Skip to content


चराहरू भएनन् भने,
सिङ्गो ब्रहृमाण्डबाट कविहरूको निशान मेटिन सक्छ
धैरैले बिहान भएको चाल नपाउन सक्छन्
मान्छे मन खोलेर हाँस्न बिर्सिन सक्छ
र, बात नलाग्ने गरी चोरिएका
गीतका सरगमहरू हराउन सक्छन् ।
जे पनि हुन सक्छ
जस्तो कि
फूलका थुङ्गाहरू
चुँड्दै जाने हो भने
एकदिन वसन्त नआउन सक्छ ।
जस्तो कि
हलोले छोइहाल्यो भने,
माटोलाई अचानक तीर्खा लाग्न सक्छ ।
जस्तो कि
बाटैमा भेटिन सक्छन्
बाटो बिराएकाहरू
र, जानेहरूले
विमानस्थलमा र बसपार्कमा
अलपत्र छोडेको देश भेटिन सक्छ ।

मधुपर्क २०६८ पुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *