Skip to content

विश्वमानचित्रभित्र एउटा देश नेपाल छ

  • by


विश्वमानचित्रभित्र एउटा देश नेपाल छ
सधैँभरि आपसमा कलहले बेहाल छ

गरी खाने भन्दा पनि चन्दा मागी खाने धेरै
जताततै डर धम्की आतंकको सन्जाल छ

सुकिला र मुकिला ती झट्ट हेर्दा राम्रा लाग्ने
सम्पत्तिको धनी तर बिचारमा कंगाल छ

सेतो कालो परिभाषा ब्यक्ति पिच्छे बेग्ला बेग्लै
बुद्धिजीबीहरू बिचै यस्तो किन बेताल छ

गास-बास शिक्षा दीक्षा सबै दिन्छौं भन्छन् भन्न
भड्काउने भाषण यो सुन्दा लाग्छ कमाल छ

अज्ञात पाल्पाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *