सुनकोसीको किनारमा पाइला बढिरहँदा वर्षा भयो ।

गर्मीमा भिज्नुको मज्जै बेग्लै, त्यसमाथि कविहरूसँग ।

यसपालि रामेछाप यात्रामा बन्दले हैरानै पार्‍यो । राजधानीबाट हिँडेको दिन पनि बन्द, फर्कने दिन पनि बन्द । बाटाभर िपसल छन्, भोकै हिँड्नु पररिहेछ ।

सिन्धुलीको खुर्कोट हुँदै राजधानी आउने बस भेट्न झोलुंगेपुल तर्दै थियौं । पानी विस्तारै परे पनि झन्डै आधा घन्टाको बाटोमा निथुक्कै भइयो । त्यस दिन ताम्सालिङको बन्दका कारण चोरबाटो हिँड्नु परेको थियो ।

सुनकोसी किनारपार िएउटा बस देखियो । रत्तिै थियो । करैले अगाडि बढेको गाडी चिप्लो बाटोमा उक्लनै सकेन । गाडी हलुका भएको भन्दै कन्डक्टरले पछिपछि दगुररिहेका झन्डै ५० केटाकेटीलाई बसमा गुन्द्रुकझैं खाँदे । बाटोमा ओभानो माटो हाले ।

चम्पसिंह ठोकर र उनका काकाका छोरा काँइला त्यहीँ भेटिए जसले हँसाएरै कटाए यो बाटो ।

चम्पसिंह रसिला थिए । ‘८ वर्षको उमेरमा १८ वर्षेसँग बिहा भया’ उनले आफ्नै कुरो सुनाए, ‘१८ वर्षको भएपछि अर्की भित्र्याएँ ।’

दुईटी ल्याएपछि घरमा फाटो आयो ।

‘दुवै झगडा गररिहने’ उनले आखीभौं खुम्च्याए, ‘त्यसैले तेस्री ल्याएँ ।’

पानी परेका बेला सुनकोसीको तिरैतिर राजधानी जाने हिलाम्मे राजमार्ग खतरापूर्ण थियो । साँघुरो र उकालो योसड रोमाञ्चक थियो । त्यसलाई झन् बढी रोमाञ्चक पारे चम्पसिंहले ।

उनको कुरालाई पत्याउन हामीलाई हम्मे पर्‍यो । ‘उसका तीनवटै श्रीमतीसँगै छन्, ‘दाइ काइँलाले हामीलाई विश्वास दिलाए । ‘अब तीनवटीलाई मिलेर बस्नुको विकल्पै रहेन, चम्पले भने, मलाईमात्र होइन तँलाई पनि सौता हाल्ने रहेछन् भनेर जेठीले भनेपछि सबैको अर्की ल्याउन नदिने सर्तमा मिल्ती भयो ।

छोटा यात्रामा उनी हामीसँग यति घुलमिल भएकी हामी सहयात्री ७ जनालाई उनी घरमै लगेर कुखुरा काट्ने र जाँड खुवाउने भए । क्युरयिोका सामानको व्यापार गर्दा रहेछन् उनीहरू । गाउँमा धामीले प्रयोग गर्ने सामग्री, पुराना किताबका काठमा गाता, सुनचाँदीका पुराना गरगहना, पुराना सिक्का गाउँमा सस्तोमा किनेर राजधानीको ठमेलका क्युरयिो पसलेलाई बेच्दारहेछन् । ती सामग्री देखाए हामीलाई पनि ।सबैलाई मिलाएर राख्नसक्ने चच्पसिंहसँग गजबको सूत्र रहेछ । जुनसुकै श्रीमतीले जस्तै पकाएर दिए पनि ‘मीठो छ’ भन्ने । ‘एउटीको पकवानको प्रशंसा गरे अर्कीले मारी हाल्छे नि ! उनले कारण सुनाए । तीनैवटीलाई बराबर माया गर्दा रहेछन् उनी ।

बसमा चढ्नुअघि खाना खुवाउन तयार भएका बसका कर्मचारीले बाटाभर िहाम्रालागि रोक्न मानेनन् । भोकले आन्द्राभँुडी झुत्ती खेलिरहेका थिए । त्यसमा पनि छिनछिनमा ‘रामराम’ भन्नुपर्ने भिरालो बाटो, बसलाई मोड्न नपुग्ने घुम्ती, तल सुसाइरहेको सुनकोसीको हरयिो दह । बस हल्लिँदा जिउ नै सिरङि्ग हुन्थ्यो । त्यस्तो अवस्थामा हाम्रो डर र भोक भगाउने उनै चम्प थिए । सारै सोझा पेटमा कुरा अड्याउनै नसक्ने यी गौप्राणी हाम्र अन्तरंग मित्र बने त्यतिञ्जेल । हामी सबैको नाम ठेगाना टिपेर उनले राजधानी आएपछि भेट्ने बाचा गरे । निम्ता मान्न उनको घर जान भने हामी असमर्थ भयौं । नेपालथोकमा गह्रौं मनले उनलाई विदाइका हात हल्लायौं ।

चालकले हामीलाई दिनभर भोकै पारे । खाना खान कही गाडी रोकिदिएन । ‘गाडीवालहरू यस्तै हुन्छन्,’ सहयात्री बनेका लीलानाथ धमलाले हामीलाई सान्त्वना दिए, ‘यात्रु नपाउन्जेल जहाँ पनि रोक्छन् । भाडा उठाएपछि यात्रुको कुरै सुन्दैनन् ।

ललल

रामेछापको अनौपचारकि साहित्यिक मञ्चका अध्यक्ष भोला धरातलको निम्तामा हामी मन्थली हान्निएका थियौं । सहयात्री थिए गजलकार ज्ञानुवाकर पौडेल, छन्दकवि देवी नेपाल, उपन्यासकार शंकर भारती, कविहरू दामोदर पुडासैनी किशोर र प्रकाशमणि दाहाल ।

मइ दिवसको दिन जान बसको टिकट काटिए पनि मजदुरले बिदा मनाउने भएपछि त्यसको प्रयोजन भएन । आयोजक धरातल मन्थलीमै बसेर हाम्रो यात्रको चाजो मिलाउन दौडधुप गररिहेका थिए । उनी छिनछिनमा गाडी रजिर्भ गर्न भएको प्रगति जानकारी गराउथे ।

‘माइक्रो रजिर्भ गरयिो, तपाईंहरू कोटेश्वर पुग्नुस्,’ फोनमा भोलाको आवाज सुनेपछि यात्रा त्याग्ने मनस्थितिमा पुगे पनि हतारहतार तयार भएको थिए ।

लोकगीतमा झुम्दै हामीले दोलखाको खरढिुंगासम्मको उकालीओराली काट्यौं । केही बेरमै हाम्रो माइक्रोसँगै गुडिरहेको पिकअप भ्यानलाई देब्रेबाट उछिन्ने गरी अगाडि बढ्यो झन्डै ठोकिएलाजस् तो गरी । चालकले निकै मेहनत गरेर लच्कामा अड्याउँदै भने, ‘ब्रेक फेल भयो ।’ सुनेपछि पो सातोपुत्लो उड्यो । सबै जना कामिरहेका थिए । कस्तो अप्ठ्यारो बाटो पार गरेर आयौं । अलि अगाडि वा पछाडि ब्रेक नलागेको भए ? हामी पक्कै समाचारका पात्र बन्ने थियौं । सँगै गुडेको पिकअप रोकियो । चालक तातेर आए । ब्रेक नलागेको बुझेपछि सेलाए । जीवन र मरण पूर्व निर्धारति हुन्छ भनेको यही पो हो कि ? हामी सबैका दिन बाँकी रहेछन् ।

धेरै तातेर ब्रेक नलागेको चालकले बताएपछि केही बेर सेलाउन दिनै पर्‍यो । पहेलपुर पाकेको ऐंसेलुले भने सबैको मनलाई शीतलता दियो ।

ब्रेक जाँच गदर्ैै कछुवा गतिमा गाडी गुडाउनु पर्ने बाध्यता आइलाग्यो । ब्रेक सेलाउँदै गुडाउँदै गर्नुपर्ने । चरकिोटको ओरालो हामी चनाखो भएर काट्दै थियौं । ज्ञानुवाकरको गजलझैं संवाद, किशोरको यात्रा वर्णन, शंकरको आत्मीयता, देवीको हाँस्यरसयुक्त शैली, प्रकाशको यात्रालाई मनोरञ्जनपूर्ण बनाउने प्रयासले हामीलाई बाटो काट्न गाह्रो भएन ।

यात्रामा दुई केटाकेटी-९/१० वर्षका) र उनीहरूका हजुरबा उमेरका एक वृद्ध पनि हाम्रा सहयात्री थिए । तिनीहरूले पनि हामीलाई भरपुर मनोरञ्जन दिए । ती बूढाबा बिनाकारण केटाकेटीलाई दुख्ने गरी नै पिटिरहन्थे । हामी प्रतिवाद गथ्र्यौं, केटाकेटी हाँसिरहन्थे । पछि थाहा भयो, ती बूढाबा केटाकेटीका बा रहेछन् । पिट्ने र पिटाइ खाने दुवै बानिपरेका । काठमाडौंमा दिदीसँगै पढाउन लिएर गएका बाबु केटाकेटी बस्न नमानेपछि फर्काउँदै रहेछन् ।

उमिँदै तीनपात भनेझैं थिए ती दाजुबहिनी । अपरििचत हाम्रो समूहसँग छिट्टै घुलमिल भएर ठाडो सबालजवाफ गर्थे ।

‘विकासमा पछि परेको साना गाउँमा तपाईंलाई स्वागत छ’ लेखिएको बोर्ड पढिसक्न नपाउँदै अर्कोपटि लेखिएको ‘अब र्फकंदा विकास नलिई नआउनु है,’ वाक्यले सबैलाई भावुक बनायो । देवीले मन्थलीमा छन्दबारे कक्षा लिँदा त्यसैलाई उदाहरण दिए, ‘पहिलो वाक्य औपचारकिता हो र दोस्रो कविता । कवितामा भावना हुनुपर्छ ।’

आयोजकको धैर्यको बाँध फुट्न लाग्दा हामी गन्तव्यमा पुग्यौं । भब्य रहेछ अनौपचारकि साहित्यिक मञ्चको आयोजना । एक महिनादेखि पर्चा पम्प्लेटिङ र रेडियोबाट समेत प्रचार गरएिको । बाजागाजासहितको र्‍याली बजार परत्रिmमापछि कार्यक्रमस्थल जिविस हल पुग्यो । मञ्च सजिसजाउ । कार्यक्रम रहेछ रामेछाप-सिन्धुली-दोलखा जिल्लास्तरीय कवि गोष्ठी ।

कार्यक्रम सकाएर र्फकने हतारोमा रहेका हामीलाई ताम्सालिङ्को बन्दको हल्लाले नराम्रोसँग चिमोट्यो । जे त पर्ला भनेर झोला भिरेर सिन्धुलीको सेलेघाटको गाडी समात्यौं । त्यो बाटोको यात्रा झनै रोमाञ्चक थियो । मान्छेले कुटोकोदालो लगाएर खनेको साँघुरो बाटोमा बस गुड्दै थियो । तल तामाकोसी सुसाउँदै थियो । आउँदा तामाकोसीले पछ्याएको थियो, जाँदा अर्कै बाटो भए पनि तामाकोसीले छाडेन । ‘चालकले गाडी चलाएको कतिवर्ष भयो भाइ ?’ देवीले आफ्नो त्रास यसरी प्रकट गरे । ‘चालक अनुभवी छन्, नडराउनुस्, भोलाले सान्त्वना दिए । खलासीले थप्यो, ‘१५ वर्ष जति भयो होला उहाँले गाडी चलाएको ।’ त्यसपछि सबैको सास आयो ।

राजधानीबाट रामेछापको मन्थली, सिन्धुलीको खाल्डे हँुदै राजधानी खाल्डो र्फकन एक फन्को लगाउँदाको आनन्द शब्दमा नअटाउने थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *