Skip to content


ए प्रिय फूल कति हाँस्छस्
कति मुस्कुराउछस्
न घाम, न पानी, न हावा हुरी
जस्तो विषम परिस्थितिमा नि
छुट्टै आभा बोकिरहन्छस्
मान्नै पर्छ तिम्रो धैर्यता र त्यो साहसलाई
सलाम छ तिम्रो त्यो निडरतालाई

आहाँ मनै लोभ्याउने आभा
ए फूल तिमी बोकिरहेछौ
हर बिहान, हर पल हर क्षणमा
आफ्नै पन अनि अस्तित्वमा
त्यो बेग्लै संसारमा मुस्कुराइरहेछौं
यो त्रासले भरिएको बेला पनि
ए प्रिय फूल
तिमी किन सिरियस बन्दैनौं
के तिमीलाई कत्ति पनि
डर, भय एवं त्रास छैन कि?
यतिबेला सारा विश्व त्रसित छ
आतंकित छ, आक्रान्त छ,
ठुलै विषम परिस्थितिको सामना गरिरहे छ!
छुट्टै पीडा र दु:खमा रोइरहेछ!
ए प्रिय फूल
तिमीलाई एउटा प्रश्न सोध्न मन लागिरहेछ
ए प्रिय फूल भन त?
के तिमीलाई साच्चै नै
COVID-19 को कत्ति पनि
डर, त्रास अनि भय छैन र?
किन हासिरहेछौं तिमी
यसरी एक्लै एक्लै
एक ठाउँमा उभिएर
मुस्कुराइरहेछौं हो अँझै मुस्कुराउ
अनि अरुलाई बाँच्ने साहस देऊ
योसँगै आफ्नो नि ख्याल् गर है
ए प्रिय फूल …
तिमीलाई नि छुन सक्छ
यो विश्व तहस नहस गर्ने
COVID-19ले
अनि त्यो तिम्रो सुन्दरताको
आभा क्षणभरमै टुक्रिन सक्छ,
तहस नहस हुन सक्छ,
जसरी अहिले मानव बस्तीहरू
टुक्रिएका छन, अस्तव्यस्त भएका छन्
हो ठिक त्यसरी नै
ए प्रिय फूल …
तिम्रो त्यो सुन्दर संसार पनि उजाडिन सक्छ
खण्डित हुन सक्छ
अनि पीडामय बन्न सक्छ
तसर्थ ए प्रिय फूल …
पल-पलमा होस् गर है!
मेरो संसार तिमी नै हौं
नयाँ आभा थपिरहे छौं
हर बिहानीमा
अनि हर पल-पलमा
ए प्रिय फूल …
तिमीलाई नियालेर
मेरो जिन्दगी
यो त्रसित समयमा …
अलिअलि भए पनि …
बाँच्ने साहस जुटाइरहेछ … !

Leave a Reply

Your email address will not be published. Required fields are marked *