Skip to content
IMG_20200302_205011

कविता
‘कोरोना’

यो उराठ वस्तीमा,
कोठाको शुनसान एकान्तमा एक्लै पल्टिरहेको म!
यो समय,
एउटै पिँजडाभित्र बन्द आवाजले,
कताकता पीडाबोध गराए झैं,
महसुस गरें,
चिरबिर-चिरबिर चराको मधुर स्वर,
पछ्याउँदै प्रकृतिलाई नियाल्दा,
कति उराठ लाग्दो माैसम ।
ओहो ! कस्तो विडम्बना ??????
‘मानिस’ अनि ‘लकडाउन’
।१।

यो अँध्यारो गल्ली, यो पसारिएको सडक, यो शुनसान शहरको रमझम कठै,
एकै धक्कामा आज माैन छ।
एक–अर्काको साथमा रमाईरहेका जोडी,
कुँदिरहेका साधन,दाैडिरहेका मानिस,
अचानक रोकिएछन् ।
ओहो ! ‘कोरोना’ विश्वयुद्ध
भन्दा पनि बढी तिमी खतरनाक,
तिमी त डरलाग्दो महामारी,
जुन ताजगी यथार्थ बोकेर विश्वभर,
कुँदिरहेछाै!
अरे! कस्तो डर देखायाै?
दुनियाँलाई आतंकित बनाउँदै,
विश्व भ्रमण गरिरहेछाै!
तिम्रो डरसँगै भिजेका हाम्रा आँखा
थाहा छैन जिन्दगी कता जाँदैछ?
।२।

यो भिडभाड जमात,यो क्याफे अनि यो सारा दुनियाँ,
आफ्नै अघि देखिएको स्थिर खाली प्रकृति
उमालेको दुई कप दुध,
स्थिर छ टेबुलमाथि!
दुध भन्दा तितो अभाव
जहाँ सारा विश्व माैन छ ।
।३।

हे ‘कोरोना’
तिमी साह्रै खतरनाक न वार्ता गर्न मिल्ने,
न सन्धि,न युद्ध,न संझाैता, न
गोलि ठोक्न मिल्ने तिमीलाई !
तिमीलाई भगाउने न अाैषधी, न इन्जेक्सन उफ!! कस्तो भयावह ??
खुला आँखाहरुले देखेका यथार्थ,
तर तिमीले सबैलाई तर्साईरहेको तितो सत्य,
ढुङ्गामै कुँदिएजस्ता तिमीसँगको अतीत,
अब फेरि कहिले नसम्झिने,
दृढ संकल्प गरि जाउ ।
।४।

सबैको जीवन बाँच्नुपर्ने बाध्यता,
प्रत्येक रात खसेका मजदुरका आँसु,
सायदै ! तिम्रो तर्साईमा अल्झेका धेरै मन्द आवाजले!
कति कठिन छ परिस्थिति?
कति दिक्दार छ परिवेश ?
हे ‘कोरोना’ के गरेउ तिमीले यस्तो?
।५।

चैतको उराठ माैसम
धुमिल वातावरण,भाबुक मनस्थिति,
न शब्दमा कोरिन्छन्, न देखेर मेटिन्छन्
धन्य ‘कोरोना’ तिमीलाई
मानिसलाई खुसी देख्न नचाहने तिम्रो इच्छा
हाम्रो अनुहार हेर्न नचाहने तिम्रा खराब भाइरसहरू,
मेटिनुपर्छ सधैंको लागि,तर तिमीलाई,
भगाउने एउटामात्र उपाय रहेछ
‘लकडाउन’ मात्रै ‘लकडाउन’
अनि फेरि तिमीलाई कहिले देखा पर्न नदिने दृढ संकल्प हामी गर्नेछौं!
जय देश जय नरेश ।
।६।

Leave a Reply

Your email address will not be published. Required fields are marked *