Skip to content

शुभकामना

  • by


शुभकामना हजुरलाई यो वर्षको
बितोस जीवन सधैँ सुख र हर्षको

बितुन् दिनहरू सूर्य झैं चम्केर
रातमा चन्द्रको कान्ति छर्केर

रहनु सधैँ उमंगमा तपाईको जीवनपल
शुभकामना छ तपाईलाई मेरो हरपल

पाइला चुमुन सफलताले सधैँ
उदाउनु तारा बनी बनी सधैँ

फैलाउँदै नामका कीर्तिहरू भवमा
छाउनुको दिगन्त बनी सबमा

समुद्र झैं अटल बन्नु टलपल
शुभकामना छ तपाईलाई मेरो हरपल

सुरज गिरी (शिवमन्दिर, नवलपरासी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *