अग्निपथमा नागेन्द्र प्रसाद कानु


मध्यम वर्गीय किसान परिवारमा पिता धेनुक राम कानु, माता माहेश्वरी देवी कानुका ११ छोराछोरीमध्ये अष्ठम सुपुत्रका रूपमा वि.सं.२००३ साल दुर्गा कृष्ण पक्षको नवमी तिथिमा बिर्ता–४, पर्सा जिल्लामा जन्मनुभएका निडर, निर्भिक र साहसिक व्यक्ति नागेन्द्र प्रसाद कानु,भाषासेवी, समाजसेवीको रुपमा अपरिचित नाम होइन । आफ्नो ६ वर्षको उमेरदेखि चौतारी विद्यालयबाट औपचारिक शिक्षा प्रारम्भ भै त्रिजुद्ध हाईस्कुलवाट मैट्रिक परिक्षा पास गरी परिवारको दायित्व सम्हाल्नु भएको थियो । वि.सं.२०२२ सालमा नेपाल सरकारको वेतलबी सचिव पदको जागिर गाउँ पंचायतवाट वार्षिक १८ मन कच्ची लौरी धान र नगद महिनाको रु.३५ मात्र पाई गा.वि.स. इटिहाई, वारा जिल्लामा काम गर्दै वि.सं.२०२३ सालमा नेपाल मलेरीया इराडिकेशन/औलो उन्मूलन संघमा फोरमेन पदमा वहालि भई प्रतिमहिना रु.१२७ को मासिक तलबमा कामगरी बारा जिल्लाको सर्वे गर्नु भएको कानुले वि.सं.२०२४साल देखि कानून व्यवसायमा प्रवेश गर्दै वहाले वि.सं.२०३६ सालमा लेखनदासको परिक्षा पास गरी कानूनी लिखत लेखकको रुपमा कानून व्यवसाय शुरु गरेपनि पछि नोकरी पेशामा पनि लाग्नु भयो ।

वि.स. २०३८ सालमा वहाले आफनो व्यवसाय शुरु गर्नु भयो साथै कानून व्यवसायलाई छोडनु भएन । वि.स. २०४६ सालमा उहाले श्री जगन्नाथ प्राकृतिक चिकित्सा एवं योगासन प्रशिक्षण शिविर लखनऊ, भारतबाट स्वास्थ्य, सफाई, उपवास, आहार एवं योगासन, प्राणायाम, नौली, योगमुद्रा, नेती, धौती, कुंजलक्रिया, शंख प्रक्षालन, प्राकृतिक चिकित्सा सम्बन्धमा विशिष्ट ज्ञान प्राप्त गर्नुभयो । प्राप्त ज्ञानलाई वहाले आफूमा सीमित नराखि निशुल्क अरुलाई सेवा गर्दै ज्ञान बाडदै आउनु भएको छ । उनी नेपाल र भारतका भोजपुरी साहित्यकारहरू माझ सम्बन्धका सूत्रधारका रूपमा चिनिन्छन । भारतका भोजपुरी साहित्यकारहरूस“ग उनको आत्मीय सम्बन्ध छ । कतिपय साहित्यकारहरू उनीबाट प्रेरणा पाउने अवसर पाइसकेका छन् । वहाको निजी पुस्तकालयमा साहित्यहरूको भण्डार छ, जस्को उपयोग साहित्यकारहरूले समय समयमा गरेको पाइन्छ । एक पटक भारतीय कवि पाण्डेय आशुतोषले वहालाई खुशी पार्न खुब बढाईचढाई भोजपुरीमा वहाको गुणगान गर्ने कविता तयार गरी प्रभावित पार्न खोजेको सम्झना गर्दै यस्ता विकृतिहरूलाई दुरुत्साहित गर्ने सल्लाह दिनुहुन्छ ।

नेपालमा भोजपुरी भाषा, संस्कृतिका लागि अथकरूपमा लागिपर्ने र वीरगजंको बहुसांस्कृतिक पहिचानलाई सदैव जोड्न र श्रीवृद्धि गर्न कटिबद्ध रहने आदरणीय नागेन्द्र प्रसाद कानु शिखरपुरुष हुन् । वीरगंज भोजपुरीको राजधानी हो । यहा“का अनेकौं सङ्घसंस्थाहरूका लागि उनी प्रेरणाका स्रोत हुन् । नेपालको भोजपुरीका उनी जिउ“दा इतिहास हुन् । त्यसैले वीरगंजका साहित्यप्रेमीहरूले नागेन्द्र प्रसाद कानुलाई सम्मान गर्ने मानसिकता बनाई कैयौ पटक नागरिक अभिनन्दन गर्ने प्रस्ताव वहालाई राखेपनि वहाले यस्लाई अस्वीकार गर्दै आउनु भएको छ । आफूकहा कानूनी/सामाजिक सहायता माग्न आएकालागि वहा अवैतनिक सेवक हुन । वहाको जीवनकाल संर्घषै संर्घष र विभिन्न अभावहरूले भरिएको थियो । बाल्यावस्थामै पिताको मृत्यु भएकोले पिताकोस्नेहबाट बञ्चित भएका कानुले आफनो परिवारको लागि धेरैनै त्याग गर्नुपर्यो ।

सानै उमेर देखि कर्मठ कानु सन्त गणिनाथ गोविन्दजी, पर्सा, विरगंजमा भएको भव्य मन्दिरको पुर्व संस्थापक पदाधिकारी समुह मध्येका सुपरिचित व्यक्तित्व भएका सेवक हुनुहुन्छ । विरगंज नगवा–१९ स्थित गोरखनाथ मन्दिरको संस्थापकका साथै मुख्य सचिव पनि हुनुहुन्थ्यो । नेपाल भोजपुरी साहित्य कला परिषदको सदस्य, कोषाध्यक्ष हुदै अध्यक्ष पदमा रही भोजपुरी भाषा र साहित्यप्रति उत्तरदायित्व निर्वाह गर्दा सर्वप्रथम नेपालमा भोजपुरी समाचार सगुन भोजपुरीको प्रकाशक भै प्रथम स्थान ओगटेको, रेडियो नेपालबाट भोजपुरी समाचार प्रशारण गराउनुमा वहाको योगदान सराहनीय छ । भोजपुरी कवि सम्मेलन, भोजपुरी विशाल सांझा सांस्कृतिक सांझ कार्यक्रम वि.सं.२०४० देखि वि.सं.२०५३सम्म अटुट रुपले संचालन गरी सम्पन्न गर्नु भएको छ । आ.व.२०५०/०५१मा जानकी नामक भोजपुरी टेली फिल्म नेपाल टेलिभिजन मार्फत निर्माण गराई टेलिभिजनबाट प्रशारण भएको सफलताको श्रेय वहालाई नै जान्छ ।

श्री माइस्थान गहवा नि.मा.वि.–९मा वि.सं.२०२९ साल देखि विद्यालय व्यवस्थापन समितिमा विरगंज नगरपालिका कार्यालयवाट हुंदै जिल्ला शिक्षा कार्यालय समेतवाट मनोनित भई सेवा गर्नु भएको कानु वि.सं.२०६६ देखि वि.सं.२०६९सम्म श्री माइस्थान विधापिठ उ.मा.वि.मा शिक्षक–अभिभावकको कोटामा रही सेवा पुर्याउनु भएको छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान देखि सूचना तथा संचार मन्त्रालय नेपाल रेडियो, नेपाल टेलिभिजनसँग सिधा सम्पर्कमा रहि आफ्ना कार्यकाल बिताउनु भएको तथ्य भेटिएको छ । गोरखापत्रमा बेलाबखत समसामयिक लेख प्रकाशित भएको पनि भेटिन्छ र खासगरी सगुन भोजपुरी पाक्षिक हुदै साप्ताहिक तथा भोजपुरी आवाज यी दुवै समाचार पत्रमा प्रकाशक एवं सहायक सम्पादक भै कार्य गर्नु भएकोले धेरै जसो साहित्यिक लेख–रचना वहाको प्रकाशित भएको छ। अप्रकाशित लेख रचना प्रकाशनको अभावमा आधा अधुरो कतिपय विषयहरूमा कलम चलाएको वहाले बताउनुहुन्छ ।

वर्तमानमा जिल्ला वडा प्रहरी तथा सामूदायिक प्रहरीको तत्वधानमा वीरगंजका सम्पूर्ण वडाहरू मध्ये वडा नं.९मा वडा सुधार समिति मिति २०७० भदौ २१ गते स्वयं संयोजक भई गठन गराउनु भै संयोजक सदस्य सल्लाहकार भई लागू औषध, जुवा तास, जाड रक्सी, महिला हिन्सा–उत्पीडन, दिसा–पिसाब मुक्त वडा वनाउने तर्फ सकृय भई कार्यरत हुनुहुन्छ । नेपाल भोजपुरी प्रतिष्ठान जिल्ला समिति शाखा, पर्साले कैयौ प्रसंशा–पत्र प्रदान गरी सम्मान गर्नुको साथै वि.सं.२०६० फाल्गुन ८ गते उपन्यास क्षेत्रमा वहाको योगदानलाई कदर गर्दै दोसल्ला ओढाई सम्मान गरेको, कानु समाजको सांगठनिक विकासका लागि विगत प्रारम्भ काल देखि नै प्रेरणा श्रोत पुञ्जको रुपमा अहोरात्र अथक परिश्रम गर्दै समाजको समुज्वल भविष्यका लागि उल्लेखनीय योगदान पुर्याउनु भएकोमा उनको योगदानको कदर गर्दै २०६६ सालमा वहालाई नेपाल कानु समाज केन्द्रीय समिति, वीरगंजद्वारा प्रशंसा–पत्र प्रदान गर्नुका साथै समय समयमा सम्मान गर्दै आएको छ । निज कानु भोजपुरी, हिन्दी, मैथिली, अवधि तथा अंग्रेजी भाषामा राम्रो पकड भएका व्यक्ति हुन । धर्म, संस्कृति र राष्ट्रियतालाई विशेष महत्व दिनहुने नागेन्द्र प्रसाद कानु वि.सं. २०५३ साल देखि वि.सं. २०५५ सालसम्म वीरगंज प्रेस क्लब, वीरगंज, पर्सामा सचिव पदमा रहि सेवा गर्नु भएको तथा वि.सं. २०२९ सालमा स्थापित नेपाल भोजपुरी साहित्य कला परिषद को केन्द्रीय कार्यकारिणी समितिको अध्यक्ष पदमा वि.सं. २०५२ साल देखि निरन्तर १८ वर्ष देखि हालसम्म पदाधिन हुनुहुन्छ । राजनीतिमा खासै चासो नसाख्ने कानु नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन, मालपोत कार्यालय, पर्सा, वीरगंजको सदस्य, कानु समाज नेपाल काठमाण्डौ उपत्यका समितिको केन्द्रीय कार्य समितिको सदस्य लगायत अन्य संघ संस्थामा आवद्ध हुनुहुन्छ । उहाले लेख्नु भएका तथा प्रकाशित भएका अन्य कृतिहरू मध्ये वि.सं.२०४७ सालमा नेपालमा सर्व प्रथम भोजपुरी भाषामा लेखिएको उपन्यास “पपिहरा”ले वहालाई धेरै नै ख्याति दिएकोमा वहाले गर्व गर्नुहुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *