Skip to content

हाम्रो देश सलल छहरा


हिमाल रक्षित् यो हाम्रो देश सलल छहरा
हरियो वन नेपालको धन जंगल लहरा

सेतो छ स्वच्छ हिमाल हाम्रो नेपालको सगर
बिदेशी सबै आऊँछन् हेर्न गरेर रहर

विश्वको अग्लो चुचुरो हाम्रो नेपालमा रहेको
जंगल झाडी खोला र नाला सलल बहेको

हिमाली हावा सवच्छ र सफा बग्दछ नेपालमा
आकर्सित हुन्छन् पर्यटकहरू आउँछन् जन्जालमा

एकान्त जीवन ब्यतित गर्न नेपाल सुयोग्य
यो हाम्रो हिमाल देशको गहना विश्वको सौभाग्य
विश्वलाई वनि चिन्हारी दिने एकमात्र हिमाल

-स्व कर्णबहादुर माझी

Leave a Reply

Your email address will not be published. Required fields are marked *