिन्

विश्व नेपाली साहित्य महासंघको दमौलीमा उपशाखा गठन

विश्व नेपाली साहित्य महासंघको शनिबार दमौलीमा उपशाखा गठन गरेको छ ।

तनहुँमा क्रियाशिल युवा साहित्यकारहरूको भेलाले दिवाकर भट्टराईको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

जिन्दगी पियाई

कहिले जिन्दगी सिउदै पिए
कहिले आँशु पिउदै पिए
कहिले तिम्रो खुशीमा पिए
कहिले मेरो पीडामा पिए

जिन्दगीका उकालीहरू धाउदा- धाउदै पिए
जिन्दगीका ओरालीहरू झर्दा झर्दै पिए
जिन्दगी शिशिरमा उराठ-उराठ हुँदा त पिए-पिए
जिन्दगी ढकमक्क फुल्दा पनि पिए

भूतप्रेतसँगका जम्काभेटहरू

मैले कलिलै उमेरमा गाउँ घरमा गरिने व्यवहारिक कामहरू खेतीपाती, वस्तुभाउ र घरभित्र गर्नु पर्ने कामहरू सिकें । घरमा बिहान बेलुका गाईवस्तुको गोबर भकारा गर्नुपर्थ्यो । त्यसपछि घाँसका भारी बिसाएर मात्र स्कूल जान पाइन्थ्यो । खेतीपातीका बेला स्कूल बिदा बसेर काम गर्नुथियो । नियमित स्कूल जान नपाएपछि पढाइ राम्रो हुने त कुरै भएन । स्कूलको पढाइलाई छाँयामा पारेर केही राजनीतिक गर्ने व्यक्तिहरूको संगतमा परें । उनीहरू कमुनिस्ट भन्थे । राति राति हाम्रो घरमा आउँथे । मलाई तिनीहरूले चम्किलो रातो तारा भन्ने किताब दिए । नोरोदोम सिंहानुकको बारेमा पनि ताता-तुतु गरें । ती पढेपछि मेरो कलिलो मस्तिकमा कम्युनिस्ट शिक्षाले अर्कै प्रभाव पार्यो । कम्युनिस्टहरू धर्ममा विश्वास गर्दैनन्, उनीहरूको शब्दकोषमा भूतप्रेत भन्ने हुदैन भन्थे ।

कवितावाचनको पहिलो निमेक

(किरातराई लेखकसङ्घको दोस्रो स्थापनादिवसको उपलक्ष्यमा आयोजित कवितागोष्ठी तथा सम्मानकार्यक्रम)

प्रज्ञा भवनको सानो हलमा उक्लिएँ । मैले वाचन गर्ने कविता किरातराई लेखक सङ्घको अध्यक्ष राजन मुकारुङलाई थम्याएँ । वाचन गर्न नपाओस् भनी नेपाली रुपान्तरचाहिँ उनले छुट्टै राखे । शुद्ध बुङ्लावा भाषामा मात्र वाचन गर्नु पर्ने (नेपालीमा अर्थ खुलाउन नपाइने) आचारसंहिता उनले जारी गरे । नेपाली रुपान्तर मैले फिर्ता माग्दा छाप्नुलाई जरुरी भएको उनले ठानी फिर्ता दिनु इनकारे ।

जताततै तिम्रै चर्चा

जताततै तिम्रै चर्चा, सुनेर पो टाढा भए
स्वार्थरुपी तिम्रा गुन, गुनेर पो टाढा भए

धनिमानी मान्छेलाई, रोज्ने तिम्रो निधो हुदाँ
सिसा जस्तै फुट्ने सपना, बुनेर पो टाढा भए

दूधसँगै बिरालो, साक्षी राख्यो

दूधसँगै बिरालो, साक्षी राख्यो उस्ले
आमा कसम भन्दै, ढाँटी राख्यो उस्ले

गर्नु थियो धेरै, अर्म पर्म कर्म
भोलि गर्छु भन्दै, थाती राख्यो उस्ले

सप्तरीको भूमिबाट दक्षिणेभक्त सरखारलाई खुल्ला पत्र

दक्षिणे भक्त नेपाल सरखार महाशय,

म नेपाली भूमिको एक सन्तान भएको नाताले मनका भावनाहरू पोख्दै छु । सरकार हुनलाई जनताका भावनाहरूलाई यथोचित तवरले सम्बोधन गर्न सक्नुपर्छ । जति पटक कुर्सीमा बसे पनि म तिमीमा सरकारको गुण देखिरहेको छैन । खाली दक्षिणेलाई महाप्रभुको रूपमा पूजाआजा गरेर आफ्नो महत्वाकांक्षा पूरा गर्न लालायित लालची भक्तका रूपमा मात्र देखिरहेको छु । मुलुकलाई पराधीन तुल्याएर दलीय स्वार्थको घैंटो भर्ने अपराधी चरित्र मात्र देख्दै छु । त्यसैले सम्बोधनमै ‘सरखार’ भन्ने गरेको छु । यसमा अन्यथा मान्नुपर्ने कुनै कारण देख्दिनँ ।

आफन्तको प्रगतिमा

आफन्तको प्रगतिमा भुतुक्क भै मर्छन मान्छे
दु:ख पर्दा बिर्सी दिन्छन हदै तल झर्छन मान्छे

सोचेका छन् ठूलो ठालु जान्ने बुझ्ने आफू मात्रै
फाइदा हुने कुरा आए आफैँ अघि सर्छन मान्छे

आयो आयो मन्त्री आयो

आयो आयो मन्त्री आयो
कति लामो पुच्छर ल्यायो
देश त खायो खायो
हात लम्काउदै विदेश धायो

चटकेले छडी हान्यो
जे जे भन्यो त्यही मान्यो
लाखौँ लाखको खेला जान्यो
दुत व्यापारी सबै तान्यो

नेपालमा कृषिकर्मको थालनी र कृषि शिक्षाको महत्व

हामी सबैले नेपाललाई कृषि प्रधान देशकोरूपमा लिएका छौं । नेपालमा माटो व्यवस्थापनको तथा कृषि विकास कार्यक्रमको इतिहासलाई खोतल्न थाल्यो भने पौराणिक कालबाट सुरुगर्नु पर्दछ । नेपालको माटोको व्यवस्थापनलाई हेर्दा नेपाल उपत्याका नागदह नामक सरोवरको पेटमा थियो । हिन्दु अनुश्रुति अनुसार विष्णु र बुद्ध अनुश्रुति अनुसार मञ्जुश्रीले बागद्वारबाट पानीको प्रवाहमार्ग खोलेर काठमाण्डूको जमिनको व्यवस्थापन कार्यको थालनी भएको मान्न सकिन्छ । नेपालमा गोपाल वंशी राजाहरूले राज्य गर्दा बस्तीको आवाद तथा पशुपालनले अग्रसरता लिएको पाइन्छ ।

चार मुक्तक (कोही भन्छन् मुक्तक)

१)
कोही भन्छन् मुक्तक, तमाखु खाने चिलिम भित्रको आगो हो
कोही भन्छन् मुक्तक, आगोको फूल फुल्ने कविताको हाँगो हो
म भन्छु मुक्तक, समयको पहाड माथि कोढ लागेको बेला
एकै सबल प्रहारले कोढ हुत्याउने पानीको छाँगो हो ।

शङ्का गर नाना थरी (मुक्तक)

शङ्का गर नाना थरी, निहुँ खोजिराख
मेरै बात सम्झिराख, मैलाई सोचिराख
नआओस त्यो औँशी, अब मेरो आगँनीमा
एक अञ्जुलि जुन छाउने, रात खोजिराख ।

एउटा मृत्यु

उनी औधी भलाद्मी देखिन्थे । वरपरका मानिसहरू पनि यिनलाई खुवै ईज्जतदार मान्दथे उनका नातेदार र साथीहरू उनलाई एउटा निष्ठावान व्यक्तिका रुपमा लिन्थे ।

आशुतोष जुन पार्टीमा समावेश थिए उनको हैसियत राम्रो र उनका कुराहरू पार्टीमा धेरैले मन पराऊँथे । उनको गला र साहित्य पनि मीठो र गर्विलो थियो । उनका अगाडि मानिसहरू आफूलाई निरिह र कमजोर ठान्थे । समग्रमा भन्नुपर्दा उनको व्यक्तित्व आकर्षक र रवाफपूर्ण थियो । मिजास मिलनसार र सबैका आँखाका नानी थिए उनी ।

RameshKandel

झरेर पात शिशिर पार गर्छ

झरेर पात शिशिर पार गर्छ, कलिला पालुवा पलाउन
भावनामा चुर्लुम्म आफैँ डुब्नु पर्छ, हजुर कलमलाई चलाउन

नशामा डुब्नेहरू अमृत सम्झी, पिउछौ सडाएको अन्न
मनुष्य जन्म यसै होइन तिम्रो, व्यर्थै ज्यान थलाउन