Skip to content


हे कोरोना !
पिजडामा थुनिएको छ पूरा दुनियाँ हेर ना
जसरी सुगा ट्या ट्या बोल्थ्यो पिजडा भित्रबाट ना
आज त्यही शक्तिको दम्भ भएको दुनियाँ थुन्यौ ना
हे कोरोना ! धेरै क्षति भयो ! अब त बुझ ना !

मेरो गाउबस्ती को सडक पनि सुनसान पार्यौ ना
डल्ले, बाटुले काडे, भकुन्डे कोरोना
धेरै त्रास फैलायौ तिमीले अब त हटो ना
हाइड्रोजन, अणुबम को दम्भ मुन्छेले बुझ्यो ना !
हे कोरोना ! अब त बुझ ना !

कसैले भन्छन तिमीलाई देखेर ” डरो ना ”
कोही भन्छ्न अस्थाइ जिन्दगी ” काहे को रोना ”
तिमीले त भङ्ग गरिदियौ मिलना, जुलना अनि सोना !
कतिपय परिवार को बीचल्ली पारेर आइसोलेसनमै रोना
मान्छेले कपडा, कुर्ची, प्लास्टिक अनि भाडाकुडा
केही छोयो भने पनि डरले लत्रङ्ग छ ना
त्योभन्दा झन् खतरा त मान्छेले मान्छे नै छुन नहुने
मान्छेको घाँटी, फोक्सोमा तिम्रो डेरा बनाउने
नियत छोडो ना ! हे कोरोना !
अब त बुझ ना !

ठुला ठुला युद्ध जितेको, मङ्गल ग्रह पुगेको मान्छे
हामी जे पनि गर्न सक्छौं भन्ने मान्छे
आज आफ्नो मर्दा मलामी त छोडौ, कुरुवा बस्न सकेन ना !
राजा, राजकुमार, प्रधानमन्त्री कसैलाई नछोड्ने
तिमी छौ अटेरी ना ! हे कोरोना !
अब त कुरा बुझ ना !

विश्व भरी हाहाकार मच्चाउने काम गर्यौ तिमीले
प्रतिरोधात्मक क्षमता उसै खुस्काउदैछौ तिमी
कोही मुसो, कोही कोइला दल्दैछन यहाँ
कोही जमिन नापेर ३ पैदल चुलोमा लात हान्दैछन
अन्धाधुन्ध अन्धविश्वास बढाउदैछन ना
हे कोरोना, अब त कुरा बुझ ना !

– शिवराज कलौनी
२०७६/१२/१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *