दुई अक्षर ‘म’ र ‘न’को मिलानबाट मन एउटा शव्द बन्छ । जसको अर्थ भावार्थलाई व्याख्या गर्न सार्‍है कठिन छ । मन के हो ? यो कहाँ छ ?को सँग हुन्छ ? कस्तो हुन्छ ? आदि इत्यादि कुराहरूको उत्तर पाउन सकिदैन । तर पनि मन हुन्छ । मनका वारेमा धेरै कथा लेखिएका छन् । पुराण र उपनिषदमा व्याख्या भएका छन् । ज्ञानी-महाज्ञानी, सन्त-महन्त, तपस्वी-यशस्वीहरूले प्रवचन गरेका छन् । मन अधिनमा राख्नु पर्छ । सम्हाल्नु पर्छ । बाँध्नु पर्छ । भन्ने वचनहरू ठ्ला-ठ्ला महात्मा विद्धानहरूले भन्दै आएका छन् । तथापि मन अधिनमा बस्दैन, सम्हालिदैन र कसैले बाँध्न पनि सक्दैन । किनत मनकै वारेमा मनकै विषयमा पुस्तक ठेलीहरू भरिन्छन ? मलाई लाग्दछ मान्छे जे गर्न सक्दैन त्यसको विषयमा धेरै बोल्दछ । धेरै लेख्दछ । धेरै चियो चर्चो गर्दछ ।

मन चरी जस्तो उड्छ । मन बिरालो जस्तो लोभी हुन्छ । मन व्याँसो जस्तो पापी हुन्छ । यसको अर्थ जे जस्तो भए पनि मन हुन्छ । तैपनि मनलाई छुन सकिँदैंन, अनुभव गर्नु पर्छ । देख्न सकिदैन, महशुस गर्नु पर्छ । यसो हो भने मन के हो ? कसैले भन्छन मन ढुड्ढा हो । यो कहिले पनि पग्लिदैन । कसैले भन्छन मन फ्ल हो । यो सँधै फुरूड्ढ भएर फक्रिन्छ । भन्नेहरूको त आफ्नै-आफ्ना व्याख्या छन् । तर्क छन् । अनुभव र अनुभ्ति छन् । जस्तो किसिम र कोणबाट बुझेका छन् । त्यस्तै तर्क र व्याख्या प्रस्तुत गर्छन् ।

हामीले समाजमा विभिन्न कुराहरू सुन्छौँ । त्यस्तै मनका बारेमा पनि सुनेका छौं । दुई चारजना मान्छे बसेर कुरा गर्छन् । फलानाका मन कप्टि छ । सार्‍है नै पापी छ । त्यसबाट बच्नुपर्छ । एकातिर मनका विषयमा नकारात्मक कुरा चल्छ । फेरि अर्कोतिर सकारात्मक कुरा चल्छ । फलानाका मन सङ्लो छ । मुखले जे भने पनि मनमा लोभ छैन । पाप छैन । मनमा जे छ, मुखले ˆयाट-ˆयाट भन्छ, सकियो, मनमा राख्दैन ।

मन दुःखको मुहान हो । सुखको स्रोत पनि हो । दुःखको अनुभवमा र सुखको प्राप्तिमा मन नै क्रियाशील हुन्छ । मन भावुकतामा बहन्छ । सपनाहरूमा रमाउँछ । सिर्जनाहरूमा अग्रसर हुन्छ । कल्पनामा उड्छ । विचारमा चिन्तन खोज्छ । अविचारमा श्न्य रोज्छ । मनले आध्यात्मिकतामा ईश्वर पाउँछ । भौतिकतामा दर्शन र विचारसँगै दशी प्रमाण खोज्छ ।

हामीले देखिरहेका छौँ । सुनिरहेका छौँ । अनुभव गरिरहेका छौँ । प्रयोग गरिरहेका छौँ । एकले अर्कोलाई मन पराउँछौँ । घृणा गर्छौं । एकले अर्कोसँग खुसी हुन्छौँ । दुखी हुन्छौँ । प्रश्न उठ्छ । किन ? यसको जवाफ मन, कारण मन, कार्य पनि मनमै हुन्छ । मनले नै कसैलाई निकट बनाउँछ । कसैलाई बिकट बनाउँछ । हेर्दा मन स्वतन्त्र देखिन्छ तर पनि विवश छ । कठोर बन्छ । आँसु लुकाएर दुःखका पहाडहरू भोग्छ । भतभति पोले पनि ओठ खोलेर हाँस्छ ।

उच्च नैतिक साहस बोकेर मनहरू समाज परिवर्तनमा क्रियाशील रहिरहन्छन् । नीच र घृणित मनहरूका विरूद्ध सङ्घर्ष गरिरहन्छन् । लगनशीलतामा मनहरू सफल बन्छन् । असफलताबाट पाठ सिकेर निरन्तर प्रयासका साथ शिखर चुम्छन् ।

मन सङ्लो हुनुपर्छ । मन चोखो हुनुपर्छ । “मुखले एकथोक, मनमा दसथोक” हुनु हुँदैन । मनमा पाप पालेर मन्दिर धाउनेहरू छन् । मनमा श्राप लुकाएर प्रवचन भन्नेहरू छन् । आखिर मन नै हो । मनले सोचेपछि मात्र कार्यरूपमा आउँछ । संसार बनाउनेहरूको योजना पहिले मनमै आउँछ । संसार कुरूप बनाउनेहरू पनि मनबाट सुरू गर्छन् । त्यसैले त मन सुमन हुन्छ । मन कुमन हुन्छ । काँडा नभएको गुलाफ भेटिँदैन । कालो बादल नभए पानी झर्दैन । काँडालाई बिर्सेर गुलाफ मुस्कुराउँछ र वातावरण स्वच्छ बन्छ । कालो बादल फटाएर पानी बर्सन्छ र धर्ती हराभरा र सुन्दर देखिन्छिन् । कुमनहरू नभए, सुमनहरूको महìव हुँदैन । खोजी पनि हुँदैन ।

बुढापाकाहरू भन्छन्- “सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु” मन दह्रो बनाउनु । मन सम्हाल्नु । सुख, दुःख र आँसु-हाँसोमा मन संयमित बन्नुपर्छ । धैर्यशील भएर मनले मनलाई नै बुझाउनुपर्छ । आँखामा सपना मनले उब्जाउँछ । सपाट लक्ष्य देखाएर हृदयलाई झकझकाउँछ र विजयपथमा अघि बढ!न प्रेरित गर्दछ ।

मनमा बहहरू हुन्छन् । दुःखका दहहरू हुन्छन् । मन गुम्साएर बह सकिँदैन । आँसु मात्र बगाएर दह रित्तिदैन । बह कहेर मन हलुङ्गो पार्नुपर्छ । हाँसोको नदी बगाएर दुःखको दह रित्याउनु पर्छ । मनलाई सुखका खोजीमा आनन्द प्राप्तिमा अग्रसर गराउनुपर्छ । हरेक मनहरूको लक्ष्य “बहुजन हिताय, बहुजन सुखाय” बन्नुपर्छ ।

रोगी, दुःखी, वृद्ध, मुर्दा देखेर राजकुमार सिद्धार्थको मनले भव्य राजसी ठाँटलाई तुच्छ ठान्यो, मन फेरियो र संसारले युगयुगान्तरसम्म वृद्ध र बुद्धत्व पायो । शान्ति र मानवताको अपरिमित महत्वको सिद्धान्त पायो । आज बुद्ध बिर्सेर युद्ध खोज्ने मनहरू छन् । बुद्धत्वलाई रगतका आहालहरूमा डुबाएर संसार रित्याउन मरिमेट!नेहरू छन् । संसारका मनहरूले बुझ्नुपर्छ, बुद्ध मुक्ति र विजय हो । युद्ध दुःख र पराजय मात्र हो । बुद्धत्वले सधैँ आनन्द प्राप्त गर्छ । युद्धत्वले सधैँ घृणा प्राप्त गर्छ । तसर्थ मनहरूले युद्ध त्यागेर बुद्ध रोज्नुपर्छ ।

मनमा आशा, अपेक्षा, महìवाकांक्षा आइरहन्छन् । निराशा, कुण्ठा, बेचैन खेलिरहन्छन् । मनमा असल र खराबबीच, खुसी र बेखुसीबीच अन्र्तद्वन्द्व चलिरहन्छ । मनलाई असल विचारले जित्नुपर्छ । खुसी र उमङ्गले ढाक्नुपर्छ । समुद्र मन्थनमा झैँ मनमा पनि विचारहरूका मन्थन हुन्छन् । अनेका-अनेक कोणबाट प्रवेश पाएका विचारका पोथ्राहरूले मनलाई तिर्खान्छन् । माझिएर मनहरू आत्मविश्वासी बन्छन् । दृढ, प्रतिज्ञावान् भएर आस्था र विश्वासलाई युगयुगान्तर अमर बनाउँछन् ।

शनिबार, गोरखापत्र
भाद्र २६, २०६७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *