Skip to content

editor

फर्की आउदैछु आमा

ए ! आमा
नहेर त्यसरी
लोलाएका आँखाहरूले
आँगनीको मझेरीमा
बर्षौ पुराना मेरा पैताला डोबहरू
छानामा सिउरेका हँसिया अनि नाम्लाहरू
मक्किएका थुन्चे र चोयाको घुमहरू
यो सन्तानको सम्झनामा,
हो,
आमा अब नहेर त्यसरी …

हाम्रो देश सलल छहरा

हिमाल रक्षित् यो हाम्रो देश सलल छहरा
हरियो वन नेपालको धन जंगल लहरा

सेतो छ स्वच्छ हिमाल हाम्रो नेपालको सगर
बिदेशी सबै आऊँछन् हेर्न गरेर रहर

निलो साइकल

समयले पनि एउटा कोल्टे फेरीसक्यो यतिबेला त । साईकलको घंटी ढोका अगाडि हिजो अस्ति गुन्जीई सक्थ्यो । निरास हुँदै कोठा भित्र पस्छु । अनि एकै छिन टेवलमा फिजाइएका किताबहरू एकएक गरी हेर्छु पन्ना पल्टाउँछु । प्रत्येक शब्द शब्दमा उनकै प्रतिबिम्ब देख्छु । फेरि बन्द गर्छु । अनि हत्तपत्त बाटोमा साइकलको आवाज सुन्छु र बाटो तर्फ दौडन्छु । जाँडिया पो परेछ । रोकेर व्यर्थै निउपो खोज्न थाल्छ । म सुरुक्क फेरि फर्कन्छु घटी हेरेको ९ बजेर २७ मिनेट भएको रहेछ । २०६० सालमा केको मोवाइल लिन पाइन्थ्यो ? नत्र फोन हजार चोटी हान्थे होला ।

20130916_DuduSintanTamang_News

बहुभाषिक राष्ट्रिय कविता गोष्ठी सम्पन्न

नेपाल प्रज्ञाप्रतिष्ठानको सहकार्यमा हेटौडा शक्ति एफएमले आयोजना गरेको बहुभाषिक राष्ट्रिय कविता गोष्ठीमा काठमाण्डौंकी बिना तामाङ ‘सुनगाभा’को तामाङ भाषाको कविता ‘मेतिपतिप’ (नेपालीमा ‘जूनकिरी’)ले सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।

AlpaBiram-02

चार मुक्तक (तिम्रो रुपको बुँइगलमा)

१)
तिम्रो रुपको बुँइगलमा मेरो शब्दको धन्सार छ
मैले जसरी चाहेको थिएन त्यसै अनुसार छ
तिमी छ्यौ मेरो जीवनको सार त्यसैले म छु
तिम्रो आँखाको नानीमा मेरो साहित्य संसार छ ।

चौरस्ताको सेरोफेरो

चौरस्ताको सेरोफेरोमा मेरो कविता घुमिरहेछ,
निर्धक्कसित एउटा हातको
दुई औंलाले चुरोट च्यापि हिडने
किशोरवर्ग देख्दा यो दङ्ग पर्छ ।

ठिही लाग्दो गर्मीमा आइसक्रिम
चुस्ने युवतीका निला ओठ
रेलको अनुहार नदेख्ने युवकले
काला ओठमा च्यापेर
उडाउने धुवाँकको रेल,
बाबुको पसिनाको छाला काडेर

मधेसको मध्यम विश्लेषण

ठूलो रूखमुनि उमि्रएको बिरुवा नसपि्रएजस्तै देशको अर्थतन्त्रको कुल हिस्सामा बढीभन्दा बढी योगदान दिँदै आएको भए पनि तराई-मधेस आफू सपि्रन सकेन।

महेश्वर शर्माको समग्र व्यक्तित्व

‘एउटै मान्छे पनि भिन्नभिन्न मान्छेका आँखाले हेर्दा कति फरक फरक किसिमले देखिने रहेछ। कति धेरै किसिमले अर्थ लाग्ने रहेछ एउटै मान्छे।’