१)
छातीमा दम छ तिमीलाई आँट्नलाई
सरकारी जागिर छ सुखले राख्नलाई
मन बलियो बनाए हुन्छ डराउनु पर्दैन
तयारी गर भागेर नौ डाँडा काट्नलाई
२)
कयौं भयो तिमी यो मनमा घुमेको
यादहरू ताजै छन् वनमा घुमेको
सम्झनामा आई दिने व्यथा बनेको छ
मेरो नजर तिम्रो तनमा घुमेको ।
थाकुहाङ् मेरीङ्
