Skip to content


अस्ति घर जादा मैले सोधेको थिएँ तिम्रो बारे
साथीभाइले भन्दै थिए अलि बढी भा’छौ अरे
मुन्द्रे अनि जगल्टेको धेरै नजिक भा’छौ अरे
सुनेको थिएँ फेरी फेरी माया पिरती ला’छौ अरे
साथी-भाइ र आफन्तबाट अलि पर जाँदै छौ अरे
सुनेको थिएँ घरमा पनि राति राति आउँछौ अरे
रुँदा घरमा छोरा छोरी कान छोपी सुत्छौ अरे
सुनेको थिएँ आजकल सिन्दुर नलाई हिंडछौ अरे
फोन गर्दा बुढाले झर्की झर्की बोल्छौ अरे
सुनेको थिएँ बुढालाई छोड्ने धम्की दिन्छौ अरे
मैले सुनेको यी कुरा यदि साँचो हो भने
यस्तो गल्ती नगर्नु है पछि गई रुनु पर्ने
यस्तो गल्ती नगर्नु है पछि गई रुनु पर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *