हेर्न खोज्छु मन्को घाउ देखिदैन कसै गरी
लेख्न खोज्छु पिर ब्यथा लेखिदैन कसै गरी
उडी दिन्छ पापी आत्मा देह यहाँ लास पारी,
छेक्न खोज्छु लाखौं पल्ट छेकिँदैन कसै गरी
मुड्की कसी दाँत किट्छु साहसिलो मै हुँ तर,
धर्ती काम्दा आफ्नै खुट्टा टेकिँदैन कसै गरी
के छ त्यस्तो त्यही यौटा मुहारमा सोच्छु धेरै,
बिम्ब मेटी फाल्न खोज्छु फेकिँदैन कसै गरी
कति धेरै ओस लाग्यो जिन्दगीमा आँशु खसी,
मन्ले मन सेक्न खोजेँ सेकिँदैन कसै गरी..
कल्पना राई “खुशी”
दोलखा नेपाल
हाल-कोरिया