Skip to content

यति मिठो मुस्कान

GovindaOjha


यति मिठो मुस्कान दियौ तिमीले मलाई
विगतका पलहरु सबै सम्झायौ मलाई

यो मेरो जिन्दगीको रक्षक थियौ तिमी
जिन्दगी क्षणक्षणको सहयात्री भयौ तिमी

लज्जालु स्वभावमा सजिएको प्रेमका कथाहरू
आए तिम्रो भएर मेटाऊ मेरो प्रेमका प्यासहरू

मेटाऊ मेरो प्रेमका प्यासहरू
हर पल यादमा आउने तिम्रो तस्विरहरू

हेर्दै बसिरहुँ लाग्ने सुन्दर ती नयनहरू
तिम्रो सुन्दर मुहारमा लाग्छ सधैं सधैं देखिरहुँ

आऊ सँगै बसौं, समय त्यसै वित्दैछ
तिम्रो साथ मिठा मिठा प्रेम कहानी भन्नु छ

जिन्दगीका पल पलका यात्राहरुको वर्णन गर्नुछ
हाम्रो सच्चा प्रेम काहानी संसारलाई देखाउनु छ

खुसीयालीमा रमाउ, सुन्दर जिन्दगानी छ
जिन्दगीका पल पलका यात्राहरुको वर्णन गर्नुछ

गोविन्द ओझा
दीपायल सिलगढी नगरपालिका, वडा नं.२ दीपायल, डोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *