विश्लेषण/समालोचना
जापानी साहित्यमा ताङ्काको ईतिहास सुरूवात
६००- ७०० औं शताब्दी तीर भएको पाइन्छ तर कसले सुरूवात गरेका हुन अँझै रहस्यमय रूपमै रहेको हनाले ताङ्कालाई अाधुनिक साहित्यको रूपमा काकिनोमोतो हितोमारो [ 柿本 人麻呂 ]ले नयाँ ढाँचा दिएका हुन । जापानी भाषामा (नारा जिदाइ) ७१०-७९४ औं शताब्दी तीर ताङ्काले निकै चर्चा लिएको पाइन्छ ।
जुन समय अतिनै चर्चामा आएको जापानी कविता :-
भो छोड शोक
विद्रोही झै सेवक
तिम्रो प्रयास
खिचाँईको म एक्लो
सर्वहारा मान्छे हु ।
कोमलप्रसाद पोखरेलको “अमेरिका यात्रा”को पठन गर्दा
झापामै मेरो आँखाको अप्रेसन गराएपछि र नेपाल प्रज्ञा प्रतिष्ठान पुनःजीवन्त बनेको थाहा पाएपछि मलाई काठमाडौं एकपटक पुगेरै छाड्ने धुन चलेको बेलामा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालले यही २०६७ असारको १० गतेतिर फोन गर्नु भयो— कोमलप्रसाद पोखरेलजीको प्रकाशोन्मुख पुस्तकका लागि तपाईंले एउटा भूमिका लेखिदिनु पर्यो । मैले मानिन । किनभने असार २१मा मलाई प्रस्थान नै गर्नु थियो । उब्रेका आठदस दिन पनि अन्य कामले ओगटिसकेका थिए । मदन ढकालजीले पनि मेरा कुरा एक कानले सुनेर अर्का कानले उडाइदिनु भएछ ।
शारदा पाठक ‘केवल’को टिपन-टापन नियाल्दा
परिचय
शारदा पाठक ‘केवल’ को जन्म लाङ्दी, गोरखामा बुबा स्व. लोकनाथ पाठक र आमा स्व.टुल्ककुमारी पाठकको सुपुत्रीको रूपमा भएको थियो । हाल उहाँको बसोबास रवि भवन, कठमाण्डौंमा छ । उहाँ, जनप्रशासन, त्रिभुवन युनिभर्सिटी, नेपालबाट एम्.पि.ए. र MA Gender Women and Development ISS, Netherlandsबाट डिग्री हाँसिल गरिसक्नुभएकी एक विदुषी नारीहस्ताक्षर हुनुहुन्छ । बालबालिका तथा महिला उत्थान क्षेत्रमा उहाँको सेवा पुगिरहेको छ । उहाँले हालसम्म तस्वीरभित्रको मन (गीत, कविता र गजल, २०६९), लरबरिएका आवाजहरू (गजलसङ्ग्रह, २०६९) र टिपन-टापन (लेख-रचनासङ्ग्रह, २०७०) प्रकाशित गरिसक्नु भएको छ । उहाँको लेखरचना हामीले मेचीकाली, नेपालभूमि र विविध पत्रपत्रिकामा अध्ययन गर्न पनि पाउँछौं । उहाँको केवलका गजलहरू (गजलसङ्ग्रह) प्रकाशोन्मुख कृतिको रूपमा तयार रहेको छ । उहाँ पल्लव साहित्य प्रतिष्ठान, चितवनको आजीवन सदस्यमा आवद्ध हुनुहुन्छ ।
अभागीका प्रेम विहारको षष्ठामृतको एक्सरो परिक्रमा
पिता कलाधर रिजाल र माता नन्दकली रिजालको जेष्ठ पुत्ररत्नका रूपमा २००३ साल श्रावण १ गते शंकरपोखरी, पर्वतमा जन्मनु भएका सदानन्द जैसी नेपाली साहित्य आकाशका एक नक्षत्रका रूपमा स्थापित छन् । २०२० सालमा ‘आमा’ शीर्षक कविता(आमा) छपाएर औपचारिक साहित्य यात्रा आरम्भ गरेका अभागी वार्तमानिक कालखण्डसम्म नै अनवरत साहित्य आराधनामा क्रियाशील रहेका छन् । वर्तमानसम्ममा उनका विभिन्न विधाका दुई दर्जन जति कृतिहरू प्रकाशित भइसकेका छन् । तीमध्ये उनका ५ गजल सङ्ग्रह रहेका छन् । समभोग समाधि (२०६४), गजल गुटिका (२०६५), बुढौतीका रहरहरू (२०६५), अभागीका गजलहरू (२०६६) र गजल परिकार २०६८) रहेका छन् । अर्को उनको गजलसङ्ग्रह ‘गजल षष्ठामृत’ यसै विशिष्ट सम्पादित ग्रन्थकै षष्ठांशभागका रूपमा रहेको छ ।
नेपालमा कृषिकर्मको थालनी र कृषि शिक्षाको महत्व
हामी सबैले नेपाललाई कृषि प्रधान देशकोरूपमा लिएका छौं । नेपालमा माटो व्यवस्थापनको तथा कृषि विकास कार्यक्रमको इतिहासलाई खोतल्न थाल्यो भने पौराणिक कालबाट सुरुगर्नु पर्दछ । नेपालको माटोको व्यवस्थापनलाई हेर्दा नेपाल उपत्याका नागदह नामक सरोवरको पेटमा थियो । हिन्दु अनुश्रुति अनुसार विष्णु र बुद्ध अनुश्रुति अनुसार मञ्जुश्रीले बागद्वारबाट पानीको प्रवाहमार्ग खोलेर काठमाण्डूको जमिनको व्यवस्थापन कार्यको थालनी भएको मान्न सकिन्छ । नेपालमा गोपाल वंशी राजाहरूले राज्य गर्दा बस्तीको आवाद तथा पशुपालनले अग्रसरता लिएको पाइन्छ ।
नेपाली ढुकढुकीः लोकगीतको महत्व दर्शाउने कृति
नेपाली समाजमा लोकगित र लोकसंस्कृतिको महत्व अत्यन्त उच्चा छ । लोकसाहित्यको एक विधाका रुपमा लोकगीतको स्थान छ । लोकगित भन्नाले लोकजीवनका उकालीओरालीका र सुखदुःखका कथाव्यथाहरू स्वतः समाविष्ट हुने तथा लयात्मक बान्कीमा सुखदुःखका क्षणहरूमा गुनगुनाइने लोकजीवनबाटै उब्जने एक विशिष्ट गीत्यात्मक कवितात्मक साहित्य नै हो । जीवनमा यसको महत्व अधिक रहेको हुन्छ ।
ऋषि पञ्चमीको महत्व
भाद्र शुक्लपक्षको पंचमी “ऋषि पंचमी” जुन महिलाको लागि अति नै महत्व मानिन्छ ! अँध्यारै मै तीन, चार बजे बिहानै उठेर आफ्ना परिवार तथा छिमेकी साथीहरूसँग रमाउदै नदीमा गई आफ्नो नित्य स्नान गरेर चोखिनुभन्दा पैला त्यहा विभिन्न विधिबाट बर्ष दिनभरि आफूले जानी नजानी गरेको पाप, अर्थात् महिनामा हुने राजस्वलाको समय हुन् जाने छुइ-छाई यो सबैका लागि मान्य होश वा नहोश, आजको आधुनिक युगमा यस्ता कुरुतिलाई माकुराको झालोलाई पन्छाए झैँ बढ़ारेर फलेता पनि हाम्रो नेपाली हिन्दु समाजमा यसको अँझै पनि महत्व छ ।
शिवहरि पण्डितको पुष्पोद्यान नियाल्दा
परिचय
बुबा स्व.रामचन्द्र पण्डित तथा आमा भागीरथा पण्डितका सुपुत्र शिवहरि पण्डितको जन्म बि.सं२००९ साल भाद्र २५गते तनहूँ जिल्लाको रतनपुरमा भएको र हाल उहाँ त्रिभूवनबस्ती-२ कञ्चनपुरमा बस्नुहुन्छ । सी.एडसम्मको अध्ययन गरेका शिवहरिका पुकार (कवितासङ्ग्रह, २०६३), पुष्पमाला (कवितासङ्ग्रह, २०६४) र पुष्पोद्यान (कवितासङ्ग्रह, २०७०) गरी तीनवटा कवितासङ्रग्रह प्रकाशन भएका छन् । आफूलाई कविमा नाम दर्ज गराउन सफल शिवहरिजी पल्लव साहित्य प्रतिष्ठान चितवनको आजीवन सदस्य र महाकाली साहित्य सङ्गम कञ्चनपुरको सदस्य हुनुहुन्छ ।
