Skip to content

बहुभाषिक राष्ट्रिय कविता गोष्ठी सम्पन्न

20130916_DuduSintanTamang_News


नेपाल प्रज्ञाप्रतिष्ठानको सहकार्यमा हेटौडा शक्ति एफएमले आयोजना गरेको बहुभाषिक राष्ट्रिय कविता गोष्ठीमा काठमाण्डौंकी बिना तामाङ ‘सुनगाभा’को तामाङ भाषाको कविता ‘मेतिपतिप’ (नेपालीमा ‘जूनकिरी’)ले सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।

प्रथम हुन सफल बिना तामाङलाई रु पन्ध्र हजार पाँचसय पच्पन्न सहित प्रमाण पत्र पुरस्कार स्वरुप प्रदान गरिएको थियो । नेपालभरिबाट प्राप्त भएको ४८ वटा कविता मध्ये उत्कृष्ट १०लाई वाचनको अवसर दिईएको थियो जसमध्ये बिना तामाङको कविता सर्वोत्कृष्ट घोषित भएको थियो ।

उत्कृष्ट १० कवितामा राजेश रुम्बा लामा ‘अतृप्त’, राजेन्द्र तारकिणी, छबि अनित्य, सनोज श्रेष्ठ, सुनिल न्यौपाने, लगायत कविहरूको कविताहरू थिए ।

शक्ति एफएमका म्यानेजर गिरिजा अधिकारीको अध्यक्षता र प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा गंगाप्रसाद उप्रेतीको प्रमुख आथित्यमा सम्पन्न उक्त गोष्ठीमा गिरिजा अधिकारीको बज्जि भाषामा अनुवादित कविता संग्रह ‘ईतिहास र लाल झा’को विमोचन समेत गरिएको थियो भने मकवानपुरका साहित्यकारहरू आनन्दराम पौड्याल, रामविकास तुलसी घिमिरेलाई सम्मान समेत गरिएको थियो ।

दुदु सिङतान तामाङ
हेटौंडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *