दिन ढल्यो, रात छायो, उनकै याद आयो
एक्लै-एक्लै अँधेरीमा, यो तन छट्पटायो ।
हेर्छु फोटो मध्यरातमा, टुकी बत्ती बाल्दै,
विछ्यौनामा ढल्छु फेरि, सिरानी अंगाल्दै
मिलनका ती आशाहरू, आशा मै बिलायो
एक्लै-एक्लै अँधेरीमा, यो तन छट्पटायो ।
निदाउदैनन् नयनहरू, बर्बराउछन् ओठ,
झर्छ आँशु सम्झी-सम्झी, विछोडका चोट
चोटै चोट्ले घायल् मुटु, कुटु-कुटु खायो
एक्लै-एक्लै अँधेरीमा, यो तन छट्पटायो ।
दिन ढल्यो, रात छायो, उनकै याद आयो
एक्लै-एक्लै अँधेरीमा, यो तन छट्पटायो ।
शम्शेर लामा मोक्तान “ठुले”
रामेछाप, हाल साउदी अरब
