Skip to content

editor

मायाको निसानी सुरक्षित

मायाको निसानी सुरक्षित, खत मात्रै छ
रात काट्न अन्तिम केवल, छत मात्रै छ

भन्छन् नहट्नु जुनैबेला, सत्कर्ममा बढ्न
हर बिचारमा एक तिहाई, बहुमत मात्रै छ

मेरो देश हो नेपाल

हिमाल पहाड तराईले, यो भूमिलाई ढाकेको
विविधतामा एकता छ, हामी सबैलाई राखेको
भृकुटी र सीता जन्मे, यही धर्तीको माटोमा
बुद्ध पनि यही नै जन्मे, हिंडौ ज्ञानको बाटोमा
मुटुभन्दा पनि प्यारो, यो छाती छ विशाल
भूगोलको मानचित्रमा, मेरो देश हो नेपाल

हरितालिका तीजको कथा

जसको कपालमा मन्दार फूलको मालाले शोभा दिएको छ, जुन भगवान शंकरको शिरमा चन्द्र र घांटीमा मुण्डोंको मालाले सुसुजित भएको छ, जो माता पार्वती दिब्य बस्त्रहरूले शोभायित छन तथा भगवान शंकर दिगम्बर भेष धारण गरेका छन उनी दुई भवानी-शंकरलाई नमस्कार गर्दछु ।

कैलाश पर्वतको शुन्दर शिखरमा पिपलको बोट मुनि दम्पती दुई मिठा मिठा कुरा गर्दै काखमा पल्टिरहेकी माता पार्वतीले श्री महादेवजीलाई सोध्नु भयो – हे महेश्वर मलाई गोप्यभन्दा गोप्य कुरा भन्नुहोस जुन हजुरलाई मात्र थाहा छ र !

सागर गहिराइको मुगा

सागर गहिराइको मुगा हौ कि नारी तिमी
सुनौलो पिंजडाको सुगा हौ कि नारी तिमी

अत्याचारी असिनाले चुटे पनि मुस्कुराउने
काँडामा फुल्ने फूलको थुङ्गा हौ कि नारी तिमी

नारी उत्थान गर्ने हो नारी सबै मिलेर

वर्षौंदेखि उठाएको समानताको सवाल
पुरुषलाई दोष दिंदै कति गरौं ववाल ।

पुरुषको वोलवाला महिला पछि पर्नुमा
हामीले ठान्यौं उपयुक्त गाली गर्नुमा ।

साथी

घरबाट निस्केपछि भरोसा हो साथी
आमा, बाबा भन्दा पनि साथी अझ माथि
साथी लौरो, साथी पाङ्ग्रो, साथी ठूलो भर
बिना साथी गन्तव्यमा पुग्ने को पो छ र ?

कालो, मैलो राख्नु हुन्न साथी-साथी बीच
धनी होस् कि गरिब होस् हुन्न उच-नीच
भाका मिल्ने, रुचि मिल्ने अनि मिल्ने लय
साथीसित यात्रा गर्दा हुन्न केही भय

PadmaPoudyal

सम्झिए पिता

पिता हजुरको सेवा सन्तान्ले गर्नु पर्दछ
यो हाम्रो देह निर्माण्मा हजुरै बुझ्नुपर्दछ
सृष्टि दृष्टि पुगेकाले बिकाश पथमा गयौँ
शिक्षा दिक्षा भयो राम्रो सुशान्त कुलमा गयौँ

सन्तान्कै स्नेहमा हर्दम् दुःख दर्दादि बिर्सिए
सम्पत्ति पछिको सोच हाम्रैलागि त बिर्सिए
चीर ऋणि भयौ हामी पिताको देनमा निकै
पवित्र यो कुशे औँसी मान्दछौँ पितृपुजकै

मैथिली गुरुजी आशिन मियाँसँग एकै क्षण

श्रद्धेय गुरु आशिन मियाँज्यू,

लाख–लाख अभिवादन !

आज मैले जे देखेँ, त्यसैलाई लिपिबद्ध गर्दै छु । सेतै फुलेको ६४ वर्षीय वयोवृद्ध काया लिएर लोकोपकारी कार्यमा जुट्ने हजुरको स्वभावलाई हृदयदेखि नै सलाम ठोक्दै छु । चालीस वसन्त फुलाइरहँदा मैले अनेकन् मान्छेहरू भेट्टाएको छु । सानो मनको मान्छे म ठूलो पार्ने ध्याउन्नमा बेस्कन किचिन्छु । थिचिन्छु । कहिलेकाँही मुण्टो उठाएर हेर्छु । स्वार्थी संसारको एक पात्र आफूलाई नै भेट्छु । आफ्नै संसारलाई मतलव राखेन भने मुखमा माड नलाग्ने, मतलव राख्दा वैयक्तिक धरातल माथि उठ्न नसकिने अचम्भको लीलामा अल्झेको भेट्टाउँछु । मेरो सुझबुझले बुझेअनुसार मैले हजुरभित्र विशाल मन भेट्टाएको छु ।

AjitChhetri

कहिलेकाहीँ त सपनीमा

कहिलेकाहीँ त सपनीमा आइदिए नि हुने
मैले जति माया तिम्ले गर्दिनौ कि कुन्नि

तिमीलाई नै पोख्छु ब्याथा अरु को छ सुन्ने
नजिक हुँदा माया गर्छ्यौ टाढा हुँदा कुन्नि
मैले जति माया तिम्ले गर्दिनौ कि कुन्नि

गङ्गा पौडेलको दशैंको दक्षिणा नियाल्दा

परिचय

बि.सं. २०११ भदौ २० गते दाङसिङ, दहथुम गा. वि. स. श्याङ्जामा जन्मनु भएकी श्रीमती गंगा पौडेलको ‘दशैको दक्षिणा’ बाल उपन्यास लक्ष्मीस्मृति साहित्य समाज नवलपरासीलाई उपहार स्वरूप प्रंदान गर्नु भएकोमा यस पंक्तिकार तथा लक्ष्मीस्मृति साहित्य समाजको तर्फबाट धन्यवाद दिन्छु । श्रीमती गंगा पौडेलको ओजु र डाँफे काव्य पढ्न र केही शब्द कोर्ने अवसर प्राप्त भएको थियो । त्यो काव्यको अध्ययनले मलाई गङ्गाजीको बाल साहित्यप्रतिको लेखनशैलीमा निकै आकर्षित पारेको थियो । आज मेरो हातमा ‘दशैको दक्षिणा ’ (बाल उपन्यास) छ र यसलाई मैले रमाई रमाई पढिरहेको छु । यो बाल उपन्यास ३० पृष्ठको छ । शब्दार्थ प्रकाशन काठमाण्डौले प्रकाशन गरेको यो कृतिको मूल्य रु ४०/- राखिएको छ । आज एक पटक ओजु र डाँफे बालकाव्यलाई सम्झन मन लाग्यो र त्यसमा साहित्यकार दैवज्ञराज नौपानेज्यूले -श्याबास कवियित्री गंगा पौडयालज्यू भन्दै लेख्नुहुन्छ -‘बाल साहित्य त्यसै लेखेर मात्रै हुँदैन, बाल मनोविज्ञान, बालभाव पनि जान्नु आवश्यक छ ।

गजल लेख्दा बहर

गजल लेख्दा बहर सधै पूरा हुन्छै भन्ने छैन
मन्मा लाग्या रहर सधै पूरा हुन्छै भन्ने छैन

भरिएका बस्तीभित्र रित्तो रित्तो मन हुन्छ
खाली हुन्छ शहर सधै पूरा हुन्छै भन्ने छैन

चार मुक्तक (संस्कृतिको नाममा बिकृति)

१)
संस्कृतिको नाममा बिकृतिको क्रम अब छुट्नु पर्छ
समाजको विकासको लागि श्रम अब जुट्नु पर्छ
तिम्रो श्रम शीप र जाँगर नै तिम्रो भगवान हो
पुरातन भगवानको भरोसा गर्ने भ्रम अब टुट्नु पर्छ ।

हरघडी समिपमा झुलाउन

हरघडी समिपमा झुलाउन,कामको कुरा गर्ने
अतिगोप्य ढंगले बोलाउदै, दामको कुरा गर्ने

अनकण्टार डर लाग्दो, ठाउँमा लुकाई राखी
जुनसँग पौठेजोरी खेल्दै, घामको कुरा गर्ने

20130901_KapilAnjan

कोहलपुरमा श्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न

यही भाद्र १५ गते शनिबारका दिनमा १४८ औं मोती जयन्तीको अवसर पारी हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा एक समारोहबीच कोहोलपुरमा श्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न भयो ।

मेरी आमा

युगले आधुनिक्ताको टुप्पी टेकेर
विश्व प्रगतिको शङ्खध्वनि गरिसक्यो,
तर आज पनि हाम्रो विश्वमा बिहान
भालेकै डाकमा हुन्छ ।

स्वर्नणम संसारको मिठो सपना छोडेर
गहभरि तितो आँसु बोकेर
भालेको पहिलो डाकमा
तर्सेर उठ्छिन् मेरी आमा
सधैँ झिसमिसे रातमा ।