जिन्दगीले आफैसँग ढाटेपछि लेखेँ गजल
आफ्नै छातीभित्रैदेखi फाटेपछि लेखेँ गजल
भोक प्यास हराउदा निन्द्राले नि दिएन साथ
छट्पटिदै रुँदै रात काटेपछि लेखेँ गजल
हासी खुशी यो धर्तीमा यो मन नै झिल्मिलाउने
स्वपना सारा दु:ख सँग साटेपछि लेखेँ गजल
इष्टमित्र बिरानो भै छुट्दा साथ छरछीमेकी
भाग्य ले नि प्रबासमा छाटेपछि लेखेँ गजल
जीवनदेखि दिक्क मान्दै परिरा’छ जसै जिउन
सम्हालिन टुट्या आशा बाटेपछि लेखेँ गजल
©
स्याङ्जाली रमेश
स्थाई घर अर्जुनचौपारी ४
हाल – ‘मरूभूमिको छाती’बाट
