Skip to content

जिन्दगीलाई चलाउन

  • by


जिन्दगीलाई चलाउन, झुठो पनि बोलें हजुर
ज्यानै जाने जोखिमहरू, पनि कति मोलें हजुर

नगरेको काममा पनि, दोषै भागमा परे पछि
आफ्नै वास्तविकता पनि, कति सामु खोलें हजुर

सबै मनको चाहाहरू, पुरा गर्न कहाँ नसकेर
अभाबको राँकोभित्र, मनलाई कति पोलें हजुर

जिन्दगीको गोरेटोमा, हिंड्दा ठेस लागे पनि
कयौं चोट ब्यथाहरू, आँशु सँगै घोलें हजुर

जिन्दगीलाई चलाउन, झुठो पनि बोलें हजुर
ज्यानै जाने जोखिमहरू, पनि कति मोलें हजुर

बसन्त दहाल (सहयोगी)
गोदक – ४, ईलाम
हाल: दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *