Skip to content

उजाड जिन्दगीमा

  • by
SubenBomjon


उजाड जिन्दगीमा, बहार बनेर आयौ तिमी,
निराश जिन्दगीमा, रहर बनेर आयौ तिमी!

नितान्त एक्लो थिएँ, सधैं मनको बस्तीभित्र,
हलचल मच्चाउदै शहर बनेर आयौ तिमी!

गल्दै थिएँ आलस्यतामा, जोश होश गुमाएर,
उमङगमा रमाउदै, लहर बनेर आयौ तिमी!

पलाउदै थियो जीजिबिषा, तिम्रो आगमनले,
अनायासै फेरि आज, जहर बनेर आयौ तिमी!

सुबेन बम्जन
हाल-यु, ए, इ

Leave a Reply

Your email address will not be published. Required fields are marked *