(एक)
उताबाट तिमीले हेरिरह्यौ
यताबाट मैले हेरिरहेँ
बित्थामा हामी नजरको आवेगले जिस्कियौँ ।
यात्रालाई प्रतिक्षण रोकेर
आफ्ना अदृश्य पाइलाहरू चलाएर
हामी सडक छेउमै बसिरह्यौ
एकले अर्कोलाई हेरिरह्यौ
बित्थामा हामीले मनको ऊहापोह फुकायौँ ।

(दुई)
तिम्रो आँखाको समुद्रमा म ढुबेको छु
म भित्र बेगिँदै गइरहेछ
तिम्रो यादको नदी
नजिकैको हेराहेर कसले टाढा हुत्याउन सक्छ ?
हाम्रो लुकामारीमा
कसले हाल्न सक्छ बस्तुको तगारो ?
हाम्रो आँखाको गर्भमा
कसले छर्न सक्छ बलशाली तेजाब ?
हुनसक्छ तिम्रो पनि यस्तै चाहना
अर्को भेटमा म तिमीलाई बोलाउँला
तिमी-नृत्यरत बोलिदिनु
तिमी गयौ
जब कि म तिमीलाई हेरिरहेँ ।

शब्दघर, पर्वत

मधुपर्क २०६८ पुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *