अम्बर गुरुङ
“म अम्बर हुँ तिमी धर्ती लाखौँ चाहे पनि हाम्रो मिलन कहिले नहोला,” एकचोटी यो गीत मेरो कानमा परेको थियो – कैयन वर्ष अघि । र, अपरिचित अनुहार भएको त्यस व्यक्तिका रचना, संगीत र गायन कौशलले मलाई जकड़ीहाले । मेरो आँखामा आकाश र धरतीको मिलनभूमि क्षितिजको एक यस्तो सुन्दर दृश्य मौलायो जसमा सूर्य डुब्दै थियो – यो सिद्ध गर्न मानौ त्यो मिलनरेखा एक महाशुन्य हो ।
अम्बरको फ्यान म त्यसरी बने ।

‘जगत्की अपार अभियन्ता आमा ।
छुवाछुतलाई कानूनी अपराध र गलत सामाजिक अभ्यासका रुपमा लिन थालिएको वर्षौं भइसक्यो । यस अवधिमा कानूनी र संस्थागत रुपमा निषेधात्मक तथा उपचारात्मक ढंगले छुवाछुत अन्तका प्रयेत्नहरू भए । हिन्दू वर्ण व्यवस्थाद्धारा सृजित सामाजिक अभ्यासका रुपमा रहेको छुवाछुत नेपालको विविधकाल खण्डमा फरक स्वरुपवाट प्रचलित रहयो । शासकीय चासोको रुपमा ऐतिहासिक कालदेखि वर्णवाट जातिमा आधारित स्तरीकरणको स्वरुप वन्यो । जुन कुनै न कुनै रुपमा हालसम्म पनि हाम्रो समाजमा विद्यमान रहेको छ ।
शिक्षा शब्द सुन्दा नै गहन छ । वास्तवमा विद्यालय, महाविद्यालय तथा घरमै बसेर पनि अध्ययनको व्यवस्था मिलाउने तथा ज्ञान लिने अर्थले बुझ्न सकिन्छ । किनकि शिक्षा हाँसिल गर्न विद्यालय महाविद्यालय गएर नै हुन्छ भन्ने छैन । घरमै बसेर स्वअध्ययन गरेर पनि शिक्षा हाँसिल गर्न सकिन्छ । घरमा बसेर स्वअध्ययन गर्दा र विद्यालयमा गएर शिक्षा हाँसिल गर्दा प्रमाणिकमा फरक भने अवश्य पर्दछ । विद्यालयमा अध्ययन गर्दा शैक्षिक प्रमाणपत्र प्राप्त गर्न सकिन्छ भने स्वअध्ययन जे जति ज्ञान हाँसिल गरे पनि प्रमाणपत्र प्राप्त गर्न सकिदैन । ज्ञानी बन्नको लागि स्वअध्ययनले पनि मानिसलाई उच्चाइमा पुर्याउँछ ।
नेपाली कथा साहित्यमा कथाकार डा. बेञ्जु शर्मा आफैमा एउटा परिचय र प्रतिष्ठा पनि भएकोले उहाँको प्रशङ्कमा कुरा गर्दा उहाँलाई थप परिचयको आवश्यकता पर्दैन, यसोभन्दा अनुपयुक्त हुने छैन । कथाका अतिरिक्त कवितामा पनि उत्तिकै साधनारत व्यक्तित्व डा. बेञ्जु शर्मा काव्यमाभन्दा बढी आख्यानमा खुलेर अभिव्यक्त भएको अनुभूति उहााँका कथाहरूको अध्ययन गर्दा स्पष्ट हुन्छ । कथालेखनमा आफ्नो पृथक परिचय बनाइसकेर छुट्टै अनि विशिष्ट शैली निमार्णका लागि निरन्तर साधनारत डा. शर्माका कथाहरूको अध्ययन गर्दा उनका अधिकांश कथाहरू वियोगान्त भेटिन्छन् ।
विश्वका सर्वश्रेष्ठ लेखकहरू मित्र सजिलै पर्ने लेभ तोल्सतोईको जीवनरोचक तथा मार्मिक अभिव्यञ्जनाहरूले भरिएको छ । आत्मरूपान्तरणको लागि उनको जीवन विश्वका स्रष्टाको निम्ति प्रेरणाको पुञ्ज बनेको छ । आफू एक कुलिन, धनाढ्य र असाध्यै सम्पन्न जमिनदार या सामन्तको छोराको रूपमा जन्मिएर जीवनका ऊर्वर यौवनकालमा रक्सी, रण्डी, मांश, मिष्ठान्न, शिकार, जुवा, जाँडमा डुबेर ऐसआरामको जीवन भोग्दै उत्तरार्धमा त्यसकै अन्तर्गमबाट यी तमाम चीजहरूको निस्सारतालाई सूक्ष्म रूपमा अनुभूत गरेर एक त्यागी सिद्ध, सन्तको जीवनलाई अनावरण गरे ।
राजधानीको पुरातात्विक हनुमाढोका दरवार क्षेत्र लगायत संम्पदा क्षेत्रमा वर्षौदेखि आफूभन्दा निकै ठूलो चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झन्डा फहराउँदै बस्ने व्यक्ति को हो ? भन्ने धेरैलाई खुल्दुली लागेको हुन सक्छ ।
साहित्य नै जीवन हो, यसले जीवनमा चेतना, संवेग र हृदयानुभूतिको स्पर्श गर्दछ । यसले नयाँ जीवन, समयकाल र नयाँ दृष्टिकोणहरू जन्माउँछ र सामाजिक सभ्यता र संस्कारको विकास पनि गर्छ । वर्तमान समयमा उत्तरआधुनिक लेखनले चर्चा पाइरहेकै बेला थुप्रै लेखकहरू परिष्कारवाद, स्वच्छन्दतावाद, अस्तित्ववाद र यथार्थवाद एव म प्रगतिवादबाट अगाडि बढिरहेका छन् । साहित्यमा विकसित हुदैं गएको यो नवीन दृष्टिकोण, शैली र विचारको प्रविधि पनि हो । साहित्यले अरूहरूको अनुकरण मात्रै हैन नयाँ जीवनको पुनर्स्थापना पनि गर्न सक्छ । कतिपय स्रष्टाहरू अराजकतावादी भएपनि तिनले ल्याएका चेतनाहरू परिवर्तनशील हुन्छन्, जीवनलाई नयाँ ढंग र शिराबाट परिभाषित गर्न सक्छन् ।