विश्लेषण/समालोचना
साहित्यकार रामप्रसाद प्रदीपको व्यक्तित्वको अध्ययन
मानिसको शारीरिक बनोट, काम गर्ने बानी, भित्री स्वभाव र उसले समाजलाई दिएका योगदानका आधारमा उसको व्यक्तित्वको निर्माण भएको हुन्छ । व्यक्तिको व्यक्तित्वलाई मुख्यतया आन्तरिक व्यक्तित्व र बाह्य व्यक्तित्वमा वर्गीकरण गर्ने चलन पनि छ । प्रदीपले सङ्घर्षशील भई साहित्यिक क्षेत्रमा गरेका विधागत योगदान र उनको शारीरिक बनोटलाई समग्रमा यसरी चिनाउन सकिन्छ ।

शोधमूलक खोटाङ दर्पण
२०२६ सालमा नेर्पा-९, खोटाङमा जन्मेका नेपालीका उपप्राध्यापक धनप्रसाद सुवेदी ‘श्रमिक’ हाल पीएचडी शोधकार्यमा संलग्न छन् । उनी एकजना अथक र सक्रिय शोधकर्ता एवम् साहित्यसेवी हुन् । अनुसन्धान, लेखन, प्रकाशन र संस्थागत संलग्नताले यिनको उपनाम (श्रमिक) सार्थक भएको पुष्टि हुन्छ । उपन्यास, समालोचना र कविता एवम् गजल विधाका चारओटा पुस्तक प्रकाशित गरिसकेका धप्रसु श्रमिक मूलतः समालोचना र अनुसन्धान क्षेत्रका जागरूक र उत्साही वाङ्मयसेवी हुन् । २०५६ सालमा नेपाली उपन्यासमा आञ्चलिकता नामक समालोचनासङ्ग्रह प्रकाशनको दसवर्षपछि प्रकाशित धनप्रसाद सुवेदी ‘श्रमिक’ को खोजमूलक गहन पुस्तक हो -खोटाङ जिल्ला ः विगत र वर्तमान ।
दीप्सको ‘आगो’को लप्कासँग खेल्ने आँट
दीप्सको अति चर्चा गर्नै पर्ने कविता मध्ये एक कविता हो “आगो” । हुन त यो कविता मैले रोजी हालेँ यसको बारेमा केही बोल्नलाई । तर मलाई नै हिम्मत छैन कि यो कविताको म कसरी ढोका उघारौं ? मेरो अर्थ यो हो कि उनको यो कविताका शब्दहरू क्लिष्ट नभएर सरल शब्दमा नै छन् तथापि कविताभाव नै गहन छन् जस्लाई मैले बुझेर पनि बुझ्न सकिरहेकी छैन र नबुझेर पनि यसको बिषयमा केही भन्न आतुर छु ।

‘सेती पनि काली पनि’ घुमेपछि
लेखनको क्रममा कुनै दिन एउटा नियात्रासंग्रह नेपाली नियात्रासाहित्यको भण्डारमा थप्ने जमर्को स्वरुपको तयारीमा रहेको यो समय म अध्यनार्थ नेपाली साहित्यका राम्रा, प्रभावोत्पादक र झरी पछि छ्याङ्ग खुलेको आकाशजस्ता क्रिस्टल क्लियर प्रस्तुतिका नियात्रासंग्रहको खोजीमा छु। घरदेशदेखि टाढा रहनुको अभिशाप भनुँ चाहेका पुस्तक चाहेकै बखतमा कहाँ उपलब्ध हुन्छ र? तर पनि नेपाली नियात्रासाहित्यमा हल्चल् ल्याइदिन सफल केही हस्ती मध्येका युवराज नयाँघरे दाइका केही र प्रतिक ढकाल दाइका केही नियात्रासंग्रहलाई सात समुन्द्र तारेर इजरायल ल्याइछोडेँ।
पुस्तक समीक्षा : महान् वाणी
“तिमी आफ्नो जीवनलाई सफल बनाउन चाहन्छौं भने सर्वप्रथम खराब सोचलाई त्याग, पुरानो सोचलाई त्याग, भित्र्याउ नयाँ सोच, नयाँ दृष्टिकोणलाई आफूभित्र ।”
– स्वेट मार्डेन
यो भनाई रामप्रसाद खरेलद्वारा संकलन तथा सम्पादन गरिएको पुस्तक महान् वाणीमा समेटिएको पहिलो भनाई हो । वास्तवमै हरेक मान्छे सफल हुन आँफूभित्र भएको खराब र पूरानो सोचलाई त्याग्न आवश्यक छ भने नयाँ तथा राम्रो सोच आफूभित्र भित्र्याउनु पर्छ । यस भनाईलाई पूस्तकका संकलक तथा सम्पादकले लागु गरेको देखिन्छ, यो पुस्तक महान् वाणी तयार गरी प्रकाशन गरेर । किनभने हामीले धेरै पुस्तकको अध्ययन गरेका हुन्छौं । धेरै पत्रपत्रिकाको अध्ययन गरेका हुन्छौं । र पनि ती कुरालाई आफू भित्र मात्रै सिमित गछौं । रामप्रसादले धेरै अध्ययनशिल व्यक्ति भन्दा फरक के गरेभने आफूले अध्ययन गर्ने क्रममा महत्वपूर्ण लागेका कुराहरूलाई टिपोट गर्दै राखे र अन्त्यमा त्यसलाई एउटा अर्को छुट्टै पुस्तकको स्वरुप दिए ।
